२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराटनगरमा बरामद भएको १ करोड बढी अवैध भारतिय रुपैयाँ, सार्वजनिक हुनुभन्दा अघि गोलमाल भएको आशंका

Logo

विराटनगर, वैशाख २४
नेपालको पुर्वी नाका विराटनगरबाट बरामद भएको एक कारोडभन्दा बढी अवैध भारतिय रुपैयाँ सार्वजनिक हुनुभन्दाअघि गोलमाल भएको आशंका उत्पन्न भएको छ । मंगलबार विराटनगरको एकिकृत जाँच चौकीबाट पक्राउ परेको एक भारतिय ट्रकमा स्राते नखुलेको १ करोड ९ लाख ७९ हजार ७ सय ३० भारतिय रुपैयाँ बरामद भएको थियो । बरामद भएको पैशाको अकाडा हेर्दा केहि रकम गायब भएको हुनसक्ने अनुमान गरिएको छ । लामो समयदेखि आर्थिक अपराध क्षेत्रमा कलम चलाउदै आएका एक पत्रकार भन्छन् “कसैले पनि ठुलो मात्रमा पैशा पठाउदा रकमको आकडा पुरापुरी मिलेको हुन्छ । जस्तो १ करोड १० लाख, १ करोड ५० लाख । तर १ करोड ९ लाख ७९ हजार यो रकम अलिक पुरापुरी भएन । कसैले केही रकम गायब गरेको हुनसक्ने स्वाभाविक रुपमा आशंका उब्जन्छ ”

निरिक्षक कार्की

उक्त अवैध रकमसहितको ट्रकलाई शसस्त्र प्रहरीका निरिक्षक अनिल कार्कीको टोलीले पक्राउ गरेको बुझिएको छ । निरिक्षक कार्किकै टोलीले ट्रकमा शंकास्पद वस्तु देखेपछि उक्त चिजलाई खोतलने क्रममा अवैध पैशा भेटाएको थियो । तर प्रहरीले उठाएको उक्त कदम कानुनः गलत भएको कानुनविद बताउँदछन् । प्रहरीले एकलौटी ढंगबाट कुनैपनि शंकास्पद वस्तु खोतालखुतुल गरे त्यहाँ गोलमाल हुनसक्ने जनाकारहरु बताउँदछन् ।

भन्सार ऐन अनुसार कुनै पनि शंखास्पद पार्सल बरामद भएको खण्डमा भन्सार कार्यलय प्रतिनिधि र राजस्वको प्रतिनिधिलाई राखेर मात्र मुचुल्का उठाउन पाउने प्रावधान छ । भन्सार र राजस्वका प्रतिनिधिको उपस्थिती बिना प्रहरीले एकलौटी ढंगबाट बरामद भएको बस्तुलाई कुनैपनि खोल्को छडेखानी गर्न कानुनले बन्देज लगाएको छ । उक्त कानुनी प्रावधानको बारेमा प्रहरी जनकार हुदाहुदै पनि एकलौटी ढंगबाट कदम उठाउनुले पनि प्रहरी नियत र कार्यशैलीमा माथि ठुलो प्रश्न चिन्ह खडा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]