०४ भाद्र २०८३, बिहिबार
20-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा परासर

Logo

विराटनगर,फागुन १३
विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा बिजेन्द्र परासर निर्वाचित भएका छन् ।
उनले प्रतिद्वन्दी प्रविण जोशीलाई १ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । कुल १७ मतदाताहरुले मतदान गरेकोमा परासरले ९ मत प्राप्त गरेका थिए ।
बुधबार विराटनगरमा सम्पन्न संघको चौथाै‌ अधिवेशनबाट परासर सहित ९ जना कार्यसमितिमा निर्वाचित भएका छन् । उक्त अधिवेशनबाट उपाध्यक्षमा सुर्दरशन दाहाल र हरी ठाकुर, कोषाध्यक्षमा बिनोद पैदार (निर्विराेध) , सचिबमा कृष्ण बहादुर थापा , सहसचिब दयानन्द मण्डल (निर्विराेध) का साथै सदस्यहरुमा भरत राज भट्टराई ,रमेश कर्ण , सुरेश अग्रवाल निर्वाचित भएका छन् । थप २ सदस्यहरु आगामी बस्ने कार्यसमिति बैठकले मनोनित गर्ने छ । त्यसैगरी नवल उपाध्यायलाई अध्यक्ष परासरले उपाध्यक्षमा मनाेनित गरेका छन् ।
जोशी र परासर दुबैले आआफ्नो प्यानल खडा गरी निर्वाचनमा भाग लिएका थिए । जसमा जोशी प्यानलबाट सचिबमा थापा र सदस्यमा भरत राज भट्टराई मात्र निर्वाचित भएका छन् ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]