०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

बिनलादेनका छोरा हम्जा मारिए  : एनबीसी न्यूज

Logo

काठमाडौं, श्रावण १६
अमेरिकाको प्रसिद्ध संचारमाध्यम एनबीसी न्यूजले बिनलादेनका छोरा हम्जा मारिएको बताएको छ । तीन जना अमेरिकी अधिकारीको हबला दिदै उक्त संचारमाध्यमले बिन लादेनका छोरा हम्जाको मृत्यु भएको पुष्टी गरेकोे छ । त्यस विषयमा थप विवरण भने ती अधिकारीहरुले दिन अस्वीकार गरेको बताईएको छ । पत्रकाहरुले प्रश्न गर्दा समेत हम्जाको मृत्युकाको समाचार सहि हो वा गलत हो भन्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलले कुनै प्रतिक्रिया दिएको छैनन् ।
आफूलाई अल–कायदाको नेता भएको बताउँदै आएका हज्मा पछिल्लो समय अमेरिकी प्रशासनको सर्वा्धिक खोजीको सूचीमा थिए । २०१९ फेब्रुअरीमा मा अमेरिकी विदेश मन्त्रालयले हम्जाको बारेमा जानकारी दिनेलाई १० लाख अमेरिकी डलर दिने समेत घोषणा गरेको थियो ।
अमेरिकी विदेश मन्त्रालयले ओसामाको उत्तराधिकारीका रुपमा हम्जाले अलकायदाको नेतृत्व गर्न थालेको जनाएको छ । हम्जाले बेलाबखत अडियो र भिडियो सन्देश मार्फत अमेरिका र उसका पिता (बिनलादेन) को हत्यारालाई आक्रमण गर्ने चेतावनी समेत दिदै आएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]