२८ आषाढ २०८३, आइतबार
12-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

स्वदेशी बाईक “पी-जिराे” सार्वजनिक । मुल्य : साढे १९ लाख

Logo

काठमाडौं, वैशाख १२
नेपालमा बनेका दुई विद्युतीय (इलेक्ट्रीक) बाईक सार्वजनिक भएको छ ।

बाईक निर्माता कम्पनी यात्री मोटरसाईकलले दुई भेरियन्टका इलेक्ट्रीक बाईकहरु नेपाली बजारमा सार्वजनिक गरेको हो । सो कम्पनीले यात्री पी जिरो ( प्राजेक्ट जिरो ) र पी वान् (प्रोजेक्ट वान्) भेरियन्टका बाईकहरु शुक्रबार सार्वजनिक गरेको छ ।

पी जिरो माटरसाइकलले केवल २.५ सेकेन्डमा नै शुन्यदेखि ६० किलोमिटरको स्पीड भेटाउन सक्ने कम्पनीले जनाएको छ । १४० किलोमिटर प्रतिघन्टाको गतिमा दगुर्न सक्ने पी जिरोको क्षमता रहेको छ । यसको इलेक्ट्रिक मोटर ६४ एचपीको भएको कम्पनीले जनाएको छ । पी जिरो मोटरसाइकलमा ८ किलोवाट क्षमताको लिथियम आयोन व्याट्री प्रयोग गरिएको छ । जसलाई दुई घन्टामा फुल चार्ज गर्न सकिनेछ । पी जिरोले सिंगल चार्जमा २३० किलोमिटर यात्रा गर्न सक्दछ । यात्री पि जिरोको मूल्य १९ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै आर्को भेरियन्ट यात्री पि वानको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको छ । पी वानमा १७ इन्चको टायर प्रयोग गरिएको छ । यसले सिंगल चार्जमा ११० किलोमिटर माइलेज दिने बताईएको छ । यात्री पी वान बाईकको मूल्य ४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]