२४ मंसिर २०८२, मंगलबार
09-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

जागिर खोज्नेका लागी ‘कर्मशील डटकम’ सञ्चालनमा

Logo
प्रकाशित शनिबार, माघ २४, २०७७

बिराटनगर, माघ २४
बेरोजगारव्यक्तीहरुलाई लक्षित गदै उद्योग सङ्गठन मोरङले ‘कर्मशील डटकम’ जब पोर्टल सञ्चालनमा ल्याएको छ । इनसियोर परियोजनाको सहयोगमा माघ २२ बाट से पोर्टल सन्चालनमा आएको हो ।
सङ्गठनका अध्यक्ष भीम घिमिरेले उद्योग–प्रतिष्ठानले आवश्यक परेका कामदार र तिनको संख्याका साथै तिनमा हुनुपर्ने अनुभव, सीप, दक्षता, योग्यता बारेमा पोर्टलमा उल्लेख गर्न सक्ने बेवस्था रहेको बताए । त्यस्तै पोर्टलमा बेरोजगार व्यक्तिहरूले पनी आफ्नो अनुभव, सीप, दक्षता, योग्यता र सम्पर्क नम्बरसहित बायोडाटा इन्ट्रीगर्न सक्ने व्यबस्था रहेको घिमिरेले जानकारी गराए । यसरी यस पोर्टलले रोजगारदाता र बेरोजगारबीच पुलको भुमिका खेल्ने छ ।
नेपालमा दक्ष प्राविधिक जनशक्ति नभएकाले अन्यमुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यतालाई हटाउन यस्तो पोर्टलले सहयोगी गर्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]