२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

बैंकिङ गतिविधिमा निगरानी बढाउन सरकारलाई उद्योगी व्यावसायीको अनुरोध

Logo
प्रकाशित आइतबार, साउन ०४, २०७७

विराटनगर, असार ४
मोरङ सुनसरी कोरीडोरका उद्योगी तथा व्यवसायीहरुले बैंकहरुले मानोमानी ढंगले पैशा असुल गरको आरोप लगाएका छन् ।
बिहिवार उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघको संयुक्त बैठकले बैंकको उक्त कदमको प्रतिकार गर्ने समेत आपसी समझदारी गरेका छन् ।
बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै कोभिड १९ का कारण धरासयी भएका उद्योग, व्यवसायीको पुनरुत्थानका लागि दुई प्रतिशत छुटको व्यवस्थाको कार्यान्वयन नभएको गुनासो गरेका छन् । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट कर्जा भुक्तानीका लागि समय दिए पनि बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीलाई कडाइ गरेकामा समेत उद्योगी व्यावसायीहरुले गुनासो गरेका छन् ।
त्यस्तै, बैंकले उद्योगी व्यवसायीहरूको खाताबाट विना जानकारी रकम स्वतः काटेको, २ प्रतिशत ब्याज छुटको व्यवस्था कार्यान्वयन नगरेको, कर्जा नवीकरण शुल्क मनोमानी रुपमा लिइएकोमा उद्योगी व्यवसायीहरुले आपत्ती जनाएका छन् ।
बैंकले सरकारको निर्देशन समेत पालना नगरिरहेको भन्दै बैकिङ गतिविधिमा निगरानी बढाउन सरकारलाई उद्योगी व्यावसायीहरुले आग्रह समेत गरेका छन् । त्यस्तै लकडाउन पुर्णरुपमा खुलेको तिन मिहना पछि मात्र कर्जा, कर तथा राजस्व उठाउन अनुरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]