३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

धमाधम आइपीओ खुल्दै, १७ कम्पनी पाइपलाइनमा

Logo
प्रकाशित मंगलबार, आषाढ २३, २०७७

काठमाडौं, आसर २३
लकडाउनको कारण लामो समय बन्द रहेको सेयर बजार खुलेसँगै साधारण सेयर (आईपीओ) धमाधम जारी भइरहेको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै २ वटा कम्नीहरुले आईपीओ जारी गरिसकेका छन् ।
एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाले लकडाउन खुकुलो बनाएसँगै आईपीओ जारी गरेका हुन् । यस अवधिमा एनआईसीको आईपीओ बाँडफाँट समेत भईसकेको छ भने साधनको सेयर बाँडफाँट असार २४ गते हुदैछ ।
एनआईसी एसिया लघुवित्त र साधना लघुवित्तको आईपीओ खुलेपछि यसलगत्तै फेरि अर्को बीमा कम्पनीले अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि आईपीओ बिक्री खुला गर्दैछ । कम्पनीले २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत् बिक्री खुला गर्न लागेको छ ।

आईपीओमा १७ कम्पनीको आवेदन

हाल १७ वटा कम्पनीले आईपीओ जारी गर्न आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
आवेदन दिनेमा हिमालयन हाईड्रोपावर (२२५०००० कित्ता आइपीओ), विन्धवासिनी हाइड्रोपावर कम्पनीले (२५००००० कित्ता आइपीओ), चन्द्रागिरी हिल्स (१८४०९१० कित्ता आइपीओ) रहेका छन् ।
यसै गरी ३ वटा बिमा कम्पनीहरु पनि आवेदन स्वीकृत हुने पखाईमा छन् । जसमा रिलायन्स लाइफ कम्पनी (६३००००० कित्ता आइपीओ), सानिमा जनरल इन्स्योरेन्स (३०००००० कित्ता आइपीओ) र जनरल इन्स्योरेन्स कम्पनी (६३००००० कित्ता आइपीओ) रहेका छन् ।

त्यस्तै शुभम् पावर कम्पनीले (५८०५८० कित्ता आइपीओ), इमर्जिङ नेपालले (५००००० कित्ता आइपीओ), सीईडीबी हाइड्रोपावरले २५१८२३० कित्ता आईपीओ), तेह्रथुम पावर कम्पनीले (१२००००० कित्ता आइपीओ), मध्य भोटेकोशी जलविद्युत् कम्पनीले (१५०००००० कित्ता आइपीओ) र समाज लघुवित्त वित्तीय संस्थाले (८६०००कित्ता आइपीओ) जारी गर्ने तयारीमा आवेदन दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्। यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत […]