१९ पुष २०८२, शनिबार
03-01-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

राजगडियाको कालोधन्दाको पर्दाफास : कराेडौंको करोबार, कर भने सयमा

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

विराटनगर, असार १५
विराटनगरमा संचालनमा रहेको कपिश इन्टरप्राइजेजले व्यापक राजस्व छली गर्ने गरेको पाईएको छ । उक्त फर्मले सरकारलाई बुझाउनु पर्ने भ्याटदेखि आयकरसम्म व्यापक रुपमा छली गर्दै आएको खुलासा भएको छ ।
स्रोतका अनुसार कपिस इन्टरप्राइजेजले वार्षिक कराेडौंको व्यापार गर्दै आएको छ । तर कारोबारको तुलनामा उक्त फर्मले बुझाउने आयकर र भ्याट एकदमै न्युन छ । करोडौंको कारोबार गरेतापनि आर्थिक वर्ष २०७५/०७६मा कपिश इन्टरप्राइजेजले ३५ सयको मात्र आयकर बुझाएको छ । कराेडौंको व्यापार गर्ने कपिश इन्टरप्राइजेजले यसरी पछिल्ला आर्थिक वर्षहरुमा अत्यन्तै न्युन आयकर बुझाउन थालेपछि राजस्व छलीको पर्दाफस भएको हो ।
कपिस इन्टरप्राइजेज नितु अग्रवाल वंशलको नाममा दर्ता रहेको छ । तर उक्त र्फमको कारोबार भने मनोज अग्रवाल राजगडियाले गर्ने गरेको पाईएको छ । वंशल र राजगडियाबिच निकटतम नातासम्बन्ध रहेको बुझिएको छ । सो इन्टरप्राइजेजले खाद्यान्य लगाएत दैनिक उपभोग्य वस्तु खुल्ला तथा होलसेलमा बिक्रि वितरण गर्दै आएको छ ।
वंशल र राजगडियाद्धय द्धारा संचालित कपिश इन्टरप्राइजेजले वार्षिक कराेडौंको व्यापार गर्दै आएता पनि फर्जी न्युन -आय विवरण बुझाएर हरेक वर्ष राजस्व ठगी गर्ने गरेको स्रोत दावी गर्दछ । स्रोत भन्छ ‘‘करोडौंमा व्यापार गर्ने यस्ता फर्मले समान्यता पनि लाखमा आयकर बुझाउनु पर्ने हुन्छ, तर कपिशले बुझाउँदै आएको आयकर लाखमा हजारमा नभएर सयमा छ, जुन एकदमै न्युन हो’’ स्रोत थप्छ ‘‘यस्ता फर्मले फर्जी कागज बनाएर सधैभरी कारोवार घाटामा रहेको देखाउदै आयकर तिर्नुबाट जोगिदै आएका छन्’’
कपिश इन्टरप्राइजेजले आर्थिक वर्ष ०७५/०७६ मा राज्यलाई बुझाउने भ्याटको विवरण समेत अत्यन्त न्यून रहेको छ । भ्याट बिल जारी गर्दा पनि सो फर्मले टेलाबेला गर्ने गरेको स्रोत बताउँदछ । स्रोत भन्छ ‘भ्याट लाग्ने समानका उपोभोक्तालाई बिलै नदिने र दिनै पर्ने अवस्था आए न्युन बिलबिजकीकरण गरेर मात्र दिने प्रवृतिले यस्ता फर्महरु मोटो भ्याट रकम बुझाउनबाट जोगिदै आएका छन्’’
केही वर्षअघि व्यापारमा टाट पल्टिएका कपिसका संचालक राजगडिया व्यापारमा यसरी छलछाम गर्न शुरु गरेपछि उनको कालोधन्धा फेरी फस्टाएको छ । राजगडियाले लकडाउनको बेलामा समेत खाद्यसमाग्रीमा कालोबजारी अकुत पैशा कमाएको स्रोत दावी गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]