२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

तत्काल नेप्से उकालो लाग्ने आधार छैन

चैत मसान्तपछि मात्र सेयर बजारमा सुधार आउने प्रक्षेपण
Logo

दिनेश खड्का

विराटनगर, चैत २
करिब डेढ महिनादेखि आरोलो लागिरहेको सेयर बजार बिच बिचमा उठ्न कोशिस गरेतापिन, फेरी ओरोला झर्ने क्रमले तिब्रता पाएको छ ।

विचमा एक्कासी  नेप्से कसरी बढ्यो ?
गत बिहिबार एक्कासी नेप्से परिसूचक ५२ अंकले बढेर २५६६ पुग्यो । कारोबारको आर्को दिन आइतवार फेरी पनि नेप्से १०१ अंकले बढेर २६६७ पुग्यो ।
यसरी दुईदिनमा एक्कासी डेढ सय अंकले नेप्से बढ्दा लगानीकर्ताहरु आश्र्चयमा परेका छन् । तर यसमा आश्र्चय मान्नुपर्ने कुनै कुरा नभएको ख्याक लगानीकर्ताले बुझेका छन् । १०००, १५००, २००० र २५०० जस्तो अंकलाई अधिकांस लगानीकर्ताले कमन ट्राजेन्कजन पोईन्टको रुपमा राखेका हुन्छन् । समान्यता लगानीकर्ताहरुले यस्तो पोईन्टसम्म पुग्दा सेयर घटेको अवस्था छ भने किन्ने, अथवा बढेको छ भने बच्ने गर्दछन् । सोहीको सोईकोलोकिको कारण बिहिवार र आईतवार सेयर बढेको देखिन्छ ।

नेप्से लगालग घट्दै
त्यसपछि सोमबार मंगलबार र बुधबार नेप्से लगालग घटेको छ । बुधबार नेप्से घटेर २६३१ अंकमा झरेको छ ।
बजारमा पैशाको अभाव छ । बैंकहरु निक्षेपकर्तालाई धेरैभन्दा ब्याज दिन तयार छन् । निक्षेपकर्तालाई धेरै ब्याज दिएर, ऋणीसँग चर्को ब्याज लिने दाउमा छन् बैंकहरु । बैंकले ऋण ब्याजदर बढाएको विषयलाई लिएर देशका विभिन्न स्थानहरुमा व्यापारीहरु आन्दोलित समेत भईरहेको छन् ।
देशका नामुद वाणिज्य बैंकहरुले १२ प्रशितसम्म , फिनानन्सले १५ प्रतिशत र सहकारीले १८ प्रतिशतसम्म निक्षेपकर्तालाई ब्याज अफर गरिरहेका छन् । यस्तो अवस्थामा लगानीकर्तालाई सेयर मार्केटभन्दा बैंकमा पैशा निक्षेप गर्न फाईदा छ । बाठा लागनीकर्ताहरु अहिले आफुसँग भएको पैशा बैंकमा निक्षेप गरिरहेकारहेका छन् ।

कहिले सुध्रिएला सेयर बजार ?
स्थानीयतहको चुनाव नजिकिदै छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न व्यवसायमा लगानी गरेका नेताहरु अहिले मुठ्ठी कसेर बसेका छन् । उनीहरुसँग भएको पैसाँ रिलिज हुन अझै केही समय लाग्ने छ ।
स्थानीय तहको निर्वाचन वैशाख ३० गतेलाई तोकिएको छ । टिकट फाईनल नभएसम्म उम्मिदवारहरुले पैशा झिक्नेवाला छैनन् । चुनावी प्रचार प्रसारले गतिलिन थालेसगै नेपाली बजारमा पैसा छरिन थाल्छ । अनी मात्र बजारमा पैशाको अभाव हराउँछ । तर नेताको ढिकुटी उघ्रन अझै चानचुन एक महिना जति लाग्छ र त्यतिन्जेल बजारमा पैशाको अभाव नै खड्किने छ ।
यो बेलासम्म सेयर मार्केट उकलो लाग्ने संभावना निकै न्युन छ । उकालो लागे पनि धेरै ठुलो अंकले बजार माथि जादैन । सेयर मार्केटका ठुला लगानीकर्ताहरु समेत अहिले ‘‘वेट एण्ड वाच” को अवस्थामा छन् । चुनावले सेयर बजारमा पार्ने असरका बुझेका ख्याक लगानीकर्ताहरुले दुई साता अघिनै अधिक्तम सेयर बेची उत्तानो परेर सुतिरहेका छन् ।
सेयरमा लगानी गर्न चाहनेहरुले यतिबेला चुप लागेर बस्ने समय हो । बैंकमा सर्ट टर्म डिपोजिट गर्नु अथवा साधारण सेभिङबाट ब्याज खादँै बस्नुनै अहिले सेयर लगानीकर्ताको लागी उपयुक्त देखिएको छ । करिब चैतको अन्तिमबाट मात्रै नेपाली सेयर बजारले गतिलिन सक्ने जनचर्चा डट कमको प्रक्षेपण छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]