०५ माघ २०८२, आइतबार
18-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

रिसिभ बिल जारी गरी भ्याट छल्दै विराटनगरको रोयल मार्बल

Logo

विराटनगर , फागुन १०
विराटनगरको कन्चनबारीमा सञ्चालनमा रहेकोे रोयल मार्बलले मनी रिसिभ बिल जारी गरी व्यापक भ्याट छली गर्ने गरेको पाइएको छ । उक्त कम्पनीले मनी रिसिभका भरमा मार्बल र टायल्स बिक्री गर्ने र बिक्री भएको समानलाई हिसाब मिलानका नाममा न्यून भ्याटबिल प्रयोग गरी सरकारलाई राजस्व ठगी गर्ने गरेको पाइएको छ ।
रोयल मार्बलको सञ्चालकमा राजेशकुमार अग्रवाल, दिपेश तायल र अमित सिंघल रहेका छन् । उनीहरुले सो फर्म आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०७५ सालमा ६०६६१२८८१ नम्बरको भ्याटमा दर्ता गरी मार्बल र टायल्सको काम गर्दै आएको छन् ।

त्यसबाहेक पनि सो फर्मले विभिन्न फुजल खर्च देखाएर भ्याट मिलन गर्ने काम गरिरहेको स्रोतको भनाई छ । बिक्रि कम देखाएपछि उक्त फर्मले आयकर बापत राज्यलाई तिर्नुपर्ने राजस्व समेत घटौति भईरहेको छ । यसरी राजस्व भ्याट र आयकर छलेर उक्त फर्मले वर्षेनी करौडौं घपला गर्दै आएको स्रोत बताउँछ ।
यस अघि पनी राजस्व छलेको विवादमा पटक पटक मुछिएका यस मार्बल कम्पनीका संचलाकहरुलाई राज्यले ठाेस दण्ड जरिमाना गर्न नसक्दा उनीहरुकाे राजस्व छल्ने मनाेबल झनै बढ्दै गएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना […]

विराटनगर, पुष १३ । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।   छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र […]