२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

पेट्रोलमा ६५ रुपैयाँ कर मात्र ! घटाउने कि ?

Logo
प्रकाशित मंगलबार, आषाढ ०७, २०७९

दिनेश खड्का
विराटनगर, असार ७
भारतबाट १३१.९१ नेपाली रुपैयाँमा पेट्रोल खरिद गरेर नेपाल आयल निगमले नेपालमा १९९ मा बेच्दैछ । पेट्रोल खरिद मुल्यभन्दा मंहगो पर्नुको कारण यसमा लाग्ने कर हो । प्रति लिटर पेट्रोलमा सरकारले ६५.६१ रुपैयाँ सरकारी राजस्व लिन्छ ।

पेट्रोलको ढुवानी भाडा, व्यवसायीको मुनाफा , निगमको खर्चसहित खुद्रा मुल्य अहिले १९९ रुपैयाँ पुर‌्याईएको छ । तथापी पनि निगमलाई पेट्रोलमा १३.५८ रुपैयाँ घाटा नै छ ।

त्यसतै भारतबाटै १४६.५२ नेपाली रुपैयाँमा खरिद गरिएको डिजल नेपालमा उपभोक्ताले १९२ रुपैयाँमा किन्नुपर्छ । डिजलमा प्रतिलिटर ४९.५३ रुपैयाँ सरकारी राजस्व लाग्छ । ढुवानि भाडा, व्यवसायीको मुनाफा, निगमको खर्चसहित जोडेर प्रतिलिटर १९२ रुपैयाँ मुल्य तोकिएको छ । तथापी डिजेलमा पनि निगमलाई १३.९७ रुपैयाँ घाटा नै छ ।

यी कर बाहेक पेट्रोल र डिजेलमा सरकारले पूर्वाधार कर बापत प्रतिलिटर १० रुपैयाँ अतिरिक्त लिने गरेको छ ।
अहिले अन्तराष्ट्राय जगतमै तेलको मुल्यबृद्धि भईरहदा नेपालमा पनि भाउ बढ्नु स्वाभाविक हो । यस्तो संकटको अवस्थामा जनतालाई राहत दिनु सरकारको जिम्मेवारी हो । तर अन्तराष्ट्रय मुल्यवृद्धिको कारण देखाएर अहिले सरकार आफ्नो जिम्मेवारीबाट पञ्छि मात्र रहेको छ ।

सरकारसँग तेलको मुल्य घटाउने केहि विकल्प छ, जसमध्ये सबैभन्दा उत्कृष्ट विकल्प तेलमा लाग्ने कर घटाउनु हो । सरकारले हाल तेलमा लिदै आएको करलाई आधा घटाउने हो भने, उपोभोक्तालले डढे सयको आसपासमा पेट्रोल तथा डिजल पाउने थिए ।
तर सरकार कर घटाउने पक्षमा छैन् । किनेभने एकपटक छुटदिए जनता पल्कने सरकारलाई डर छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]