०६ चैत्र २०८०, मंगलबार
19-03-2024 , Tue

सरकारी गाडिमा कलर–कोड लागु गर्ने कि नगर्ने ?

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

✍ दिनेश खड्का
विराटनगर, कार्तिक १४

सरकारी गाडिहरु दुरुपयोग भएका घटनाहरु पटकौ पटक बाहिर आईसकेका छन् । तर यस्ता कुरा जती बाहिर आएपनि निति निर्माताहरुले, सरकारी सवरीको दुरुपयोगलाई रोक्ने गरी अहिले सम्म ठोस् निति नियम बनाएका छैनन् ।

दरिलो निति नियम नभएकै कारण अहिले पनि उच्च औधाका सरकारी कर्मचारहरुले सरकारी गाडिको व्यापक दुरुपयोग गरिनै रहेका छन् । हाकिमको श्रीमतीलाई सपिङ गराउनदेखि पिकनिक पार्टि एवं विवाह बर्तवन्धमा समेत सरकारी गाडि प्रयोग हुँदै आएको प्रसश्तै देख्न सकिन्छ । सेतो पेल्टको गाडिबाट निस्कएर सपिङ मल र सिनेमा हलतिर पस्दै गरेको समेत दृश्यहरु बजारमा बेला बेला देख्न पाईन्छ । हकिमका बालबच्चालाई स्कुल जान हतार हुँदा सरकारी कामकाज छोडेरै भए पनि स्कुलतिर पु¥याउनु पर्ने केही सरकारी गाडि चालकहरुको बाध्यता रहेको छ ।

आजभोली विभिन्न दलको सभा सम्मेलन तथा बैठकमा समेत पार्टिको झुण्डाएर सरकारी गाडी पुगिरहेको हुन्छ । नेतालाई एयरपोर्टमा पिकअप गर्नदेखि ड्रप गर्न समेत विभिन्न सरकारी अड्डाका गाडीहरु प्रयोग हुदै आएको छ । सरकारी गाडि भनेको प्राईभेट सम्पत्ति होईन, सरकारी सम्पतिमा जनताको लगानी हुन्छ, तर जनताको आँखै अगाडि जनतकै लगानी दुरुपयोग भईरहदाँ पनि हामी सोझासाँझा जनता ट्वाँ परेर हुर्न बाहेक केहि गर्न सक्दैनौं ।

विषेशगरी मन्त्रालयका सचिवस्तरका कर्मचारीलाई सरकारले प्रधान गरेको गाडि दोईजोमा पाएको सम्पत्ति जस्तै नै भएको छ । श्रीमतीलाई माईत पु¥याउनदेखि, छोराछोरीलाई फनपार्क पु¥याउनसम्म सरकारी गाडिकै प्रयोग गरिरहेका हुन्छन् । दैशंमा टिका लागउन ससुराली जादाँ त, सेतो पेल्टको गाडिले ज्वाईको प्रस्नालेटि झल्काईरहेको हुन्छ । अझ, देश संघियातामा गएसँगै सरकारी गाडिको दुरुपयोग सिहंदरवार, संघ, प्रदेश र स्थानीय तह हुँदै राष्ट्रय समस्याको विषय बनेको छ ।

सरकारी सवारी साधन र निजी सवारी साधन दुरुस्तै उस्तै देखिने भएकाले नेपालमा सरकारी सवारीहरुको व्यापक दुरुपयोग हुने गरेको छ । सरकारी गाडि र निजी गाडिमा पेल्टको रंग बाहेक अरु केहि पनि अन्तर हुँदैन । त्यस्र्थ अब सरकारी गाडिहरुमा समेत निश्च्ति कुनै रंग पोत्नु जरुरी देखिएको छ । सरकारी गाडी परैबाट देख्दा खेर जस्तौ सुकैले पनि “यो त सरकारी गाडि पो हो” भन्ने गरी चिन्न सक्नु पर्छ ।

निश्चित रंगसहित सरकारी गाडिहरुमा कार्यलयको नाम लेख्ने व्यवस्था लागु गरे, हत्तपत हाकिमहरुले सरकारी गाडिलाई निजि प्रयोजनको लागी उपयोग गर्ने आँट गर्दैनन् । जस्तो नेपाल प्रहरी, शसस्त्र प्रहरीको गाडिहरुमा निश्चित रंग र कार्यलयको नाम लेखिएको हुन्छ, त्यसैगरी अन्य सरकारी कार्यलयको गाडिमा समेत निश्चित रंग लागाईनु पर्ने र कार्यलयको नाम समेत लेखिनु पर्ने जरुरी देखिएको छ ।

अझ, सरकारी गाडिमा चढ्ने व्यक्तिले अनिवार्य सरकारी पोशाक लगाउनु पर्ने वा पारिचयपत्र भिर्नु पर्ने व्यवस्था लागु भए सरकारी सावारीको दुरुपयोग अधिक्तम रोकिने थियो । त्यसो गरेको खण्डमा असवंन्धित व्यक्तिले सरकारी गाडिको प्रयोग गर्न पाउदैन थिए ।
हुनत कर्मचारीतन्त्र नेपालमा निकै नै बलियो भएको कारणले गर्दा पनि होला, कर्मचारीले गरको दुरुपयोगको विषयमा बोल्ने कोही नेता भएनन् । के सरकारी गाडि दुरुपयोगलाई नियन्त्रण गर्ने गरी नियम कानुन बनाउने कोही माईका–लाल जन्मिएको छ ? जनता जान्न चाहन्छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

निरज बस्नेत भदाै १८ “आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार।” यहि स्टाटस हालेर बालेन शाह एकाएक पुनस् एकपटक भाइरल भएका छन् । उनको यो स्टाटसमा रातारात लाखौंको संख्यामा लाइक, कमेन्ट अनि शेयर आएको छ । यो पाली मात्र नभएर, यस्ता (यस्ता […]

✍मनु बुढाथोकी काठमाडौं, फागुन २ जनयुद्ध कालको स्मरण गर्दा स्कुले जिवन- कलिलो बाल मस्तिष्क अनि घर बाट पैदल लगभग ३० मिनेटको दुरीमा रहेको हाइ – स्कुलको याद आउछँ । त्यो बेला उदेयपुरमा स्कुल जांदा आउंदा आफ्ना टाउको माथिबाट डुडुडुडु गर्दै उडेका हेलिकप्टरका आवाजले यति त्रसित बनाउथ्यो कि,सोच्दा पनि यस्तो लाग्छ त्यो बाल मष्तिस्क भित्र कति […]

निरज बस्नेत विराटनगर, माघ ११ आफैलाई आगो लगाएर आफैलाई मार्नुसम्मको यो हदसम्मको काम कुनैपनि व्यक्तिले त्यतिकै पटक्कै गर्देन । यसमा धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । इलाम जिल्ला सूर्योदय नगरपालिकाका प्रेम आचार्यले संसद भवन अगाडी मंगलवार आफ्नै शरीरमा आफैलाई आगो लगाएँ । उसलाई बचाउँन धेरैले प्रयास गरे । कतिले पानी छर्के । कतिले कपडा […]