२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

लफडा एटिएम

Logo
प्रकाशित बुधबार, जेठ ०४, २०७९

बिराटनगर, जेष्ठ ४
निरज बस्नेत
बचत खातामा बचत गर्ने आम सेवाग्राहीको अधिकार हुन्छ की उसले चाहेको बेलामा जति बेला पनि पैसा निकाल्न सकोस् । तर, यहाँ ठिक उल्टो भएको छ ।

प्रसंग जटिल छ । उठान गर्न खोजिएको बिषयवस्तु एक विपन्न नागरिकले दुःख पाएको हो । कृषि विकास बैंक निर्दयी बनेको प्रसंग हो । यसमा सिद्धार्थ बैंक समेत मुछिएको छ ।

नोवेल अस्पताल बिराटनगरमा एक विपन्न नागरिकले आफ्नो श्रीमतीलाई उपचारार्थ ल्याएका थिँए । खर्च अभाव त्यसैपनि भएकै थियो । गाँस काटेर कृषि विकास बैंकमा खाता खोलेका थिँए । मिनिमम रु.५सय वाला खाता उनको छ । खातामा रु.१४ हजार मात्र रहेको हो । श्रीमतीको उपचारको लागि भनेर जम्मा गरेको पैसा, बखतमा निकाल्न नपाउँदा कतिसारो पिडाबोध भयो होला, त्यो हण्डर खानेलाई भन्दा अरु कसलाई पो थाहा हुन्छ ।

कृषि विकास बैंकको एटिएम लिएर यिनी सिद्धार्थ बैंक पुगे । शुरुमा रु.१० हजार निकाले निस्कियो । दोस्रो पटक रु.३ हजार निकाल्ने क्रममा पैसा निस्केन तर ब्यालेन्स काटिएको म्यासेज मोवाईलमा आयो । अब उनलाई पीर पर्नु पर्यो ।
यो गुनासो लिएर सर्वप्रथम यिनी सिद्धार्थ बैंक पुगे, यहाँ यिनलाई हाम्रो बैंकको एटिएम होईन कृषिमै जानु भनियो । आफ्नो पिडा सुनाउँदा समेत सिद्धार्थ बैंकले खासै वास्ता गरेन ।

यसपश्चात यिनी कृषि बैंक पुगे, यहाँ त झन् कर्मचारी नै जाईलागे । ‘तपाईको पैसा आफै रिभर्स हुन्छ, जानुस् ‘ भने, तत्पश्चात् यसै बैंकको अर्को शाखा पुगे । यहाँ चाहीँ अलिक फरक तरिकाले एउटा एप्लिकेशन फर्म भर्नपर्छ भनियो । फेरी बिचमै बैंककी रिसेप्सनिष्टले ‘मलाई आउँदैन पहिलाकै शाखामा जानुस्’  भनिन् । पिडीत यी व्यक्ति पुनः कृषि बैंकको शुरुमा गएकै शाखामा फेरी पुगे । यहाँ अब २८ देखि ४५ दिन लाग्छ भनियो । हवाला के दिईयो भने, सिद्धार्थले भिजा नेटवर्कलाई ईमेल पठाउँछ, भिजाले एसेप्ट गर्छ, यसपछि भिजाले कृषिलाई ईमेल गर्छ, अनि पैसा खातामा आउँछ । यो सब प्रकृयाको लागि २८ देखि ४५ दिन लाग्छ ।

यति सम्मको नालायिकीपन बैंकको देखियो । यो गैरजिम्मेवारीपनको पराकाष्ठा हो । आम सेवाग्राहीलाई छिटो छरितो सेवा दिनुपर्नेमा झन् सास्ती अक्सर बैंकहरुले दिने गरेका छन् । यो प्रतिनिधि घटना मात्र हुन् । कमर्सियल बैंकहरुले दुःख दिएका कयौं अन्य घटना छन् । बैंकहरुले ऋणको ब्याज उठाउँदा १ दिन पनि ढिला हुदा हप्कीदप्की सहित सेवाग्राहीलाई खुलेआम धम्की तल्लो स्तरमा गिरेर दिन्छन् ।
लकडाउन अवधिमा समेत यदि कुनै संस्था नाफामा गएको थियो भने त्यो कमर्सियल बैंक नै थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]