२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

भोलीबाट पेट्रोल सहज : आयल निगम विराटनगर

Logo
प्रकाशित मंगलबार, चैत्र २२, २०७८

दिनेश खड्का

विराटनगर, चैत २२
बुधवारबाट पम्पहरुमा पेट्रोल सहजताको साथ पाईने नेपाल आयल निगम प्रदेशिक कार्यालय, विराटनगरले जनाएको छ । निगमले आफ्ना माताहातका सबै पम्पहरुमा मंगलबार रातिनै पुग्ने गरी पेट्रोल बोकेका ट्याकंरहरु पठाउँदैछ ।

विराटनगर, धरान र ईटहरीलाई भने प्राथमिकताका साथ ठुलाे मात्रामा निगमले तेल पठाउने भएको छ । यस पटक निगमले २५ वटा ट्याकरमा ५ लाख लिटरभन्दा बढी पेट्रोल ढिपोहरुलाई पठाउँदैछ । यसभन्दा अघि निगमले ३६ हजार लिटर मात्र तेल पठाएको थियो ।

निगमले ठुलो मात्रामा पम्पहरुलाई पेट्रोल पठाएकाले बुधबारबाट सार्वसाधरणले लाईन बसेर तेल भर्नेुपर्ने अवस्था नरहने निगमका प्रवक्ता दिवस विस्टको भनाई छ । प्रवक्ता विष्ट भन्नुहुन्छ “आज ५ लाख लिटर तेल बोकेर ट्याकरहरु पम्पतर्फ जाँदैछन् , अब पम्पमा पेट्रोलको अभाव हुँदैन ।”

उहाँ थप्नुहुन्छ “भोलीबाट पम्पहरुमा छ्यापछ्याप्ती तेल हुन्छ, अझै ठुलो मात्रामा तेल ढुवानी गर्न निगम तयारी अवस्थामा छ । अब पम्पमा तेलको अभाव हुने कुनै संभावना छैन् । नआत्तिन सबै उपभोक्तालाई अनुरोध गर्दछु ।”

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]