२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराट एक्स्पोमा बरमझियाको पेडा पाइने

Logo

विराटनगर, फागुन १
विराटनगरमा हुन लागेको विराट एक्स्पो २०७६मा यसपटक बरमझियाको पेडा समेत पाईने भएको छ । आयोजक उद्योग संगठन मोरगले बुधबार एक्स्पोको तयारी बारे पत्रकारहरुलाई बताउँदै एक्स्पोमा बरमझियाको पेडा राखिने जानकारी गराएको हो ।
सप्तरीको कञ्चनरुप नगरपालिकाको बरमझिया गाँउमा पाइने पेडाको स्वादको प्रंशसा देशै भरि हुने गर्दछ । पुर्वबाट काठमाडौं तर्फ जानेहरुले बरमझियाको पेडालाई विषेश कोशेली समेत बनाएर लाने गर्दछन् । स्वादले उत्कृष्ट र पुर्वका मानिसहरुविच लोकप्रिय रहेकाले पनि बरमझियाको पेडा एक्स्पोको लागी एउटा आर्कषण हुनसक्ने आयोजकको बुझाई छ ।
उक्त एक्स्पो विषेशगरी कृषी तथा उद्यौगीक उत्पादनहरुलाई प्रद्धशनी गर्ने उद्देश्यका साथ आयोजना हुदैछ । एक्स्पोमा ३ सय ४० वटा स्टल रहने बताइएको छ । आयोजकका अनुसार ४० वटा विदेशी कम्पनी, ६० वटा कुषि, घरेलु तथा हस्तकलाका स्टलहरु रहने छन् । त्यस्तै औद्योगिक उत्पादनहरुका लागी १६० वटा , अटो मोवाइल्स ३८, खाद्यन्नका १२ स्टल रहने छ ।
त्यसबाहेक पनि मेलामा जुम्लाको स्याउ, मार्सि चामल, पोखराको पाउ, उदयपुरको खरायो र बरमझियाको पेडा पनि राखिने आयोजकले जनाएको छ ।

विराट एक्स्पो मेला फागुन २ गतेवाट शुरु भएर फुागन १० गते सम्पन्न हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]