३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

विभागमा सेनिटाईजर उद्योगको फाईल किन अड्कियो ?

Logo

काठमाडौं, साउन ३१
सेनिटाईजर उत्पादन र विक्रिमा अन्तरःशुल्क र भ्याट छुट दिन स्वदेशी सेनिटाईजर उत्पादकहरुले सरकारसमक्ष माग गरेका छन् । औषधि व्यवस्था विभागमा दर्ता नभएका सेनिटाईजर उद्योगलाई सरकारले कस्मेटिक सरह (लग्जुरी बस्तु)को रुपमा सुचिकरण गरी बढी राजस्व असुल गरिरहेको उत्पादकहरुको गुनासो छ ।
औषधि व्यवस्था विभागमा दर्ता नभएको उद्योगहरुले सेनिटाईजर बनाउने स्प्रीट खरिद गर्दा प्रति लिटर ६० देखि ६५ रुपैयाँ अन्तःशुल्क तिर्नुपर्ने हुन्छ । र सेनिटाईजर बनाएर बेच्दा समेत १३ प्रतिशत भ्याट तिर्नुपर्ने हुन्छ । तर विभागमा दर्ता भएको उद्योेगहरुको हकमा भने अन्तःशुल्क र भ्याट दुवै छुट गरिएको छ । एउटै प्रकृति समान बनाउने उद्योगहरु, कसैसँग कम र कसैसँग बढी राजस्व संकलन गर्नु राज्यको विवेदकारी निति भएको विभागमा दर्ता नभएका उत्पादकहरुको बुझाई छ ।
दर्ता फाईल पेन्डिङमा
औषधी व्यवस्था विभागमा हाल ३ दर्जन भन्दा बढी सेनिटाईजर उद्योगको दर्ता फाईल पेन्डिङमा छ । दर्ताको लागि आवेदन दिएको चार महिना बितिसक्दा पनि अनुमति नपाएको भन्दै उद्योगीहरुले विभागको काम प्रति अनुसन्तिुष्टी जनाइरहेका छन् ।
विभागले नँया कम्पनीहरुलाई दर्ता नदिएको कारण पहिलानै दर्ता भएका औैषधी बनाउने फर्मासुईटिकलसँग बाहेक कसैसँग पनि विभागको लाईसन्स छैन् । सोही कारण सेनिटाईजरको उत्पादन र विक्रिमा लाग्ने अन्तःशुल्क र भ्याटमा पुराना फर्मासुईटिकलले मात्र छुट पाईरहेका छन् । दर्ताको लागी आवेदन दिएका एक सेनिटाईजर उत्पादक भन्छन्  “काम हुदैछ–हुदैछ भन्दै विभागको कर्मचारीहरुले टारि मात्र रहेको छ, निवेदन दिएको पनि चार मिहना पुगीसक्यो दर्ता किहिलेसम्म हुने हो केहि टुंगो छैन ”

कर्मचारीसँग मिलेमतो, बजारमा कार्टिलिङ
स्रोतका अनुसार विभागमा दर्ता रहेका फर्मासुईटिकलहरुले विभागको कर्मचारीलाई प्रभावमा पारी नयाँ दर्ताको कामलाई अघि बढ्न दिएका छैनन् । नयाँलाई विभागमा दर्ता नदिएपछि, उनीहरुले अन्तःशुल्क र भ्याट तिरेरै सेनिटाईजरको उत्पादन गरिरहेका छन् । तर त्यसरी सेनिटाईजर उत्पादन गर्दा प्रति लिटर ९० रुपैयाँसम्म अतिरिक्त खर्च बढ्ने उत्पादक बताउँछन् ।
उता विभागमा दर्ता भएका कम्पनीहरुले अन्तःशुल्क र भ्याट् नतिर्नु पर्ने भएका कारण उत्पादनमा प्रति लिटर ९० रुपैयाँसम्म सस्तो पर्दै आएको छ । तर फार्मासुईटिकलहरुले सस्तोमा सेनिटाइजर उत्पादन गरेपनि मुल्य भने घटाएका छैनन् । स्रोतका अनुसार फार्मासुईटिकलहरुले ५ लिटरको सानिटाईजर १२ सय रुपैयासम्म बेच्न पोसाउछ । तर उनीहरुले एकआपसमा कार्टिलिङ गरेर बजारमा ५ लिटरको सेनिटाईजर १५ सयभन्दा घटिमा नबेचिरहेको स्रोत दावी गर्दछ ।
नितिमा परिर्वतन ल्याए सेनिटाईजरको मुल्य आधा घट्ने
सरकारले नितिमा परिवर्तन ल्याए हाल बजारमा पाईरहेको सेनिटाईजरको मुल्य ५० प्रतिशतसम्मले घट्न सक्ने उद्योगीहरुको तर्क छ । सवै सेनिटाईजर उद्योगहरुलाई अन्तःशुल्क र भ्याटमा छुट दिए सेनिटाईजर कम्पनीहरु प्रतिश्प्रर्धामा आउने र प्रतिश्प्रर्धाले स्वतः समानको मुल्य घटाईदिने उत्पादकहरुको बुझाई छ । अन्तःशुल्क र भ्याटमा छुट दिए आफ्नो सेनिटाईजरको मुल्य आधा घटाईदिने केहि उत्पादकहरुले ठोकुवा समेत गरेका छन् ।
.

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]