१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कुन सक्कली कुन नक्कली ? स्वदेशकै उत्पादकहरुबिच चुलियो ट्रेडमार्क चोरीको विवाद

Logo

विराटनगर, फागुन १७
स्वदेशकै उत्पादकहरुले एकआर्काको ट्रेडमार्क चोर्न थालेपछि पछिल्लो समय नेपाली बजारमा कपीराईटको विवाद उत्पन्न भएको छ ।
उपभोक्तालाई झुक्याउने गरी नाम चालेको स्वदेशी कम्पनीसँग लोगो, इिजाईन एवं नाम समेत मिल्ने गरी स्वदेशकै केही कम्पनीहरुले आफ्ना उत्पादनहरु बजारमा विस्तार गरेपछि कपीराईटको विवादले उग्र रुप लिएको हो ।

यस्तै ट्रेडमार्क चोरीको विवाद अहिले “हेल्लो” र “सेल्लो” नाम गरेको दुई फरक सूर्यमुखी तेल कम्पनीहरुको बिच चलिरहेको छ ।
मोरङको कटहरीमा रहेको बागमति आयल इण्डस्ट्रिजले विगतको दुई दशकदेखि सेलो ब्राण्डको सूर्यमुखी तेल उत्पादन गरी नेपाली बजारमा बिक्रिवितरण गरिरहेको छ । सोही कम्पनीसँग ट्रेडमार्क, डिजाईन र नाम समेत मिल्दोजुल्दो हुनेगरी अहिले पशुपति खाद्यतेल उद्योगले हेलो ब्राण्डको तेल बजारमा ल्याएको छ ।
बागमति आयल ईण्डिट्रिजले २०५९ सालदेखि सेलो ट्रेडमार्क उद्योग विभागमा दर्ता गराई सूर्यमुखी तेलको उत्पादन गर्दै आएको छ । अर्कोतर्फ हेलो ब्राण्ड भने २०७१ सालमा मात्र रजिष्टर भएको पाईएको छ ।

कम्पनीको नाम डिजाईन र लोगो सबै चिज चोरी गरेको भन्दै पशुपति खाद्यतेल उद्योगको उत्पादन हेलो आयलविरुद्ध उद्योग विभागमा उजुर समेत परेको छ । पशुपति खाद्यतेल उद्योग नेपालका जनामान व्यापारीक समुह सारडा अन्तर्गत रहेको छ । उक्त उद्योग अमित सारडाले संचालन गरिरहेका छन् । यति ठुलो समुहमा जोडिएको उद्योगले अरुको ब्राण्ड चोरी गरेर उत्पादनहरु बजारमा विस्तार गरेपछि व्यापरी तथा उपोभोक्ता वृतमा अहिले सारडा गु्रपको आलोचना भईरहेको छ । सरडा गु्रपको अमित सारडा निर्देशक समेत हुन् ।

कसैले दशकौं मेहनत गरेर बनाएको कम्पनीको ब्राण्ड चोरी गरी नँया उत्पादन बजारमा बिस्तार गर्नु निष्ठानवान् उद्योगीको नैतिकता समेत होइन । कानुनः पनि कसैको ट्रेडमार्क चोरी गर्नु दण्डिनिय विषय हो । पेटण्ट डिजायन र ट्रेडमार्क ऐन २०२२मा अरुको कसैको नाममा दर्ता भएको ट्रडमार्क कानुनी रुपमा नामसारी नगरी प्रयोग गर्नु दण्डिनिय काम हुने उल्लेख गरेको छ । त्यसैगरी सोही ऐनमा अरु कम्पनीसँग लोगो र डिजाईन मिल्ने गरी कुनै पनि कम्पनीले ट्रेडमार्क प्रयोगमा ल्याउनुलाई गरैकानुनी भनेको छ ।

सोही प्रकारको विवाद “भोला” र “मौका” दुई फरक गुड्का उत्पादक विच समेत देखिएको छ । मौका गुड्काले भोला गुड्काको डिजाईन डिट्टो मिल्ने गरी चोरी गरेको आरोप छ । भोला गुड्का श्रीराम टोब्याको उद्योगाले बुटवलबाट उत्पादन गरीरहेको छ भने मौका गुट्का नारायणराज प्रडक्ट कम्पनीले झापाबाट उत्पादन गरीरहेको छ । भोला गुड्काले पनि आफ्नो ट्रडमार्क चोरी गर्ने उद्योगहरुको विरुद्ध मुद्दा दायार गर्ने तयारी गरिरहेको बुझिएको छ ।
यस बाहेकपनि नेपालमा स्वेदशीकै थुप्रै कम्पनीहरुले एकआर्काको ट्रेडमार्क चोरी गरीरहेको तर सरकारको अनुगमन निति फितलो भएको कारण उत्पादकहरुको ट्रर्डमार्क कपीराईटको अधिकार सुनिश्चित नभएको उद्योगीहरुको गुनासो छ ।
अब, उपोभोक्ताले नै चोर कम्पनीहरुको उत्पादनलाई बहिस्कार गरी कपीराईटको अधिकारलाई सुनिश्चित गराउनु जरुरी देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]