१७ कार्तिक २०८२, आइतबार
02-11-2025 , Sun
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

बेनामे विज्ञप्तीको अधिकारिकता पुष्टी भएन : पिसिआर मेसिन किनबेचमा ८ लाख झ्वाम प्रकरण

Logo
प्रकाशित सोमबार, भाद्र १५, २०७७

विराटनगर, भदौ १५
पिसिआर मेसिन किनबेचको क्रममा ८ लाख रुपैयाँ झ्वाम परेका व्यापारी शिरिश मुरारकाले आफ्नो बचाउको लागी ट्रष्टको नामबाट निकालेको विज्ञप्तीको अझै पनि अधिकारिकता पुष्टी भएको छैन ।
धम्कीपुर्ण भाषाको प्रयोग र मेडियालाई टार्गेट गरी प्रकाशन गरीएको उक्त विज्ञप्ती ट्रष्टकै अधिकारीक विज्ञप्ती हो होईन भन्ने बारेमा हालसम्म कसैले पुष्टी गरेको छैन । विज्ञप्तीमा ट्रष्टको नाम उल्लेख भएता पनि क–कसको सहमतीमा उक्त विज्ञप्ती निकालिएको खुलाईएको छैन् । उक्त विज्ञप्तीमा ९ जनाको हस्तारक्षर रहेको छ तर हस्ताक्षरवालको नाम भने विज्ञप्तीमा उल्लेख गरिएको छैन् । सोही कारण प्रकाशित उक्त विज्ञप्ती नै कतै फर्जी होकी भन्ने नँया शंका समेत उब्जनी भएको छ ।
मिडिया तथष्ट : सत्यतत्थ पत्ता लगाउन पत्रकार गोलबद्ध
व्यापारी मुरारकाले ८ लाख रुपैयाँ झ्वाम पारेको विषयमा समाचार लेख्ने पत्रकारहरु अझै पनि आफुले लेखेको समाचारको विषयबस्तु तथ्य रहेको कुरामा तथष्ट छन् । कसैले पनि वेनामे विज्ञप्ती निकाल्दैमा सत्य बद्लिन नसक्ने पत्रकारहरुको भनाई छ ।
पत्रकारलाई टार्गेट गर्दै धम्र्कीपुर्ण भाषाको प्रयोग गरी व्यापारीहरुले विज्ञप्ती प्रकाशन गरेपछि आफ्नो बचाउ लागी पत्रकारहरु पनि एकिबद्ध भएका छन् । बेनामे विज्ञप्ती निकालेर पत्रकार र मिडियालाई धम्कियाउन खोजेको भन्दै पत्रकारले समेत तथ्यसत्यलाई बाहिर ल्याएर दोषालाई कानुनी कठघरामा उभियाएरै छोड्ने अन्तिम प्रण लिएका छन् ।
घोटालाबारे प्रमाण सहित समाचार प्रकाशन गर्ने पत्रकारहरुको एक समूहले विज्ञप्तीको आधिकारीताबारे छानबीन गर्ने र उक्त विज्ञप्ती निकाल्ने काममा को को आवद्धता रहेको भन्नेबारे समेत पत्ता लगाउने निधो गरेका छन् ।
नेपालकै प्रतिष्ठित उद्योगी प्रदिप मुरारकाको वारिस शिरश मुरारकालाई केही दिनअघि मेसिन खरिद विक्रि गर्ने क्रममा ८ लाख रुपैया ँझ्वाम पारेको आरोप लागेको थियो । प्रमाण सहित केहि स्थानीय मिडियाले समाचार प्रकाशन गरेपछि, आफ्नो कालो–कर्तुतलाई डाकछोप गर्न मुरारका बाउछोराले वनामे विज्ञप्ती प्रकाशन गरी चोखिन खोजेको थिए ।

स‌ंबन्धित समाचारहरु : 

हई-रेटमा पिसिआर मेसिन बेच्ने व्यापारी मुरारकालाई कारवाही होला वा नहोला ?

कालाेकर्तुत ढाकछाेप गर्न व्यापारी मुरारकाकाे धम्कीपुर्ण विज्ञप्ती : पिसिआर मेसिन खरिद प्रकरण

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]