०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

छोराको बिवाहको सपिङ गर्न सरकारी गाडीको प्रयोग

Logo

विराटनगर, माघ ११
छोराको बिहेको सपिङको लागी सरकारी गाडी दुरुपयोग गरेकी मोरङको कटहरी गाउँपालिकाकी उपप्रखुख मन्जिताकुमारी सरदारको यतिवेला व्यापक आलोचना भईरहेको छ ।

सरदार सोमबार गाँउपालिकाको गाडी लिएर सपिङका लागी जोगवनी (भारत) पुगेकी थिईन् । सिमाक्षेत्रका सक्रिय अभियानताहरुले उक्त सरकारी गाडीमा आधा दर्जनभन्दा बढी सपिङ ब्यागहरु लोड गरिएको तस्बीर सार्बजनिक गरेपछि सरकारी गाडी दुरुपयोगको विषयले चर्चा पाएको थियो ।

उपप्रमुख सरदारले आफ्नो ठूलो छोराको विवाह भएको कारण सामान किन्न जोगवनी गएको स्वीकार समेत गरिसकेकी छिन् ।
उपप्रमुखकी दिदीको छोरा सुरज सरदारको आउँदो माघ १८ गते हुने तय भएको छ । सोही बिवाहको प्रयोजनको लागी दुई महिनादेखि उपप्रमुख सरदारले सरकारी गाडीको दुरुपयोग गर्दै आएको स्रोतले बताएको छ । उपप्रमुखले प्रयोग गर्दै आएको गाडी गाँउपालिकाको कामकाजको लागी भन्दा सपिङ तथा नातेदारलाई घुमाउन फिराउन प्रयोग हुने गरेको समेत जानकारी प्राप्त भएको छ ।

याे पनि पढ्नुहाेस् : सरकारी गाडिमा कलर–कोड लागु गर्ने कि नगर्ने ?

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]