१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

राजगडियाको कालोधन्दाको पर्दाफास : कराेडौंको करोबार, कर भने सयमा

Logo

विराटनगर, असार १५
विराटनगरमा संचालनमा रहेको कपिश इन्टरप्राइजेजले व्यापक राजस्व छली गर्ने गरेको पाईएको छ । उक्त फर्मले सरकारलाई बुझाउनु पर्ने भ्याटदेखि आयकरसम्म व्यापक रुपमा छली गर्दै आएको खुलासा भएको छ ।
स्रोतका अनुसार कपिस इन्टरप्राइजेजले वार्षिक कराेडौंको व्यापार गर्दै आएको छ । तर कारोबारको तुलनामा उक्त फर्मले बुझाउने आयकर र भ्याट एकदमै न्युन छ । करोडौंको कारोबार गरेतापनि आर्थिक वर्ष २०७५/०७६मा कपिश इन्टरप्राइजेजले ३५ सयको मात्र आयकर बुझाएको छ । कराेडौंको व्यापार गर्ने कपिश इन्टरप्राइजेजले यसरी पछिल्ला आर्थिक वर्षहरुमा अत्यन्तै न्युन आयकर बुझाउन थालेपछि राजस्व छलीको पर्दाफस भएको हो ।
कपिस इन्टरप्राइजेज नितु अग्रवाल वंशलको नाममा दर्ता रहेको छ । तर उक्त र्फमको कारोबार भने मनोज अग्रवाल राजगडियाले गर्ने गरेको पाईएको छ । वंशल र राजगडियाबिच निकटतम नातासम्बन्ध रहेको बुझिएको छ । सो इन्टरप्राइजेजले खाद्यान्य लगाएत दैनिक उपभोग्य वस्तु खुल्ला तथा होलसेलमा बिक्रि वितरण गर्दै आएको छ ।
वंशल र राजगडियाद्धय द्धारा संचालित कपिश इन्टरप्राइजेजले वार्षिक कराेडौंको व्यापार गर्दै आएता पनि फर्जी न्युन -आय विवरण बुझाएर हरेक वर्ष राजस्व ठगी गर्ने गरेको स्रोत दावी गर्दछ । स्रोत भन्छ ‘‘करोडौंमा व्यापार गर्ने यस्ता फर्मले समान्यता पनि लाखमा आयकर बुझाउनु पर्ने हुन्छ, तर कपिशले बुझाउँदै आएको आयकर लाखमा हजारमा नभएर सयमा छ, जुन एकदमै न्युन हो’’ स्रोत थप्छ ‘‘यस्ता फर्मले फर्जी कागज बनाएर सधैभरी कारोवार घाटामा रहेको देखाउदै आयकर तिर्नुबाट जोगिदै आएका छन्’’
कपिश इन्टरप्राइजेजले आर्थिक वर्ष ०७५/०७६ मा राज्यलाई बुझाउने भ्याटको विवरण समेत अत्यन्त न्यून रहेको छ । भ्याट बिल जारी गर्दा पनि सो फर्मले टेलाबेला गर्ने गरेको स्रोत बताउँदछ । स्रोत भन्छ ‘भ्याट लाग्ने समानका उपोभोक्तालाई बिलै नदिने र दिनै पर्ने अवस्था आए न्युन बिलबिजकीकरण गरेर मात्र दिने प्रवृतिले यस्ता फर्महरु मोटो भ्याट रकम बुझाउनबाट जोगिदै आएका छन्’’
केही वर्षअघि व्यापारमा टाट पल्टिएका कपिसका संचालक राजगडिया व्यापारमा यसरी छलछाम गर्न शुरु गरेपछि उनको कालोधन्धा फेरी फस्टाएको छ । राजगडियाले लकडाउनको बेलामा समेत खाद्यसमाग्रीमा कालोबजारी अकुत पैशा कमाएको स्रोत दावी गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]