०१ आश्विन २०८२, बुधबार
17-09-2025 , Wed
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

नक्कली भाैचर बनाउने यातायात कार्यलय विराटनगरकाे दलाल पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

विराटनगर, साउन १५

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरमा दलालीको काम गर्दै आएकाले नक्कली बैंक भौचर बनाएर ठगी गरिरहेको घटना सार्वजनिक भएको छ। यसरी ठगी धन्दा चलाउनेहरुमा विराटनगर महानगरपालिका-४ का २६ वर्षीय सिद्धार्थ चौधरी र २४ वर्षीय विनय गौतम रहेका छन्। प्रहरीका अनुसार उनीहरु नयाँ सवारी साधन पास गर्न तथा सवारीको कर बुझाउन आएका सेवाग्राहीको काम गरिदिने बाहनामा केही समयदेखि उक्त कार्यालयमा दलालीको काम गर्दै आएका युवाहरु हुन्।

आर्थिक वर्ष २०७६/०७७ को सवारी साधनको कर तिर्ने क्रममा नक्कली भौचर बनाएर काम गराएको पाइएको भन्दै उनीहरुविरुद्ध यातायात व्यवस्था कार्यालयले प्रहरीमा जाहेरी दिएको छ। दुवै जनालाई पक्राउ गरेर ठगी मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। ‘प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकामध्ये ठगी धन्दामा विशेष गरेर चौधरीको संलग्नता देखिएको छ’ उनले भने ‘तर यातायात कार्यालयले किटानी जाहेरी दिएपछि दुवै जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाइएको छ।’ चौधरीले आफूले मात्रै यातायात कार्यालयमा नक्कली भौचर बनाएर एक लाख ५० हजार रुपैयाँ भन्दा बढी ठगी गरिसकेको बताएको प्रहरीका एक अधिकारीले जानकारी दिए।

आर्थिक कारोबार आफै नगर्ने कार्यालयले नयाँ सवारी साधन पास गर्दा र सवारीको कर तिर्दा प्रभु बैंकमार्फत कारोबार गर्ने गरेको छ। पास गर्दा र कर तिर्दा लाग्ने शुल्क बैंकमा बुझाएको भौचर सवारी धनीले पेश गरिसकेपछि यातायातले त्यही भौचरका आधारमा कार्य सम्पादन गर्ने गरेको छ। तर दलालीको काम गर्नेहरुले चाँडो काम सक्न सहयोग गर्नेलगायतका बहानामा सवारी धनीसँग निश्चित पैसा लिँदै बैंक भौचर भर्नेदेखि लिएर यातायातसँग सम्बन्धित अरु काम गरिदिने गरेका छन्।
यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका अधिकृत नवराज गिरीले रकमको हिसाब नमिलेपछि खोजी थाल्दा दलालको ठगी धन्दा पत्ता लागेको बताए। उनकाअनुसार एउटा मिनी ट्रकको कर तिर्ने क्रममा पक्राउ परेका मध्ये चौधरीले ठगी गरेको खुलेको छ। त्यही क्रममा बैंक कर्मचारीसँग मिल्ने अक्षर भौचरमा भरेर ठगी गर्ने गरेको पाइएको हो।

चौधरीले बैंकमा ट्रकको कर भनेर पाँच सय रुपैयाँ दाखिला गर्दै भौचर लिएको र यातायातमा भने त्यसैलाई केरमेट गरेर २४ हजार पाँच सय रुपैयाँ बुझाएको देखिने भौचर पेस गरेको गिरीले बताए। प्रारम्भिक चरणमा हिसाब मिलान गर्दा गल्ती अवस्थामा भेटिएको र ठगी गरेको प्रभु बैंक लिमिटेडको २३४९७५ नम्बरको भौचर पनि यातायात कार्यालयले प्रहरीलाई बुझाएको छ।‘सवारी धनीले कर वापत भनेर बैंकमा बुझाउन चौधरीलाई २४ हजार पाँच सय रुपैयाँ दिएका रहेछन्। तर चौधरीले बैंकमा पाँच सय रुपैयाँ मात्रै बुझाएछन्,’ अधिकृतले गिरीले भने, ‘यातायात कार्यालयमा भने बैंकले उपलब्ध गराएको भौचरको अगाडि आफै २४ थपेर कर वापत २४ हजार पाँच सय रुपैयाँ बैंकमा दाखिला गरेको भन्ने देखाएको पाइयो। हिसाब नमिलेपछि खोजी गर्दा यो कुरा पत्ता लागेको हो।’

उनकाअनुसार दलालले गरेको रकम ठगीको विवरण कार्यालयले निकाल्न थालेको छ। ‘कार्यालयमा धेरै बेरुजु देखियो र ठूलै रकमको हिसाब मिलेन,’ गिरीले भने, ‘दलालले झुक्याएर ठगी गर्दै बैंकमा कम रकम दाखिला गर्ने र बढी रकम बुझाएको देखिने भौचर कार्यालयमा पेस गर्ने गरेको पाइयो।’ उनले कार्यालयमा पहिल्यैदेखि भएका र हिसाब नमिलेका कारोबारका सबै विवरण संकलन गर्ने काम थालिएको बताए। कार्यालयमा सेवाग्राहीको भीडभाड धेरै भएका समयमा दलालले भौचर मिलाउँदै ठगी गर्ने गरेको पाइएको उनको भनाइ छ। गिरीले ठगी गरेको सबै विवरण पत्ता लगाएर दलालविरुद्ध कारबाही अघि बढाउन प्रहरीलाई प्रमाणका रुपमा उपलब्ध गराइने जानकारी दिए।

अन्नपुर्णपाेष्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्। यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत […]