२६ मंसिर २०८२, बिहिबार
11-12-2025 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

उद्योग वाणिज्य महासंघको निर्वाचन : प्रधानका लागि फलामको चिउरा

Logo
प्रकाशित शुक्रबार, साउन ०२, २०७७

विराटनगर, साउन २
नेपाल उद्योग वाणिज्य महासंघको आगामी २५ र २६ गते हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानले उम्मेदवारी घोषणा गरेपछि अहिले प्रदेश १ को सुनसरी मोरङ औद्योगिक करिडोरमा चुनावी सरगर्मी सुरु भएको छ । प्रधानले उद्योग वाणिज्य माहासंघको भावी अध्यक्षलाई राखेर आफ्नो उम्मेदवारी घोषणा गर्दा भावी अध्यक्ष हुने निश्चित भएका शेखर गोल्छाका लागि आगामी कार्यकाल फलामको चिउरा हुने तर्क सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूको छ ।

उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि आफ्ना भावी अध्यक्ष शेखर गोल्छालाई अगाडि राखेर प्यानलसहितको उम्मेदवारी घोषणा गरेका प्रधानको विगत भने कहालिलाग्दो भएको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी एवं व्यवसायीको भनाइ छ । २०५१ सालमा मोरङको तत्कालीन टंकीसिनवारी गाविस हाल बुढीगंगा गाउँपालिकामा विराट फर्मा ल्याव प्रालि सञ्चालन गरी उद्योग संगठन मोरङमा प्रवेश गरेका किशोर प्रधानको औद्योगिक एवं व्यावसायिक क्षेत्रमा खासै प्रभाव नभएको जानकारी व्यावसायिक स्रोतले दिएको छ ।

चाकडी र चाप्लुसीमा विज्ञजस्तै नै बनेका प्रधानले आफूले सञ्चालन गरेको विराट फर्मा ल्याव प्रालिको व्यानरबाट उद्योग संगठन मोरङको महासचिवदेखि प्रथम उपाध्यक्ष हुँदै २०६१ सालमा मोरङ उद्योग संगठनको अध्यक्ष नै हातपार्न सफल भए । त्यसबेला लामो समय विराट फर्मा ल्याव प्रालि सञ्चालन गर्न नसकेपछि बैंकको ऋण बुझाउन समस्या भएसँगै ऋण चुक्ताका लागि भन्दै उद्योग नै बन्द गराएर सोही ठाउँमा केटीएम क्वालिटी गार्मेन्ट सञ्चालन गरेका थिए । तर उक्त गार्मेन्ट पनि लामो समय चल्न नसकेपछि उक्त उद्योग बिक्री गरी उद्योग सञ्चालन भएको जग्गा बिक्री गरी विराटनगर छोडेर काठमाडौँ नै बसी उद्योगी व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघमा राजनीति गर्न थाले । उनले सञ्चालन गरेको विराट फर्मा र केटीएम क्वालिटी गार्मेन्ट उद्योग रहेको बुढीगंगा गाउँपालिकाको जग्गा अहिले विराट मेडिकल कलेजले खरिद गरी मेडिकल कलेज सञ्चालन गरेको छ ।

आर्थिक वर्ष ०७६र०७७ सम्म आइपुग्दा किशोरकुमार प्रधानका नाममा रहेका दुवै उद्योग आन्तरिक राजस्व कार्यालयमा जिवितै रहेको छ । त्यसमध्ये २०५० सालमा आयकरमा दर्ता रहेको विराट फर्मा ल्याव प्रालिले २०५६ सालमा मूल्य अभिवृद्धि करको ३००९९९३९ मा दर्ता भएको देखिन आएको छ । उक्त फर्म भ्याट दर्ता भए पनि २०५७ सालदेखिको भ्याट बक्यौताबापत सात हजार अहिलेसम्म राजस्व दाखिला नगरेको दाबी समाचार स्रोतले गरेको छ । त्यसैगरी उक्त फर्मले ०७१ सालसम्म जीरो विवरण बुझाउँदै आएकोमा आर्थिक वर्ष ०६६र०६७ देखिको आय विवरण समेत आन्तरिक राजस्व कार्यालयमा दिएको छैन । उद्योग बन्द भई अवशेष समेत नभएको अवस्थामा आन्तरिक राजस्व कार्यालयको रेकर्डमा विराट फर्मा ल्याव प्रालि अहिलेसम्म पनि बन्द नभएको र फर्म चालू नै रहेको रेकर्ड कायम रहेको हो ।

प्रधानको नाममा नै दर्ता कायम रहेको केटीएम क्वालिटी गार्मेन्टको अवस्था समेत सोही प्रकृतिमा नै रहेको छ । दुवै उद्योग फेल भएर राजनीति गर्न समस्या परेपछि पछिल्लो समय हिमालय पोलका नाममा आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०५४ सालमा ३००३९३२० बाट भ्याट दर्ता कायम भएको तथ्य पनि खुल्न पुगेको छ । उक्त फर्मले पनि भ्याटबापतको ३८ हजार बक्यौता अहिलेसम्म पनि बुझाएको छैन ।

विगतको निर्वाचनमा शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा चुनावी प्रतिस्पर्दा गरेर पराजित बनेका प्रधानले अहिले तिनै गोल्छासँग हातेमालो गरी वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुका पछाडि महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको दबाब रहेको व्यवसायी स्रोतको दाबी छ ।

उद्योगी जोशीले पनि अरुको इसारामा कुद्ने उम्मेदवार भेट्टाएपछि प्रधानलाई नै अगाडि सारेको उद्योगी व्यवसायीको भनाइ छ । वरिष्ठ उपाध्यक्षमा प्रधानको उम्मेदवारीका कारण प्रदेश १ को सुनसरी मोरङ औद्योगिक करिडोर पछिल्लो समय चुनावी सरगर्मीको रापमा परेको छ । तर प्रधानले अपेक्षा गरेअनुसारको सुनसरी मोरङ औद्योगिक करिडोरको मत उनलाई नजाने समाचारस्रोतको भनाइ छ ।

(आर्थिक दैनिकबाट)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]