२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

लागानीको संभावना बोकेर स्वदेश फर्किए मन्त्री आङ्बो

Logo
प्रकाशित बिहिबार, साउन १६, २०७६

विराटनगर, साउन १६
एकसाता लामो चीन भ्रमण पुरा गरी बिहीबार प्रदेश नं १ का अर्थिक मामिला मन्त्री ईन्द्र आङ्बोको टोली स्वदेश फर्किएको छ । भ्रमण पश्च्यात मन्त्री आङ्बाले निकट भविष्यमा चिनवाट ठुलो लगानीे प्रदेश भित्रने सम्भावना रहेको  प्रतिक्रिया दिएका छन् । सान्दोङको सुइफा हुवाइजियको निमन्त्रणामा भएको भ्रमण निकै फलदायी रहेको दावी गर्दै चिनिया लगानीकर्ता प्रदेशमा लगानी गर्न उत्सुक भएको उनले बताए ।

‘ चिनिया लगानीकर्ताहरुलाई प्रदेशमा लगानीको लागि प्रस्ताव गर्दा उनीहरु निकै नै सकारात्मक देखिए ’ मन्त्री आङ्बाले भने ‘ चिनिया लगानीकर्ताको टोली प्रदेशमा लगानीको संभावनाबारे अध्ययन गर्न निकट भविष्यमै आउँदैछन् ।’ चिनियाहरुसँग छलफलको क्रममा आफूहरूले खानेपानी, हाइड्रोमा र अन्य ठुला परियोजनाहरुमा लगानीको लागि आग्रह गरेको भम्रण टेलीकी सदस्य प्रदेश सासंद विन्दिया काकीले बताईन् । ठुला परियोजना बाहेक नेपालबाट चिनमा शुद्ध पिउने पानी निर्यात गर्न सिकने र कृषीको विविध परियोजनामा सहकार्य गर्न सकिने सम्भावना रहेको भ्रमण टोलीका सदस्यहरुको बुझाई छ ।
भ्रमण टोलीले चीनको औद्योगिक प्रान्त सिचुवान र सान्दुङको स्थलगत अवलोकन गरेका थिए । भ्रमण टोलीमा प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियत, सांसदहरू सर्वध्वज साँवा, तेजमान कन्दङ्वा र विन्दिया कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल, मुख्यमन्त्री कार्यालयका उपसचिव टीकादत्त राई र मुख्यमन्त्रीका स्वकीय सचिव मकर खड्कासहभागी थिए । त्यस्तै निजि क्षेत्रबाट उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले सहभागीता जनाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]