३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

ट्याङकर चालकलाई दोषी देखाएर पम्प संचालकलाई उन्मुक्ति दिने काम नहोस्

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

 

 

विराटनगर, चैत १२
नेपालमा नियमनकारी निकायको ध्यान नजाँदा पट्रोलियम पदार्थको नेपालबाट भारततर्फ निर्वाध रुपमा तस्करी हुने गरेको छ । यसरी तस्करी गर्नेलाई सहज बनाईदिने काम नेपाल आयल निगम विराटनगर र अधिकांश पेट्रोल पम्प संचालकबाट भइरहेको छ । नेपालमा पट्रोल ११६ रुपैया प्रति लिटर र डिजल ९९ रुपैया प्रती लिटरमा पाईन्छ तर भारतमा पेट्राल १३५ रुपैयाप्रति लिटर र डिजल १२५ रुपैया प्रति लिटर पर्दछ । यसलाई हेर्दा नेपालबाट भारततर्फ पट्रोलीयम पदार्थको तस्करी हूने गरेको कुरालाई कसैले अस्विकार गर्न सक्दैन ।

भारतसँग सिमा जोडीएको नेपाली भुभागमा पट्रोलपम्पहरु खुलीरहेका छन् र खुल्ने क्रमतिव्र रुपमा बढीरहेको छ । पट्रोलपम्प संचालनको लागी अनुमती दिनु अगाडी जहाँ पट्रोल पम्प संचालन गरिन्छ त्यसले कती क्षेत्रफलमा रहेको घर परिवारको सवारी साधनलाई पट्रोलीयम पदार्थ उपलब्ध गराउन सक्छ त्यसतर्फ गृयकार्य गरी पम्प संचालनको अनुमती दिने काम गर्नु पर्नेमा त्यसतर्फ ध्यान जान नसक्दा व्यवसायीहरुले आफुलाई तस्करी गर्न पायक पर्ने ठाँउमा पम्प संचालन गरी रहेका छन् ।

विराटनगर महानगरपालीका भित्र मात्रै १४ भन्दा बढी पट्रोल पम्पहरु छन् । लकडाउनको समयमा त नेपालका सवारी साधनहरु संचालनमा त आएका थिएनन् तर पट्रोलियम पदार्थ आउने काम रोकिएको थिएन । सवारी साधन नचलाए पनी पट्रोलियम पदार्थको खपत धेरै कसरी भयो यसतर्फ न त आयल निगमले ध्यान दिएको पाइयो न स्थानीय प्रशासनबाट नै ध्यान दिइयो । यसले गर्दा पट्रोलियम पदार्थको तस्करी गर्नेहरुलाई लकडाउनको समय स्वर्ग युगको समय भएको थियो ।
नेपालका उद्योगलाई चाहिने कच्चा पदार्थ लिई आएका मालबाहक सवारी साधनले भारततर्फ फर्कने क्रममा फुल ट्याङ्की पट्रोलियम पदार्थ हालेर भारत तर्फ जाने गरेका छन् ।

भारतबाट नेपाल आउँदा यहाँको उद्योग सम्मपुग्ने जती पट्रोलियम पदार्थ भरेर मालबाहक सवारी साधन आउँदैनन् ।

भारतबाट आउँदा नेपालको नजीक रहेको पट्रोल पम्मसम्म आइपुग्ने पट्रोलियम पदार्थ भरेर आउँछन् अनी बाँकी पट्रोलियम पदार्थ भर्ने गरेका छन् । पट्रोल पम्पले पनि गाडिधानीले मागे बमोजिम ईन्धन दिने गरेका छन् । जवकी नेपाल देखी खाली जाने भारतीय मालबाहक सवारी साधन र अन्य सवारी साधनलाई भारतीय पट्रोल पम्पसम्म पुग्ने पट्रोलियम पदार्थ भर्ने अनुमती दिने र त्यसको लागी सिमित पट्रोल पम्पलाई मान्यता दिई कोटा तोकी दिएको भए अनाधिकृत रुपमा भारततर्फ पट्रोलियम पदार्थको तस्करी हुने थिएन ।
चैत १ गते, ट्याङ्कर लकीङ गर्ने क्रममा नेपाल आयल निगम विराटनगरबाट ५९१२ नम्वरको ट्याङकार २ हजार ३ सय ६० लिटर डिजल फेला परेको घटनाले पनि नेपालको पुर्वी क्षेत्रमा फट्याएको तेल तस्करीको धन्धालाई प्रतिनिधित्व गर्दछ । नेपालबाट ट्याङकर भारत पठाउदा ट्याङकर पुर्णरुपमा रिक्त गरिनु पर्ने निगम प्रावधान छ ।
यो सयद पहिलो होइन निजले यो भन्दा अगाडि पनी यसैगरी तेल तस्करी गर्दै लागेको हुनुपर्छ । निगममा सायद लक लगाउने मानिस परिवतन भएको कारण यो घटना बहिर आएको हो । किनेभने कार्मचारीसँग मिलेमतो विना देखादेखि ट्याङकरमा अढाई हजार लिटर तेल भरेर लक लगाउने हिम्मत कुनै पनि ट्याङकर संचालकले गर्न सक्दैन् ।
जुन पम्पमा उक्त ट्याङकर मार्फत तेल अनलोड गराइयो उक्त पम्प संचालकको पनि यसमा दोष छ । ट्याङकरबाट तेल आएको पम्पमा गिराउँदा पम्प संचालकबाट हेरिन्छ तर यहाँ हेरीएन । यसमा विषयमा अनुसन्धान गर्दा निगमका कर्मचारी, ट्याङकरका चालक तथा पम्प संचालकको गतिविधि पनि सुक्ष्म रुपमा हेर्नुपर्ने जरुरी देखिन्छ ।
प्रहरीले ट्याङकर चालक र ट्याङ्करलाई नियन्त्रणमा लिएको कुरालाई सर्वजनिक गरेको छ । यसलाई हेर्दा पट्रोलियम पदार्थको तस्करी हुनुमा निगमका जिम्मेवार ब्यक्ति, पम्प संचालक र ट्याङ्कर संचालक दोष छन् । ट्याङ्कर चालकलाई दोष देखाई अरुलाई उन्मूक्ति दिनु हुँदैन ।
पक्राउ परेको ट्यांकर चालक दलका २६ वर्षीय मोहम्मद सजाद र २१ वर्षका इमरोज आलमले प्रहरीलाई दिएको बयान अनुसार उक्त ट्यांकरमा मोरङको बुढीगङ्गगा गाउँपालिका–४ निमुवास्थित नीतेश ट्रेड नामको पम्पले डिजल भरेको थियो । उक्त पम्पको संचालक महेशकुमार अग्रवालले प्रतिलिटर २ रुपैयाँ बढी लिएर डिजल भरेको चालक दलको बयान छ । तेलसहित पक्राउ परेको ट्याङकर, ढुवानी व्यवसायी संघका सचिव चरणप्रित सिंहको भएको खुलेको छ । सिंह भने हाल फारर छन् ।
विभिन्न संचार माध्यममा आएको समाचारका अनुसार तेल तस्करी गर्ने गृरोहले च्यानलनै खडा गरी लामो समयदेखि तेल तस्करी गर्दै आएका छन् । सो गृरोहमा संलग्न को को छन् ? सबैको बारेमा सुक्ष्म अनुसन्धान गर्ने जरुरी छ ।

यस विषयमा खबरदारी जारी रहेने छ : जनचर्चा डट कम 

(दिपक ढकालबाट प्राप्त भएकाे याे लेख जनचर्चा डटबाट सम्पादन भएकाे छ। )

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्। यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत […]