२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

बाक्यौता नतिरे स्मार्टको अनुमति पत्र स्वतः खारेज हुने

Logo

काठमाडौं, श्रावण १४
नेपाल दूरसञ्चार प्राधिकरणलाइ स्मार्ट टेलिकम प्रालिले १५ दिन भित्र ३० करोड नबुझाए स्वतः अनुमति पत्र खारेज हुने भएको छ । सोमबार साँझ बसेको दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।
२ अर्ब ५९ करोड रुपैयाँ तिर्न बाँकी भएको स्मार्ट टेलिकम प्रालिले १५ दिन भित्र ३० करोड रुपैया बुक्तान गर्ने यसअघि प्रतिवद्धता गरेको थियो
स्मार्टले १५ दिन भित्र ३० करोड बुझाए पनि ३ महिना भित्र बाँकी सबै रकम बुझाउनुपर्ने समेत बैठकले निर्णय लिएको छ ।
यस अघि साउन १ गते बसेको समितिको बैठकले स्मार्ट टेलिकमललाई १० दिनको म्यादसहित स्पष्टीकरण सोधेको थियो । उत्तरमा स्मार्टले १५ दिनभित्र ३० करोड र ३ महिना भित्र सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता जनाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]