२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

हाेशियार! लुडाे खेल्नेलाइ प्रहरीले समात्दै

Logo

काठमाडौँ , साउन १२
के तपाईं लुडो खेल्दै हुनुहुन्छ ? यदि खेल्नुभएको छ भने प्रहरीको फन्दामा पर्नुहोला । सामान्य रुपमा घरमा समय बिताउन लुडो खेल्नु नौलो कुरा भने होइन ।

तर, पैसा नै राखेर बाजी खेल्न थालेको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त कालीमाटीले आइतबार ७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१४, सुनारगाउँमा लुडो खेल्ने र खेलाउने गरेको अभियोगमा ७ जनालाई पक्राउ गरिएको कालीमाटी वृत्तका प्रमुख रुगम कुँवरले जानकारी दिए ।

स्थानीय राजकुमार कार्कीले घरमा पाँच हजार रुपैयाँ लिएर लुडोको बाजी खेलाउने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रमुख कुँवरले बताए ।

उनीहरुले ३० हजार रुपैयाँसम्मको बाजी खेल्ने गरेको पाइएको कुँवरले बताए । उनीहरुको साथबाट ८७ हजार ५० हजार रुपैयाँ पनि बरामद भएको छ ।

पक्राउ परेका सातै जनाविरूद्ध जुवा ऐनअनुसार म्याद थप गरेर अनुसन्धानन भइरहेको प्रहरीले जनाएको छ ।

राताेपाटी डटकमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]