२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

प्रेस मिटमै पत्रकारले “ठग” भनेपछि : एन आई सी एशिया बैंकका प्रतिनिधि लाजले भुतुक्क

Logo
प्रकाशित शनिबार, साउन ०३, २०७७

विराटनगर, असार ३
कर्जाका नयाँ योजनाबारे जानकारी दिन शुक्रवार एनआईसी एसिया बैंकले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकका प्रतिनिधिलाई पत्रकारको प्रश्नले लज्जित बनायो । बैंकको ठग पोलेसीले गर्दा ग्राहकले दुःख पाएको केहि घटनाहरु पत्रकारले सुनाएपछि पत्रकार सम्मेलनमा उपस्थित बैंकको प्रतिनिधिहरुको मुन्टो उचालिन नसक्ने गरी निहुरीयो । फुल एयर कण्डिसन सभाहलमा पनि पत्रकारको प्रश्नले प्रादेशिक प्रमुख दिपक थापा सहित आधा दर्जन एनआईसी एशिया बैंकका प्रतिनिधिको निधारबाट पसिना निकाल्यो ।
सम्मेलनमा पत्रकारहरुले एनआईसी एशिया बैंक आफ्नो योजनाहरुमा तथस्ट नरहेको गुनासो ग्राहकहरुबाट आएकाे बताएका थिए । बैंकले सहुलियत दरमा ऋण स्वीकृत गरेपनि, ऋण लिएको एक वर्ष नबित्दै ब्याज दर दब्बोर तेब्बर पार्ने बैंकको ठग पोलेसीले ग्राहकलाई प्रताणित बनाएको पत्रकारले सुनाए । सहुलियत ब्याजदरमा ऋण भन्दै बैंकले ग्राहकलाई आकर्षीत गर्ने र ऋण लिन जादा कम्पनीको पोलेसी परिवर्तन भयो भन्दै ग्राहकलाई एनआईसीले ठगी गर्ने गरेको पत्रकारहरुले अरोप समेत लगाए ।
केही पत्रकारहरुले आफुहरु स्वयम बैंकबाट ठगीएको प्रसंग सुनाउदै “बैक पनि, साथी पनि” भन्ने बैंकको नारालाई “बैक पनि, डाका पनि” मा परिणत गर्न भन्दै व्याङ्य समेत गरे ।
बैंकले हप्ता दिनमै ऋण स्वीकृती हुने प्रचार गरेतापनि, ऋण खोज्न आउने ग्राहकहरुले महिनौ दिनसम्म कागजपत्र लिएर धाउदा समेत ऋण पाउने नगरेको पत्रकारहरुले तितो यर्थाथ सुनाए ।
एनआईसी एशिया बैंकका प्रतिनिधिहरुले ग्राहक तथा सरोकारवालको गुनासो केहिले पनि सुन्ने नगरेको पत्रकारहरुले आरोप समेत लगाए । बैंकका प्रदेशीक प्रमुख दिपक थापालाई ईङ्गीत गर्दै एक पत्रकारले भने “वहाँलाई भेट्न प्रधानमन्त्रीलाई भट्नभन्दा पनि ग्राह्रो रहेछ, पत्रकार कुरा सुन्नहुन्न भने ग्राहकको कुरा त के सुन्नुहुन्छ होला र ?”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]