१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

ट्रेडमार्क चोरलाई किन विभागले कारवाही गर्न सक्दैन ?

Logo

विराटनगर,चैत्र ४
कुनै पनि कम्पनीले अरु कम्पनीसँग लोगो र डिजाइन मिल्नेगरी ट्रेडमार्क प्रयोगमा ल्याउनु गरैकानुनी काम हो । तर नेपालका विभिन्न कम्पनीहरुले एकअर्काको ट्रेडमार्क चोरी गरिरहँदा पनि सरकारको अनुगमन नीति फितलो भएको कारण उत्पादकहरूको ट्रेडमार्क कपिराइटको अधिकार सुनिश्चित नभएको देखीन्छ ।

ट्रेडमार्क प्रयोग बारे अनुगमन तथा नियमन गर्ने सरकारी निकाय उद्योग विभाग समेत उक्त विषयमा मौन भईदिदा अहिले जथाभावी ट्रेडमार्क चोरी गर्नेले प्रसय पाएका छन् । अनुगमन गर्ने विषय त टाढै भयो, उत्पादकले ट्रेडमार्क चोरी भएको उजुर गर्दा समेत उद्योग विभागले चोरी गर्ने उद्योगविरुद्ध कारवाही अगाडि बढाउन सकेको छैन् । विभागमा परेको उजुरको समयमै छिनोफानो नहुदा अहिले ट्रेडमार्क चोरी भएका उत्पादकहरु मार्कामा परिरहेका छन् ।

पछिल्लो समय ट्रेडमार्क चोरीको विवादमा ‘हेल्लो’ र ‘सेल्लो’ नाम गरेको दुई फरक सूर्यमुखी तेल कम्पनीहरूको बीचमा व्यापकरूपमा युद्ध चलिरहेको छ । बागमती आयल इन्डस्ट्रिजले २०५९ सालदेखि ‘सेल्लो’ ट्रेडमार्क उद्योग विभागमा दर्ता गराई सूर्यमुखी तेलको उत्पादन गर्दै आएको छ । अर्कोतर्फ ‘हेल्लो’ ब्राण्ड भने २०७१ सालमा मात्र उद्योग विभागमा रजिस्टर भएको पाईएको छ । यो ट्रेडमार्क चोरीको मुद्दा उद्योग विभागमा पुगेको करिब दुई वर्ष बढी भईसक्दा समेत सरकारी पक्षबाट खासै ध्यान नदिँदा अर्को उद्योगले करोडौँको नोक्सानी व्यहोर्नुपरेको छ ।

सोही प्रकारको विवाद “भोला” र “मौका” दुई फरक गुड्का उत्पादक विच समेत देखिएको छ । मौका गुड्काले भोला गुड्काको डिजाईन डिट्टो मिल्ने गरी चोरी गरेको आरोप छ । भोला गुड्का श्रीराम टोब्याको उद्योगाले बुटवलबाट उत्पादन गरीरहेको छ भने मौका गुट्का नारायणराज प्रडक्ट कम्पनीले झापाबाट उत्पादन गरीरहेको छ । भोला गुड्काले पनि आफ्नो ट्रडमार्क चोरी गर्ने उद्योगहरुको विरुद्ध मुद्दा दायार गर्ने तयारी गरिरहेको बुझिएको छ ।
यस बाहेकपनि नेपालमा स्वेदशीकै थुप्रै कम्पनीहरुले एकआर्काको ट्रेडमार्क चोरी गरीरहेको तर सरकारको अनुगमन निति फितलो भएको कारण उत्पादकहरुको ट्रर्डमार्क कपीराईटको अधिकार सुनिश्चित नभएको उद्योगीहरुको गुनासो छ ।

त्यस्तै प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकार एवं विराटनगरका उद्योगी मोतीलाल दुगडले समेत भारतीय चर्चित भुजियाकोे हुबहु नक्कल गरेर उपभोक्ता झुक्याइ रहेका पाईएको छ । दुगडले भारतीय “विकाजी” भूजियासँग डिजाईन र लोगो मेल खाने गरी नेपालमा “सेन्चुरी” ब्राण्डको भूजिया उत्पादन तथा विक्रि वितरण गर्दै आएको छ । हेर्दा उस्तै देखिने भएकाले पनि धेरै पटक झुकिने गरेको उपभोक्ताहरुको गुनासो छ । शक्तिको आडमा भारतीय विकाजी भूजियाको नक्कल गरी दुगडले सेन्चुरी ब्राण्डका विभिन्न प्रकारका बुजियाहरु नेपाली बजारमा बेचबिखन गरिरहेका छन् ।

ट्रेडमार्क कानुन अनुसार कुनैपनि उत्पादनको नक्कल गर्न पाइदैन । उद्योग राज्यमन्त्रि बनिसकेका दुगडले उद्योग विभागमा भएको सहज पहुचका कारण उनी कानुनबाट सहजै उम्कीने गरेका छन् ।
पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०४४ मा परिच्छेद २ को ६ मा पहिले नै अरु कसैको नाममा दर्ता भएको, दरखास्तवालाले दर्ता गराउन चाहेको पेटेण्ट आफैंले आविष्कार नगरेको र आविष्कार गर्ने व्यक्तिबाट हक पनि प्राप्त नगरेको रहेछ भने खारेज गर्न सकिने प्रावधान रहेको छ ।

त्यसैगरि परिच्छेद ३ को १२ (२) मा यस ऐन बमोजिम कुनै व्यक्तिको नाममा दर्ता भएको डिजाइन अरु कसैले नक्कल गर्न वा नामसारी नगराई वा अनुमति नलिई आफ्नो वा अरुको नामबाट प्रयोग गर्न गराउन नपाउने प्रावधान रहेको छ ।

अब, उपोभोक्ताले नै चोर कम्पनीहरुको उत्पादनलाई बहिस्कार गरी कपीराईटको अधिकारलाई सुनिश्चित गराउनु जरुरी देखिएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]