३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

विराटनगर भन्सारमा “च्यानल परिर्वतन”को अवैध खेल ! कर्मचारी मालमाल, राज्यलाई नोक्सानी

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

विराटनगर, जेठ २८
रेड च्यानलमार्फत पास गरिनु पर्ने मालबस्तुलाई ग्रीन च्यालनबाट पास गरेर विराटनगर भन्सारका कर्मचारी विवादमा तानिएका छन् । आईतवार व्यापारी संदीप भागतले भारतबाट ल्याएको एक ट्रक सटिङ सुटिङको कपडा रेड च्यानलमार्फत पास गरिनुपर्नेमा ग्रिन च्यानलबाट पास गरिएपछि चेकजाँचमा संलग्न भन्सार कर्मचारी विवादमा तानिएका हुन् ।
व्यापारी भागतको सटिङ सुटिङका कपडा चेकजाँचमा भन्सारका मुल्याङकन अधिकृत सुनिता पौडेल र सुब्बा किशोर आर्चयल खटिएका थिए । भन्सार छलि हुनसक्ने अत्याधिक सम्भावना बोकेका मालबस्तुलाई रेड च्यानलमार्फत चेकजाँच गरिनुपर्ने भन्सारको विभागीय प्रवधान रहेको छ । तर उक्त प्रावधान विपरित आईतवार विराटनगर भन्सारकी अधिकृत सुनिता पौडेलले रेड च्यानलमार्फत पास गरिनु पर्ने व्यापारी भगतको लत्ताकपडाको आईटमलाई सहजै ग्रीन च्यानलबाट पास गराई दिएका थिइन् । यस च्यालन परिवर्तन प्रकरणले अधृकित पौडेल र व्यापारी भागतविच आर्थिक लेनदेन भएकोे शंका उब्जाएको छ । भन्सारका कर्मचारीहरुले आफ्ना निकटका व्यापारीहरुसँग घुस लिएर च्यानल परिवर्तन गर्ने गरेको स्रोत दावी गर्दछ । च्यानल परिवर्तन गरेपश्च्यात भन्सार छल्न सहज हुने भएकाले व्यापारीहरुले समेत केही घुस दिएर कर्मचारीबाट यस्तो काम गराउने गर्दछन् ।
तेस्रो मुलुकबाट नेपाल आएको समानहरुलाई (ग्रीन, एल्लो र रेड) तिन च्यानलमा वर्गीकरण गरी भन्सार पास गराउने प्रावधान छ । भन्सार छली हुनसक्ने अधिक्तम सम्भावना बोकेका समानहरुलाई रेड च्यानल, भन्सार छली हुनसक्ने मध्यम सम्भावना बोकेका समानहरुलाई एल्लो र भन्सार एकदमै न्युनछली हुनसक्ने सम्भावन बोकेका समानहरुलाई ग्रीन च्यानलमा वर्गीकरण गर्ने गरिन्छ । उक्त वर्गीकरण अनुसार नै देशको सिमानाकामा रहेको भन्सार कार्यलयहरुमा समानहरुको डुकुमेन्ट चेक हुने गर्दछ । ग्रीनमा च्यानलमार्फत आएका समानहरुलाई समान्य चेकजाँच गरी छोडिन्छ भने रेड च्यानल अन्तर्गत आएका समानहरु गम्भीरता पुर्वक चेकजाँच गरिन्छ ।
मालबस्तुको प्रकृति हेरी भन्सार कार्यलयका मुल्याङकन अधिकृतले मालबस्तुलाई ग्रीन,एल्लो र रेडमा वर्गीकरण गर्ने गर्दछन् । खाद्य उद्योगले ल्याउने कच्चा पदार्थ (उदाहरणको लागी मकै), जति मात्रामा ल्याएपनि एकै प्रकृतिको हुने भएकाले भन्सार मुल्याङकन गडबढी गर्नेसक्ने सम्भावना रहदैन ः सोही कारण मकैजस्ता समानहरुलाई ग्रीन च्यानलमा राखिन्छ । तर सबै समानहरुको मुल्याङन मकै जस्तै सहज हुदैन (उदाहरणको लागी मोटरपार्टस्) । मोटरपार्ट अन्र्तगत धेरै खोले समानपर्छन, धेरै क्यालेटीका समानपर्छन, यस्ता समानहरुलाई एक एक गरी निहालेर समानहरु ठम्याएर मुल्याङकन गर्न जरुरी हुन्छ । सोही कराण यस्ता समानहरुलाई रेड च्यानलमा राखिन्छ ।
तर भन्सार मुल्याङकनको सो च्यानल वर्गीकरण प्रावधानलाइ केही भन्सार अधिकारीहरुले भने अवैध पैशा कमाउने मेलो बनाउदै आएका छन् । जुन विवादमा आईतवार विराटनगरका भन्सार अधिकृत सुनिता पौडेल र सुब्बा किशोर तानिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्। यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत […]