१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

धमाधम आइपीओ खुल्दै, १७ कम्पनी पाइपलाइनमा

Logo

काठमाडौं, आसर २३
लकडाउनको कारण लामो समय बन्द रहेको सेयर बजार खुलेसँगै साधारण सेयर (आईपीओ) धमाधम जारी भइरहेको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै २ वटा कम्नीहरुले आईपीओ जारी गरिसकेका छन् ।
एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाले लकडाउन खुकुलो बनाएसँगै आईपीओ जारी गरेका हुन् । यस अवधिमा एनआईसीको आईपीओ बाँडफाँट समेत भईसकेको छ भने साधनको सेयर बाँडफाँट असार २४ गते हुदैछ ।
एनआईसी एसिया लघुवित्त र साधना लघुवित्तको आईपीओ खुलेपछि यसलगत्तै फेरि अर्को बीमा कम्पनीले अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि आईपीओ बिक्री खुला गर्दैछ । कम्पनीले २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत् बिक्री खुला गर्न लागेको छ ।

आईपीओमा १७ कम्पनीको आवेदन

हाल १७ वटा कम्पनीले आईपीओ जारी गर्न आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
आवेदन दिनेमा हिमालयन हाईड्रोपावर (२२५०००० कित्ता आइपीओ), विन्धवासिनी हाइड्रोपावर कम्पनीले (२५००००० कित्ता आइपीओ), चन्द्रागिरी हिल्स (१८४०९१० कित्ता आइपीओ) रहेका छन् ।
यसै गरी ३ वटा बिमा कम्पनीहरु पनि आवेदन स्वीकृत हुने पखाईमा छन् । जसमा रिलायन्स लाइफ कम्पनी (६३००००० कित्ता आइपीओ), सानिमा जनरल इन्स्योरेन्स (३०००००० कित्ता आइपीओ) र जनरल इन्स्योरेन्स कम्पनी (६३००००० कित्ता आइपीओ) रहेका छन् ।

त्यस्तै शुभम् पावर कम्पनीले (५८०५८० कित्ता आइपीओ), इमर्जिङ नेपालले (५००००० कित्ता आइपीओ), सीईडीबी हाइड्रोपावरले २५१८२३० कित्ता आईपीओ), तेह्रथुम पावर कम्पनीले (१२००००० कित्ता आइपीओ), मध्य भोटेकोशी जलविद्युत् कम्पनीले (१५०००००० कित्ता आइपीओ) र समाज लघुवित्त वित्तीय संस्थाले (८६०००कित्ता आइपीओ) जारी गर्ने तयारीमा आवेदन दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]