२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

तोरीतेल मुल्यवृद्धि गर्ने तरखरमा उद्योगीहरु

Logo

विराटनगर, जेठ २७
लकडाउनको मौका पारी उद्योगीहरुले तोरीको तलेमा मुल्यवृद्धि गर्ने तयारी गरिरहेका छन् । यसको मुख्य योजनाकार विराटनगरका चन्द्रशिव राइस मिलका संचालक नरेश राठी रहेको बुझिएको छ । मुल्यवृद्धिको षड्यन्त्रलाई अन्जाम दिन राठीले अहिले झुठो प्रचारबाजी समेत गर्दै छन् । उनले विभिन्न राष्ट्रय तथा स्थानीय मिडियाहरुमा भारतबाट आयत हुने तोरीदानामा १० रुपैयाँ प्रतिकेजीले मुल्य वृद्धि भएको बताईरहेका छन् । र तोरी पेलेर बाँकी रहने पिनाकोे मुल्य भने ५ रुपैयाँ प्रति केजीले घटेको बताएका छन् । विश्वसनीय स्रोतका अनुसार राठीले बताएजस्तो अहिले भारतमा तोरीको दानाको मुल्य न त बढेको छ न त पिनाको मुल्य नै घेटेको छ ।
“तोरीको दाना र पिनामा घटा देखाएर अहिले उद्योगीहरुले तोरीको तेलमा प्रतिलिटर २० देखि २५ रुपैयाँ वृद्धि गर्ने योजना बनाईरहेका छन् “स्रोत भन्छ “तोरीको दाना विदेशबाट आउने समान हो, जो कोहीले यसको यकिन मुल्य पत्ता लगाउन सक्दैन तसर्थ केन्द्र सरकार आफैनै चनाखो हुन जरुरी छ ।” तोरीको तेलको कृृतिम मुल्यवृद्धि गराउन राठी लगाएत पुरै एक तोरी उत्पादकहरुको समुह नै सक्रिय भएको स्रोत बताउँछ । उक्त समुहले अहिले देशभरीकै तेल उद्योगीहरुलाई तोरीको तेलमा मुल्यवृद्धि गर्न उक्साईरहेको स्रोत दावी समेत गर्दछ ।
राठीको स्वार्थ
राठीले नेपालको पुर्व क्षेत्रमा घैला ब्राण्डको तोरी तेलको उत्पादन गर्दै आएका छन् । सोही तेल उत्पादनको लागी राठीले २६ कनटेनर तोरीको दाना भारतबाट मगाएका छन् । हाल ति कनटेनरहरु भातरको कोलकत्ता बन्दरगाहमा छ । अब भारतबाट ति कन्टेरहरु आउन साथ तेलको दाम बढाउने तरखरमा राठी छन् । तोरी तेलमा प्रति लिटरमा २० रुपैयाँले मुल्यवृद्धि गरेर राठीले २६ कनटेनरबाट करिब डेढे करोड रुपैयाँ अतिरिक्त कमाउने योजना बनाएको स्रोत बताउँदछ । तेलको दाम सहजै वृद्धि गर्न सफल भए राठीले थप तोरीदानाहरु समेत मगाउने तयारी गरिहेका छन् । तेलको मुल्यवृद्धि गर्नैका लागी राठीले दानामा मुल्यवृद्धि भयो भन्ने झुठो अफवा नेपालमा फैलाईरहेको स्रोतको दावी छ ।
कार्टलिङ शुरु
नरेश राठी लगाएकको समुह हाल मुलुकका विभिन्न ठाँउ रहेका तोरीतेलको उद्योगीहरुसँग मुल्यवृद्धि गर्नेबारे छलफल चलाईरहेका छन् । सबै उद्योगीहरुले एकै स्वरमा कच्चा पदार्थ “तोरीदाना” को मुल्यवृद्धि भयो भन्ने हल्ला फैलाउने योजना समेत बनाएका छन् । सोही योजना अनुरुप नरेश राठीले अहिले राष्ट्रय संचारमाध्यमहरु झुठो प्रचार गरिरहेको छन् । यस विषयमा सरकारको यथासिघ्र ध्यान नगए नेपालमा केही दिनमै तोरीको तेलको मुल्य ह्वातै बढ्ने निश्चित छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]

काठमाडाै‌ं २०८२ चैत ३ । वाणिज्य तथा आपूर्ति विभागले ग्यास उद्योगी र वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ। ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा अनुगमनका क्रममा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाइराखेको फेला परेपछि सो उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, ती सिलिन्डर नेपाल आयल निगमको रोहवरमा […]

१५ फागुन, काठमाडौं । शुक्रबार बजारमा सुनको मूल्यमा सामान्य कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा झरेको छ । बिहीबार यो मूल्य ३ लाख १५ हजार ४ सय रुपैयाँ रहेको थियो । उल्लेखनीय छ कि यसअघि माघ १५ […]