२० साउन २०८३, बुधबार
05-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा प्याब्सन केन्द्रीय कार्यसमितिको बैठक बस्ने

Logo

विराटनगर, माघ २०
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिको वैठक विराटनगरमा बस्ने भएको छ ।
विषेशगरी प्याबसनको केन्द्रीय कार्यालय काठमाडौंमा मात्र हुदै आएको कन्द्रिय कार्यसमितिको बैठक यसपालि भने विराटनगरमा हुन लागेको हो ।
विराटनगर स्थीत होटल इष्टर्नस्टारमा माघ २३ गते केन्द्रीय कार्यसमितिको वैठक बस्न लागको हो । त्यसको अघिल्लो दिन विराटनगरमै प्याब्सनको केन्द्रीय समितिको सचिवालय बैठक समेत बस्ने भएको छ ।
केन्द्रीय समितिको बैठकमा देशभारबाट नेतृत्व गर्दै आएका केन्द्रिय समितिका निर्वाचित पदाधिकारी, सल्लाहकार र कार्यसमितिका सदस्य गरी १ सय ५० जनाको सहभागित रहने छ ।
प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीका अनुसार कोभिड–१९ ले गर्दा निजी विद्यालयहरुमा पर्न गएको प्रभावको न्यूनिकरण कसरी गर्न सकिन्छ भन्नेमा बैठक केन्द्रित रहनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]