०४ साउन २०८३, सोमबार
20-07-2026 , Mon
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

करेन्ट चाउचाउको कार्टुनभित्र स्रोत नखुलेको ५० लाख

Logo

विराटनगर, पुष १८
करेन्ट चाउचाउको कार्टुनभित्र ५०लाख रुपैयाँ लुकाईछिपाई गरि विराटनगरबाट काठमाडौं पु¥याउने कार्यमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो विराटनगरबाट काठमाडों आएको एक जहाजमा उक्त स्रोत नखुलेको रकमसहित ति महिला प्रकाउ परेकी हुन् । पक्राउ परेकी महिला सौर्य एयरलाईन्सकी कर्मचारी रेखा शाक्य पोखरेल रहेको बुझिएको छ । उनी एयरलाइन्सको असिस्टेन्टको रुपमा कार्यरत रहेकी छिन् ।

प्रहरीले पाएको गोप्य सूचनाको अधारमा शनिवार दिउसो विराटनगरबाट त्रिभुवन विभानस्थल काठमाडौं ओर्लिएकी शक्याको रातो रंगको ब्याग चेकजाँच गर्दा उक्त ब्याग भित्र लुकाई छिपाई राखेको नगद बरामद भएको थियो ।

झोलाभित्र करेन्ट चाउचाउ लेखिएको कार्टुनभित्रको सो रकम भन्सार उद्घोष भएको नपाइएको प्रहरीको भनाइ छ । पक्राउ परेकी शाक्यलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पठाइएका छ ।

प्रहरीले हालसम्म शुराकको रुपमा करेन्ट चाउचाउको कार्टुन मात्र फेला पारेको छ । पुर्वक्षेत्रमा राम्रो बजारपकड बनाएको करेन्ट चाउचाउ र उक्त स्रोेत नखुलेको रकमको बिच कुनै कनेक्सन छ वा छैन भन्ने विषयमा थप अनुसन्धान हुन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जस  । नेपालकै पहिलो उद्योग वाणिज्य संघ मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक संस्था इन्टरनेशनल चेम्बर अफ कमर्श (आईसीसी) अन्तर्गत उपलब्ध हुने विश्वस्तरीय सेवा, सुविधा र नेटवर्कमा भर्खरै मात्र पूर्ण पहुँच पाएको छ । संघले सन् २०२५ देखि नै आईसीसीको सदस्यता प्राप्त गरे पनि सोअन्तर्गतका वास्तविक सुविधा र अवसरहरु उपयोग गर्ने बाटो भने भर्खरै […]

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]