२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

अमन हार्डवेयर फेरी विवादमा : कर–छलीपछि कालोबजारी प्रकरणमा तानिए संचालक अग्रवाल

Logo

विराटनगर, माघ १४
विराटनगरमा संचालित अमन हार्डवेयर करछलीको विवादबाट उम्कन नपाउदै पुनः आर्को विवादमा तानिएको छ । उक्त हर्डवेयरका संचालक राजेन्द्र कुमार अग्रवालले कर मात्र छल्ने हाईन, विभिन्न निमार्णका समानहरु अवैध भण्डारण गरेर समयानुकूल कालोबजारी गर्ने गरेको नयाँ रहस्य खुलासा भएको छ ।
स्रोतले दिएको जानकारी अनुसार अग्रवालले दुई महिना अघि ६८ रुपैयाँ प्रति केजीमा खरिद गरेको छड हाल ८८ रुपैयाँमा बिक्रि गरिरहेका छन् । उक्त छडहरु अग्रवालले निर्माण–सिजन शुरु हुनुअघिनै (२ महिनाअघि) खरिद गरि गोप्य रुपमा राखेका थिए । सोही छडहरु अहिले सजिन शुरु हुन थालेपछि उनले महंगोमा बच्दै आएका छन् ।
अग्रवालले छड तथा अन्य निर्माणका समाग्रीहरु अग्रीम भुक्तानी गरी उद्योगमै छोडिदिने हुनाले समेत उनको अवैध स्टकबारे कसैले पत्ता लगाउन सकेका छैन । उनले छडमा मात्र नभएर निर्माणमा प्रयोग हुने सिमेन्ट, वायर, सेतो सिमेन्ट आधि समानहरु पनि यसैगरी अवैध भण्डारी गरी कलोबजारी गर्दै आएको स्रोतको दावी छ ।
जानकारहरुको अनुसार निर्माण समाग्रीहरुमा अचाकली मुल्यवृद्धि हुनुको पछाडि राजेन्द्र अग्रवालजस्ता व्यापारीको विषेश हात रहेको हुन्छ । व्यापारी–व्यापारी बिचको मिलेमत्तोमा उद्योग तथा बजारमा उपलब्ध सबै समान उठाएर बजारमा कृतिम आभावको सिर्जना गर्ने । र व्यापारीहरुले सोही उठाएर राखेको समानलाई उच्चमुल्यवृद्धि गर्ने गरेका छन् । प्राय नेपालको पुर्वीबजारीमा हुने कार्टलिङको मुख्य योजनाकार राजेन्द्र अग्रवाल नै हुने गरेको स्रोत बताउँदछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]