१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

भन्सारले अनावश्यक दुःख दिएको भन्दै विरगञ्जमा एजेन्ट अन्दोलित

विरगञ्जमा एजेन्ट संघ र भन्सार कार्यलयविच तानव, घुस खाने नियत रहेको कर्मचारीलाई आरोप
Logo

काठमाडौं ,माघ २१

श्रीमा डिस्ट्रिब्यूसन नेपाल प्रालिले पर्साको वीरगञ्ज भन्सार कार्यालयबाट भित्र्याएको एउटा गाडीमा भन्सार कार्यालय र विभागले निहुँ खोजेपछि व्यवसायी क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ ।

गत माघ १४ गते वीरगञ्ज भन्सार कार्यालयबाट जाँचपास स्वीकृत भएर काठमाडौं ल्याउँदै गरेको गाडी धादिङमा गुण्डागर्दी शैलीमा नियन्त्रणमा लिएर वीरगञ्ज नै पुर्‍याइएपछि विवाद देखिएको छ ।

सबै कागजात ठीकठाक भएर जाँचपास भइसकेको गाडी धादिङबाट नियन्त्रणमा लिँदै निहुँ खोजेपछि व्यवसायी हैरान भएका छन् । गाडी आयातकर्ता श्रीमा प्रालिले व्यवसायीलाई दुःख दिने नियत भन्सारले देखाएको आरोप लगाएको छ ।

प्रक्रिया पूरा गरेर आयात भइसकेको गाडीमा भन्सारले निहुँ खोजेर उपल्लो निकायमा धाउनुपर्ने बाध्यता सिर्जना गरेपछि व्यवसायी झन्झट मानिरहेका छन् । भन्सार कार्यालयले गाडीबारे सम्बन्धमा तीन दिनभित्र भन्सार विभाग त्रिपुरेश्वरको अनुसन्धान शाखामा उपस्थित हुन गाडी आयातकर्ता श्रीमा प्रालिसहित भन्सार एजेन्टलाई आईतबार पत्र थमाएको छ । भन्सारको पत्र अनुसार भन्सार एजेन्ट भाग्य नारायण मिश्र र संजोग मानन्धरले समेत भन्सार विभाग धाउनुपर्ने भएको छ ।

जाँचपास गर्दा सही भेटिएको गाडी सम्बन्धमा आयातकर्ता र भन्सार एजेन्टलाई भन्सार कार्यालयले दुःख दिन थालेपछि विरोध सुरू भएको छ । वीरगञ्ज भन्सार एजेन्ट संघ पर्साले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भन्सार कार्यालयको व्यवहारको विरोध गरेको छ । भन्सार कार्यालयले आयातकर्ता र भन्सार एजेन्टलाई थमाएको पत्रमा गाडी आयातका क्रममा भएको गल्ती, त्रुटि वा गैरकानुनी कामबारे कुनै उल्लेख गर्न सकेको छैन । सबै प्रक्रिया पूरा गरेर आयात गरिएको गाडी सम्बन्धमा विभागमा सम्पर्क राख्न भन्नु दुःख दिने नियत मात्रै भएको आरोप व्यवसायीको छ ।

‘भन्सार प्रशासन र भन्सार एजेन्ट एकअर्काबीच नङमासुको सम्बन्ध भनिएपनि बारम्बार भन्सार जाँचपास तथा ट्रेकिङ प्रणालीको व्यवस्था समेत भई भन्सार क्षेत्रबाट पास भएको दुरुस्त मालसामान बाटोमा धरपकड गर्ने तथा सरोकार भन्सार एजेन्ट तथा प्रतिनिधिलाई पत्र काटी दुःख दिने नियतले हामी प्रताडित भएका छौं,’ संघले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘भन्सार विभागमा हाजिर हुन भनेर भन्सार एजेन्ट भाग्य नारायण मिश्र र प्रतिनिधि संयोग मानन्धरलाई निर्देशन गरिएकोमा त्यसतर्फ संघको ध्यानाकर्षण भई सो पत्र फिर्ता लिनुहुन विज्ञप्तिमार्फत जानकारी गराउँछौं ।’ विज्ञप्ति वीरगञ्ज भन्सार कार्यालय पर्सा, भन्सार एजेन्ट महासंघ नेपाल त्रिपुरेश्वर काठमाडौं, प्रदेश संयोजक, सुख्खा बन्दरगाह भन्सार कार्यालय पर्सा र वीरगञ्ज उद्योग वाणिज्य संघलाई समेत पठाइएको छ ।

संघका कार्यबाहक अध्यक्ष निर्मलप्रसाद कुर्मीले सबै व्यवसायी क्षेत्रको गुहार माग्ने गरी विज्ञप्तिबाजी गरेपछि सर्वत्र तरङ्ग फैलिएको छ । कुनै गल्ती र त्रुटि नै नऔल्याई गाडी सम्बन्धमा उपस्थित हुन पत्राचार गर्ने भन्सार कार्यालयले अब के बहाना गर्छन् हेर्न बाँकी रहेको व्यवसायीको टिप्पणी छ ।

व्यवसायीबाट ‘घुस’ लिन पल्केका सरकारी कर्मचारीले विना कारण नै पत्र काटेर कार्यालयमा बोलाई अनुसन्धानको त्रास देखाउँदै मोलमोलाई गर्ने गरेको कतिपय भुक्तभोगी व्यवसायीको गुनासो छ । भन्सारका कर्मचारीको इच्छा अनुसार घुस नदिएपछि अनुसन्धानको बहानामा ‘बार्गेनिङ’ गर्न भन्सार विभागमा बोलाइएको हुनसक्ने अनुमान व्यवसायीले गरिरहेका छन् ।

व्यवसायीबाट संकलन गरिएको घुस भन्सार विभाग हुँदै मन्त्रीसम्म पुग्ने गरेको चर्चा चल्ने सन्दर्भमा राष्ट्रियसभा सदस्यको पदावधि सकिनै लागेका अर्थमन्त्री युवराज खतिवडाले दिएको घुसको ‘टार्गेट’ पूरा गर्न भन्सार विभागले व्यवसायीलाई अनावश्यक दुःख दिएको हुनसक्ने अनुमान समेत व्यवसायीले गरिरहेका छन् । मन्त्रालयबाट प्राप्त भएको अवैध असूलीको टार्गेट पूरा गर्नुपर्ने तनाव कर्मचारीले व्यवसायीमाथि थोपर्ने प्रवृत्ति पुरानै रहेको व्यवसायी बताउँछन् ।

साभार : मिडिया डबली डट कम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]