२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

छोराको बिवाहको सपिङ गर्न सरकारी गाडीको प्रयोग

Logo

विराटनगर, माघ ११
छोराको बिहेको सपिङको लागी सरकारी गाडी दुरुपयोग गरेकी मोरङको कटहरी गाउँपालिकाकी उपप्रखुख मन्जिताकुमारी सरदारको यतिवेला व्यापक आलोचना भईरहेको छ ।

सरदार सोमबार गाँउपालिकाको गाडी लिएर सपिङका लागी जोगवनी (भारत) पुगेकी थिईन् । सिमाक्षेत्रका सक्रिय अभियानताहरुले उक्त सरकारी गाडीमा आधा दर्जनभन्दा बढी सपिङ ब्यागहरु लोड गरिएको तस्बीर सार्बजनिक गरेपछि सरकारी गाडी दुरुपयोगको विषयले चर्चा पाएको थियो ।

उपप्रमुख सरदारले आफ्नो ठूलो छोराको विवाह भएको कारण सामान किन्न जोगवनी गएको स्वीकार समेत गरिसकेकी छिन् ।
उपप्रमुखकी दिदीको छोरा सुरज सरदारको आउँदो माघ १८ गते हुने तय भएको छ । सोही बिवाहको प्रयोजनको लागी दुई महिनादेखि उपप्रमुख सरदारले सरकारी गाडीको दुरुपयोग गर्दै आएको स्रोतले बताएको छ । उपप्रमुखले प्रयोग गर्दै आएको गाडी गाँउपालिकाको कामकाजको लागी भन्दा सपिङ तथा नातेदारलाई घुमाउन फिराउन प्रयोग हुने गरेको समेत जानकारी प्राप्त भएको छ ।

याे पनि पढ्नुहाेस् : सरकारी गाडिमा कलर–कोड लागु गर्ने कि नगर्ने ?

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]