०३ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

ट्याङकर चालकलाई दोषी देखाएर पम्प संचालकलाई उन्मुक्ति दिने काम नहोस्

Logo

 

 

विराटनगर, चैत १२
नेपालमा नियमनकारी निकायको ध्यान नजाँदा पट्रोलियम पदार्थको नेपालबाट भारततर्फ निर्वाध रुपमा तस्करी हुने गरेको छ । यसरी तस्करी गर्नेलाई सहज बनाईदिने काम नेपाल आयल निगम विराटनगर र अधिकांश पेट्रोल पम्प संचालकबाट भइरहेको छ । नेपालमा पट्रोल ११६ रुपैया प्रति लिटर र डिजल ९९ रुपैया प्रती लिटरमा पाईन्छ तर भारतमा पेट्राल १३५ रुपैयाप्रति लिटर र डिजल १२५ रुपैया प्रति लिटर पर्दछ । यसलाई हेर्दा नेपालबाट भारततर्फ पट्रोलीयम पदार्थको तस्करी हूने गरेको कुरालाई कसैले अस्विकार गर्न सक्दैन ।

भारतसँग सिमा जोडीएको नेपाली भुभागमा पट्रोलपम्पहरु खुलीरहेका छन् र खुल्ने क्रमतिव्र रुपमा बढीरहेको छ । पट्रोलपम्प संचालनको लागी अनुमती दिनु अगाडी जहाँ पट्रोल पम्प संचालन गरिन्छ त्यसले कती क्षेत्रफलमा रहेको घर परिवारको सवारी साधनलाई पट्रोलीयम पदार्थ उपलब्ध गराउन सक्छ त्यसतर्फ गृयकार्य गरी पम्प संचालनको अनुमती दिने काम गर्नु पर्नेमा त्यसतर्फ ध्यान जान नसक्दा व्यवसायीहरुले आफुलाई तस्करी गर्न पायक पर्ने ठाँउमा पम्प संचालन गरी रहेका छन् ।

विराटनगर महानगरपालीका भित्र मात्रै १४ भन्दा बढी पट्रोल पम्पहरु छन् । लकडाउनको समयमा त नेपालका सवारी साधनहरु संचालनमा त आएका थिएनन् तर पट्रोलियम पदार्थ आउने काम रोकिएको थिएन । सवारी साधन नचलाए पनी पट्रोलियम पदार्थको खपत धेरै कसरी भयो यसतर्फ न त आयल निगमले ध्यान दिएको पाइयो न स्थानीय प्रशासनबाट नै ध्यान दिइयो । यसले गर्दा पट्रोलियम पदार्थको तस्करी गर्नेहरुलाई लकडाउनको समय स्वर्ग युगको समय भएको थियो ।
नेपालका उद्योगलाई चाहिने कच्चा पदार्थ लिई आएका मालबाहक सवारी साधनले भारततर्फ फर्कने क्रममा फुल ट्याङ्की पट्रोलियम पदार्थ हालेर भारत तर्फ जाने गरेका छन् ।

भारतबाट नेपाल आउँदा यहाँको उद्योग सम्मपुग्ने जती पट्रोलियम पदार्थ भरेर मालबाहक सवारी साधन आउँदैनन् ।

भारतबाट आउँदा नेपालको नजीक रहेको पट्रोल पम्मसम्म आइपुग्ने पट्रोलियम पदार्थ भरेर आउँछन् अनी बाँकी पट्रोलियम पदार्थ भर्ने गरेका छन् । पट्रोल पम्पले पनि गाडिधानीले मागे बमोजिम ईन्धन दिने गरेका छन् । जवकी नेपाल देखी खाली जाने भारतीय मालबाहक सवारी साधन र अन्य सवारी साधनलाई भारतीय पट्रोल पम्पसम्म पुग्ने पट्रोलियम पदार्थ भर्ने अनुमती दिने र त्यसको लागी सिमित पट्रोल पम्पलाई मान्यता दिई कोटा तोकी दिएको भए अनाधिकृत रुपमा भारततर्फ पट्रोलियम पदार्थको तस्करी हुने थिएन ।
चैत १ गते, ट्याङ्कर लकीङ गर्ने क्रममा नेपाल आयल निगम विराटनगरबाट ५९१२ नम्वरको ट्याङकार २ हजार ३ सय ६० लिटर डिजल फेला परेको घटनाले पनि नेपालको पुर्वी क्षेत्रमा फट्याएको तेल तस्करीको धन्धालाई प्रतिनिधित्व गर्दछ । नेपालबाट ट्याङकर भारत पठाउदा ट्याङकर पुर्णरुपमा रिक्त गरिनु पर्ने निगम प्रावधान छ ।
यो सयद पहिलो होइन निजले यो भन्दा अगाडि पनी यसैगरी तेल तस्करी गर्दै लागेको हुनुपर्छ । निगममा सायद लक लगाउने मानिस परिवतन भएको कारण यो घटना बहिर आएको हो । किनेभने कार्मचारीसँग मिलेमतो विना देखादेखि ट्याङकरमा अढाई हजार लिटर तेल भरेर लक लगाउने हिम्मत कुनै पनि ट्याङकर संचालकले गर्न सक्दैन् ।
जुन पम्पमा उक्त ट्याङकर मार्फत तेल अनलोड गराइयो उक्त पम्प संचालकको पनि यसमा दोष छ । ट्याङकरबाट तेल आएको पम्पमा गिराउँदा पम्प संचालकबाट हेरिन्छ तर यहाँ हेरीएन । यसमा विषयमा अनुसन्धान गर्दा निगमका कर्मचारी, ट्याङकरका चालक तथा पम्प संचालकको गतिविधि पनि सुक्ष्म रुपमा हेर्नुपर्ने जरुरी देखिन्छ ।
प्रहरीले ट्याङकर चालक र ट्याङ्करलाई नियन्त्रणमा लिएको कुरालाई सर्वजनिक गरेको छ । यसलाई हेर्दा पट्रोलियम पदार्थको तस्करी हुनुमा निगमका जिम्मेवार ब्यक्ति, पम्प संचालक र ट्याङ्कर संचालक दोष छन् । ट्याङ्कर चालकलाई दोष देखाई अरुलाई उन्मूक्ति दिनु हुँदैन ।
पक्राउ परेको ट्यांकर चालक दलका २६ वर्षीय मोहम्मद सजाद र २१ वर्षका इमरोज आलमले प्रहरीलाई दिएको बयान अनुसार उक्त ट्यांकरमा मोरङको बुढीगङ्गगा गाउँपालिका–४ निमुवास्थित नीतेश ट्रेड नामको पम्पले डिजल भरेको थियो । उक्त पम्पको संचालक महेशकुमार अग्रवालले प्रतिलिटर २ रुपैयाँ बढी लिएर डिजल भरेको चालक दलको बयान छ । तेलसहित पक्राउ परेको ट्याङकर, ढुवानी व्यवसायी संघका सचिव चरणप्रित सिंहको भएको खुलेको छ । सिंह भने हाल फारर छन् ।
विभिन्न संचार माध्यममा आएको समाचारका अनुसार तेल तस्करी गर्ने गृरोहले च्यानलनै खडा गरी लामो समयदेखि तेल तस्करी गर्दै आएका छन् । सो गृरोहमा संलग्न को को छन् ? सबैको बारेमा सुक्ष्म अनुसन्धान गर्ने जरुरी छ ।

यस विषयमा खबरदारी जारी रहेने छ : जनचर्चा डट कम 

(दिपक ढकालबाट प्राप्त भएकाे याे लेख जनचर्चा डटबाट सम्पादन भएकाे छ। )

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना […]

विराटनगर, पुष १३ । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।   छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र […]