२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

अटेरी रोयल मार्बल राजस्वको चंगुलमा

विराटनगरको रोयल मार्बलद्धरा कर छली : कागजात राजस्वको नियन्त्रणमा
Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

विराटनगर, माघ ५
रोयल मार्बल प्रालि कम्पनीले राजस्व छली गरेको भन्दै आन्तरिक राजस्व कार्यालय विराटनगरले कम्पनीको कागजात नियन्त्रणमा लिएको छ ।
विराटनगर धरान रोडअन्तर्गत कन्चनबारीमा सञ्चालन हुँदै आएको रोयल मार्बल प्रालिको राजस्व कार्यालय विराटनगरले कागजात नियन्त्रण लिई कारवाहीको प्रक्रिया समेत अघि बढाएको छ ।

उक्त कम्पनीले राज्यको विभिन्न निकायबाट राजस्व तथा कल छली गर्ने गरेको खुलेको छ । रोयल मार्बलले मार्बल तथा अन्य समान भारतबाट आयत गर्दा भन्सार छली देखि उक्त मालसमान बिक्रि गर्दा कर समेत छल्ने गरेको पाईएको छ ।

तस्बिर: रोयल मार्बल प्रालि

रोयल मार्बलको सञ्चालकमा राजेश कुमार अग्रवाल, दिपेश तायल र अमित सिंघल छन् । रोयल मार्बलले आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०७५ साल मंसिर १७ देखि ६०६६१२८८१ नम्बरको भ्याटमा दर्ता भई मार्बल र टायल्सको काम गर्दै आएको छ ।
स्रोतका अनुसार उक्त कम्पनीले बिलबीजक जारी गर्दा सक्कली बिलमा कम मूल्य कायम गर्ने र नक्कली बिलमा बढी मूल्य कायम गरी कर छल्ने गरेको छ ।
त्यसबाहेक पनि विभिन्न फुजल खर्च देखाएर व्यापक आयकर छली गर्ने गरेको संचालकहरु माथि आरोप छ ।
रोयल मार्बललाई राजस्व कार्यालयले दुई पटक फुल अडिट गरी हिसाब मिलाउन सचेत गराएता पनि संचालकहरु अटेर गरेर बसीरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]