२८ बैशाख २०८२, आइतबार
11-05-2025 , Sun
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

भारतबाट २० रुपैयाँमा आयात भएको प्याज नेपाली बजारमा १ सय नाघ्यो

पियाजको कालोबजारी गर्ने विराटनगरका दुई व्यापारी पक्राउ
Logo
प्रकाशित मंगलबार, आश्विन ०६, २०७७

विराटनगर, असोज ६
भारतबाट प्रति केजी २० रुपैयाँले आयात भएको प्याज नेपाली बजारमा १ सय रुपैयाँभन्दा बढीले बिक्रि भईरहेको खुलासा भएको छ । सरकारका नियामक संयन्त्रहरुले विराटनगरका थोक तरकारी बजारमा छापा मार्दा व्यापारीहरुले प्याजमा गरेको कलोबजारीको बारे खुलासा भएको हो ।
प्याजको कलोबजारी गरेको भन्दै विराटनगरका दुई व्यापारीलाई प्रहरी शुक्रबारनै स–प्रमाण पक्राउ समेत गरिसकेको छ । पक्राउ पर्नेमा विराटनगरको गद्री बजारमा थोक व्यापार गर्दै आएको व्यापारीद्धाय मुकेशकुमार सहनी र सञ्जयकुमार गुप्ता रहेका छन् ।
छानविनका क्रमामा उनीहरुले भारतवाट प्रति केजी ने.रु २२ रुपैयाँमा प्याज ल्याएर नेपाली थोकबजारमा १ सय रुपैयाँभन्दा बढीले बिक्रि वितरण गरेको पाईएको छ ।
पक्राउ परेका दुवै व्यारीलाई आइतबारनै मुद्दा चलाई सेको छ । दुबैलाई कालो बजार तथा सामाजिक अपराध सजाय ऐन २०३२ अनुसार प्रहरीले मुद्दा दर्ता गराएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,१२ बैशाख। अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द हुने भएको छ । इलोन मस्कको नेतृत्वमा रहेको नयाँ स्थापित सरकारी दक्षता विभागले संघीय खर्च कटौती गर्ने व्यापक प्रयासका स्वरुप एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय गरेको हो । एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी […]

झापा,११ वैशाख  । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् । बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय  प्रवर्धनकालागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्ताएको व्यवसायलाई  चलायमान बनाउँदै महिलाहरुलाई आर्थिक उर्पाजनमा समेत थप टेवा पु¥याउने उद्धेश्यले उत्पादनदेखि बजारीकरणसम्मका लागि झापा र सुनसरीका […]

विराटनगर, वैशाख १० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उपभोक्ता संरक्षण विभागले स्वदेशी तथा आयातित सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गर्ने निर्देशन जारी गरेपछि उद्योगी तथा व्यापारीहरू कारबाहीमा पर्न थालेका छन्। २० चैत २०८१ यता  विभागले गरेका अनुगमन र कारबाहीबाट उद्योगी–व्यवसायी एमआरपी लेबल राख्न बाध्य भएका छन् । विभागले गएको चैत […]