०६ चैत्र २०८०, मंगलबार
19-03-2024 , Tue

बिनलादेनका छोरा हम्जा मारिए  : एनबीसी न्यूज

Logo
प्रकाशित बिहिबार, साउन १६, २०७६

काठमाडौं, श्रावण १६
अमेरिकाको प्रसिद्ध संचारमाध्यम एनबीसी न्यूजले बिनलादेनका छोरा हम्जा मारिएको बताएको छ । तीन जना अमेरिकी अधिकारीको हबला दिदै उक्त संचारमाध्यमले बिन लादेनका छोरा हम्जाको मृत्यु भएको पुष्टी गरेकोे छ । त्यस विषयमा थप विवरण भने ती अधिकारीहरुले दिन अस्वीकार गरेको बताईएको छ । पत्रकाहरुले प्रश्न गर्दा समेत हम्जाको मृत्युकाको समाचार सहि हो वा गलत हो भन्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलले कुनै प्रतिक्रिया दिएको छैनन् ।
आफूलाई अल–कायदाको नेता भएको बताउँदै आएका हज्मा पछिल्लो समय अमेरिकी प्रशासनको सर्वा्धिक खोजीको सूचीमा थिए । २०१९ फेब्रुअरीमा मा अमेरिकी विदेश मन्त्रालयले हम्जाको बारेमा जानकारी दिनेलाई १० लाख अमेरिकी डलर दिने समेत घोषणा गरेको थियो ।
अमेरिकी विदेश मन्त्रालयले ओसामाको उत्तराधिकारीका रुपमा हम्जाले अलकायदाको नेतृत्व गर्न थालेको जनाएको छ । हम्जाले बेलाबखत अडियो र भिडियो सन्देश मार्फत अमेरिका र उसका पिता (बिनलादेन) को हत्यारालाई आक्रमण गर्ने चेतावनी समेत दिदै आएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष ८ बलिउडका चर्चित कलाकार अजय देवगणले नेपोटिजम अर्थात नातावादका सम्वन्धमा सटिक तर यथार्थपरक धारणा राखेका छन् । एक अन्र्तवार्ताका क्रममा देवगणले भनेका छन्, नेपोटिजमका कारण बलिउडमा छिर्न त सजिलो होला । तर, हेर्दा जति सजिलो देखिन्छ, यथार्थतामा त्यसो नभएको प्रतिक्रिया व्यक्त गरेका छन् । बलिउडमा टिक्नुनै आफैमा ठुलो चुनौती हो । अर्कोतर्फ बलिउडमा […]

विराटनगर, पुष ५ । मुख्यमन्त्री केदार कार्कीले लाेकतन्त्र र कांग्रेसमा परिवारकाे हाेइन, अब गाउँवासीका कुरा सुन्ने र कार्यकर्ताकाे नेतृत्व गर्नेलाई नेता मान्ने अवस्था आएकाे बताएका छन् । नेपाली कांग्रेस सुनसरीले बिहीबार इनरूवामा आयाेजना गरेकाे कार्यक्रममा कार्कीले साे कुरा बताएका हुन् । ´झुपडी हेरेर निर्णय गर भन्ने बीपीकाे आदेश पालना गरेर प्रदेशमा बजेटकाे प्रतिस्थापन विधेयक ल्याएकाे […]

विराटनगर, पुष ५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विराटनगर आएका छन् । विहीवार साझ उनी विराटनगर आएका हुन् । भोली शुक्रवार, विराटनगरमा महोत्सव उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पनि प्रधानमन्त्रीनै हुन् । मोरङ व्यापार संघको आयोजनामा ११ दिने एक्स्पोको समुद्घाटन प्रधानमन्त्री प्रचण्ड बाटनै हुदैछ । दिनको १ बजे महोत्सवको उद्घाटन हुने कुराको जानकारी आयोजक संस्थाका संयोजक अनिल […]