०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सदनभित्रै “फ्लाईङ किस” ! सांसदले मर्यादा नाघे वा नाघेनन् ? (भिडियो सहित)

Logo

विराटनगर, जेठ २७
प्रदेश १को संसदभवनबाट दिनदिनै संसदीय मर्यादा उल्घंनसँग जोडिएका घटनाहरु बाहिर आउन थालेका छन् । केही घटनाहरु सांसद आफैले घटाएका छन् भने केही घटनाहरु रहस्यमय छन् । जेठ २५ गते नेकपाका प्रदेश सासंद सर्वध्वज साँवाले प्रदेश सरकारको निति तथा कार्यक्रम उत्कृष्ट भएको भन्दै संसदमै “फ्लाईङ किस” दिएका थिए । संसाद साँवाको उक्त हर्कतले संसदीय मर्यादा नाघेको भन्दै अहिले समाजिक संजालमा आलोचोला भईरहेको छ । कतिपय प्रदेशका सांसदहरुले समेत साँवाको उक्त कार्यले सदनको मर्यादा नाघेको टिप्पणी गरेका छन् । तर “फ्लाईङ किस” दिदा संसदीय मर्यादा उल्घंन हुने वा नहुने भन्ने बारे प्रदेशसभा संचालन नियमावलिले स्पष्टसँग बोलेको छैन् ।

सभामा भेटियो लावारिस गुट्का (भिडियो सहित)
जेठ १४ गते, प्रदेशसभाको बैठक चलिरहेको बेला सभाहलकै भुँईमा गुट्काको प्याकेट देखापरेको थियो । प्रदेश १को सदन व्यवस्थापनले उक्त बैठक युटुवमार्फत लाईभ प्रसारण समेत गरेको थियो ।

गुट्का कसले ल्यायो र कसरी त्यहाँ आईपुग्यो भिडियोमा देखिएको छैन् । तर कसैको गोजीबाट उक्त गुट्का खसेको हुनसक्ने अनुमान गरिदै आएको छ । भिडियोमा उक्त गुट्खाको प्याकेट सांसद ज्ञानेश्वर राजवंशी कुर्सी छेउमा देखिएको थियो ।
चलिरहेकै बठैकभित्रै त्यसरी लवारीस अवस्थामा गुट्खा फेला परेपछि, अहिले सदनभित्र पालना गर्नुपर्ने मर्यादाबारे गम्भीर प्रश्न उठेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]