०१ भाद्र २०८३, सोमबार
17-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रिसिभ बिल जारी गरी भ्याट छल्दै विराटनगरको रोयल मार्बल

Logo

विराटनगर , फागुन १०
विराटनगरको कन्चनबारीमा सञ्चालनमा रहेकोे रोयल मार्बलले मनी रिसिभ बिल जारी गरी व्यापक भ्याट छली गर्ने गरेको पाइएको छ । उक्त कम्पनीले मनी रिसिभका भरमा मार्बल र टायल्स बिक्री गर्ने र बिक्री भएको समानलाई हिसाब मिलानका नाममा न्यून भ्याटबिल प्रयोग गरी सरकारलाई राजस्व ठगी गर्ने गरेको पाइएको छ ।
रोयल मार्बलको सञ्चालकमा राजेशकुमार अग्रवाल, दिपेश तायल र अमित सिंघल रहेका छन् । उनीहरुले सो फर्म आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०७५ सालमा ६०६६१२८८१ नम्बरको भ्याटमा दर्ता गरी मार्बल र टायल्सको काम गर्दै आएको छन् ।

त्यसबाहेक पनि सो फर्मले विभिन्न फुजल खर्च देखाएर भ्याट मिलन गर्ने काम गरिरहेको स्रोतको भनाई छ । बिक्रि कम देखाएपछि उक्त फर्मले आयकर बापत राज्यलाई तिर्नुपर्ने राजस्व समेत घटौति भईरहेको छ । यसरी राजस्व भ्याट र आयकर छलेर उक्त फर्मले वर्षेनी करौडौं घपला गर्दै आएको स्रोत बताउँछ ।
यस अघि पनी राजस्व छलेको विवादमा पटक पटक मुछिएका यस मार्बल कम्पनीका संचलाकहरुलाई राज्यले ठाेस दण्ड जरिमाना गर्न नसक्दा उनीहरुकाे राजस्व छल्ने मनाेबल झनै बढ्दै गएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]