२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

अटेरी रोयल मार्बल राजस्वको चंगुलमा

विराटनगरको रोयल मार्बलद्धरा कर छली : कागजात राजस्वको नियन्त्रणमा
Logo

विराटनगर, माघ ५
रोयल मार्बल प्रालि कम्पनीले राजस्व छली गरेको भन्दै आन्तरिक राजस्व कार्यालय विराटनगरले कम्पनीको कागजात नियन्त्रणमा लिएको छ ।
विराटनगर धरान रोडअन्तर्गत कन्चनबारीमा सञ्चालन हुँदै आएको रोयल मार्बल प्रालिको राजस्व कार्यालय विराटनगरले कागजात नियन्त्रण लिई कारवाहीको प्रक्रिया समेत अघि बढाएको छ ।

उक्त कम्पनीले राज्यको विभिन्न निकायबाट राजस्व तथा कल छली गर्ने गरेको खुलेको छ । रोयल मार्बलले मार्बल तथा अन्य समान भारतबाट आयत गर्दा भन्सार छली देखि उक्त मालसमान बिक्रि गर्दा कर समेत छल्ने गरेको पाईएको छ ।

तस्बिर: रोयल मार्बल प्रालि

रोयल मार्बलको सञ्चालकमा राजेश कुमार अग्रवाल, दिपेश तायल र अमित सिंघल छन् । रोयल मार्बलले आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०७५ साल मंसिर १७ देखि ६०६६१२८८१ नम्बरको भ्याटमा दर्ता भई मार्बल र टायल्सको काम गर्दै आएको छ ।
स्रोतका अनुसार उक्त कम्पनीले बिलबीजक जारी गर्दा सक्कली बिलमा कम मूल्य कायम गर्ने र नक्कली बिलमा बढी मूल्य कायम गरी कर छल्ने गरेको छ ।
त्यसबाहेक पनि विभिन्न फुजल खर्च देखाएर व्यापक आयकर छली गर्ने गरेको संचालकहरु माथि आरोप छ ।
रोयल मार्बललाई राजस्व कार्यालयले दुई पटक फुल अडिट गरी हिसाब मिलाउन सचेत गराएता पनि संचालकहरु अटेर गरेर बसीरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]