१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा ओटो–ट्रियोको विक्रि शुरु, फुल चार्जमा १३० किमी कुद्ने दावी

Logo

विराटनगर , साउन २५
निरज बस्नेत
अग्नि ग्रुपले विराटनगरमा महिन्द्राको ईलेक्ट्रिक थ्री ह्विलर अटो ट्रियो सार्वजनिक गरेको छ । बुधवार पिपल चोकमा रहेका महेन्द्राको आधिकारिक शोरुममा ट्रियो सार्वजनिक गरिएको हो ।
विराटनगर महानगरपालिकाकी उप प्रमुख शिल्पा निराला कार्कीले छोपिएको पर्दा हटाएर ओटो ट्रियोलाई सार्वजनिक गरेकी थिईन् । यसअघि कम्पनीले चितवन, हेटौडा, धनगढी, जनकपुरधाम लगाएतको सहरमा अटो ट्रियो सार्वजनिक गरिसकेको छ ।

ट्रियो भारतको १ नम्वर विधुतीय अटोको रुपमा चिनिएको  तिन पांग्रे सवारी हो । सार्वजनिकीकरण कार्यक्रममा अग्नि ईनर्जीका तर्फवाट एजीएम प्रमोद भण्डारी र विराटनगरका लागि बिक्रेता रोयल अटो ईन्टरप्राईजेजका प्रबन्ध निर्देशक किरण भट्टराई लगायतले ट्रियोको विशेषताको बारेमा जानकारी गराएका थिएँ ।

लामो समयदेखि गाडी–घोडा कारोबार गर्दै आएका भट्टराई ओटो मोबाईलको क्षेत्रमा कुशल व्यवसायीको रुपमा चिनिन्छन् । ओटोमोवाईल क्षेत्रमा ईमान्दारीता देखाएर बनाएको विश्वासको जगलाई टुट्न नदिनलाई पनि, भट्टराईले भरपर्दो प्रडक्टहरु मात्र विक्रि वितरण गर्ने गरेको ग्राहकहरुकै बुझाई छ ।

महिन्द्राको ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्दैछ । यसमा ग्राहकले वार्षिक रु. ३ लाख, पेट्रोल–अटोको तुलनामा बचत गर्न सक्ने बताईएका छ । एक पटक फुल चार्ज गर्दा १३० किलोमिटरको यात्रा गर्ने सक्ने ट्रियोको क्षमता रहको कम्पनीको दावी छ ।

ईन्टरप्राईजेजका प्रबन्ध निर्देशक किरण भट्टराईका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरुले उत्कृष्ट इन्जिनियरिङ् र विश्वसनीयताबाट लाभ उठाउन सक्नेछन् । उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरुका साथ, ट्रियोले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्ने कम्पनीको विश्वास छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]