३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

शक्तिको आडमा उपभोक्ता ठग्दै दुगडको सेन्चुरी

Logo

विराटनगर २४ फागुन 
प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकार एव विराटनगरका उद्योगी मोतीलाल दुगडले शक्तिको दुरुपायोग गरेर कानुन विपरित भारतीय चर्चित भुजियाकोे हुबहु नक्कल गरेर उपभोक्ता झुक्याइ रहेका छन् ।

शक्तिको आडमा भारतीय विकानेर भूजिय कम्पनीको नक्कली सेन्चुरी स्पाइस एण्ड स्न्याक्सले भुजियाका तीन ब्राण्ड उपभोक्ता झुक्याउने गरि नेपाली बजारमा ल्याएका हुन ।

दुगडले मुङदाल, कुछकुछ र भुजियाको चारसय ग्रामको प्याकेटमा भारतीय उत्पादन विकानेरको हुबहु नक्कल गरेर प्याकेजिङ गराएका छन् । भारतिय ब्रण्डको उत्पादनको नक्कल गर्न माहिर दुगडले यसअघि पनि कुरकुरेलाई कुरमुरे भनेर नेपालमा बिक्री बितरण गरेका थिए ।

बजारमा किन्दा विकानेर र सेन्चुरी भनेर छुट्टाउन सकिदैन तर खादा स्वादमा फरक भएपछि मात्र प्याकेटमा ध्यान जनेगरेको उपभोक्ताहरुले बताउने गरेका छन् । उपभोक्ता झुक्कीने गरि उस्तै प्याकेट र नाम राखेर नक्कली उत्पादन बजारमा ल्याउनु उपभोक्तामाथिको ठाडो ठगी भएको उपभोक्तवादी संघसंस्थाको भनाई छ ।

मसलाबाट व्यवसायिक सफलता आर्जेका दुगडले भुजिया, अचार, शस र जामजेलीको समेत उत्पादन थालेका छन । सेन्चुरी स्पाइस एण्ड स्न्याक्स कम्पनीको नामबाट बजारमा आएका भुजियाको प्याकेटको डिजाइन भने हुबहु बिकानेरको जस्तो छ ।

ट्रेडमार्क कानुनले कुनैपनि उत्पादनको नक्कल गर्न पाइदैन । उद्योग राज्यमन्त्रि बनिसकेका दुगडले उद्योग विभागमा सहज पौच हुन सक्छ । अन्तर्राष्ट्रिय ब्राण्ड बनेको विकानेर भुजियाको नेपालमा ब्राण्ड दर्ता हुँदाहुँदै कसरी हुबहु दुगडको उत्पादन बजारमा आउछ ? भनेर विराटनगरका व्यवसायीहरुले प्रश्न गरेका छन् ।

पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०४४ मा परिच्छेद २ को ६ मा पहिले नै अरु कसैको नाममा दर्ता भएको, दरखास्तवालाले दर्ता गराउन चाहेको पेटेण्ट आफैंले आविष्कार नगरेको र आविष्कार गर्ने व्यक्तिबाट हक पनि प्राप्त नगरेको रहेछ भने खारेज गर्न सकिने प्रावधान रहेको छ ।

त्यसैगरि परिच्छेद ३ को १२ (२) मा यस ऐन बमोजिम कुनै व्यक्तिको नाममा दर्ता भएको डिजाइन अरु कसैले नक्कल गर्न वा नामसारी नगराई वा अनुमति नलिई आफ्नो वा अरुको नामबाट प्रयोग गर्न गराउन नपाउने प्रावधान रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]