११ जेठ २०८२, शनिबार
24-05-2025 , Sat
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

टेलिचलचित्र कर्तव्यको अन्तिम च्यारेटी शो सम्पन्न

Logo
प्रकाशित शनिबार, साउन २८, २०७९

विराटनगर, साउन २८
निरज बस्नेत
धराने युवाको समुहद्धारा निर्मित टेलिचलचित्र कर्तव्यको अन्तिम च्यारेटी शो सम्पन्न भएको छ । शुक्रवार सैनिक भवनको सभाहलमा धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र वेघाको प्रमुख आतिथ्यमा उक्त च्यारेटी शो सम्पन्न भएको हो ।

विनाेद रसाईली स्वयं यस टेलिचलचित्रका सह निर्माता एवं प्रमुख कलाकार समेत हुन् । निर्देशकको पाटो धरान ५ का युवा व्यवसायी समाजसेवी प्रकाश लिम्वूको हो । धरानभित्र नै छायांकन गरिएको यस कर्तव्यको लागत १० लाख हो । सामाजिक विषयवस्तुलाई जोडदार रुपमा उठान गरि प्रस्तुत गरिएको कर्तव्यले हर तह तप्काका दर्शकको मन छोएको छ । उक्त च्यारेटी शो मा समाजका प्रायः सवै वर्गका मानिसहरुको राम्रै उपस्थिती रहेको थियो ।

देशका प्रमुख शहरहरुमा च्यारेटी शो सम्पन्न भईसकेको यस टेलिचलचित्र कर्तव्यको यो अन्तिम च्यारेटी शो रहेको सहनिर्माता रसाईली बताउँछन् ।आजै यस चलचित्रको युट्युव लन्च कार्यक्रम समेत हुनेछ । चलचित्रमा राधा नामकी प्रमुख महिला पात्रको यथार्थपरक भूमिका छ । राधाको मन सफा, कोमल हृदयको छ । राधाले यसमा समाजमा रहेको विकृती विसंगति कूरितीलाई उजागर गरेकी छिन् ।

जताततै फोहरमैला नफालौं, यसले जलवायु परिर्वतन भई मानव स्वास्थ्यमा नकारात्मक असर पर्छ ।जसवाट कयौं मानिसको अकालमै मृत्यु भईरहेको विधमान घटनाक्रमलाई चलचित्रले राम्ररी उठान गरेको छ । कर्तव्यमा राधाकी सहपाठी सर्मिलाको यादगार भूमिका छ । निर्देशक लिम्वूले चलाखीपूर्ण ढगले निर्देशकीय कलाकाे सदूपयोग गरी चलचित्रलाई सवै वर्गले रुचाउने बनाई न्याय गरेका छन् ।

सहनिर्माता रसाईलीको हास्य पात्रकाे भूमिका छ । रसाईलीले चलचित्रलाई प्राण थपेका छन् । ट्वीस्ट दिनमा खप्पिस कलाकारमा रसाईली पर्छन् । अन्य कलाकारले आ आफ्नो ठाउँमा राम्रै भूमिका निभाउन सफल भएका छन् । चलचित्रका प्रमुख पुरुष पात्रका वुवाको रोलमा धरान १५ का नरेश विश्वकर्माको आँखाबाट आशु  आउँने सेनि्टमेन्ट रोल दमदार छ । आईडियल बोर्डिङ् स्कूलबाट ५० जना छात्र छात्रा , प्रिन्सिपलको नेतृत्वमा चलचित्र हेर्न आएका थिँए । सवै विधार्थी वर्गको प्रतिनिधित्व गर्दे उक्त बोर्डिङका प्रिन्सिपलले मुवीको मुक्तकण्ठले प्रसंसा गरे ।धरान १७ की जनप्रतिनिधि लक्ष्मी रपाल अग्रभागमा बसी मज्जाले चलचित्र हेरेको देखियो । समग्रमा कर्तव्य राम्रो बनेको प्रतिक्रिया रपालले दिईन् । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर बेघाले चलचित्रको राम्रो समीक्षात्मक टीप्पणी सहितको मन्तव्य चलचित्र हेरेपछि दिएँ । यस कर्तव्य युनिटले फेरी नेक्स्ट प्रोजेक्टको तयारी चाडै नै गर्ने बताएका छन् । चलचित्रलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउँने प्रायःलाई कार्यक्रमको अन्तमा मायाको चिनो खादा ओढाई दिई सम्मान गरिएको थियो ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]

काठमाडाैं, जेठ १।  गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’ युट्युबमार्फत सार्वजनिक भएको छ। सुमन पण्डित ‘बैरागी’को शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतले त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरेको छ। भिडियोमा अभिनेता सुशान्त कार्की, अभिनेत्री प्रियंका कार्की र कबिता नेपालीको अभिनय देख्न सकिन्छ। दुई युवती र एक युवकबीचको प्रेम, […]

विराटनगर,१९ फाल्गुन / विराटनगरका सक्रिय पत्रकार एवं कवि मीनकुमार नवोदित ‘दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मान–२०८१’ बाट सम्मानित भएका छन् । विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा संखुवासभाको मकालु गाउँपालिकाले नुमबजारमा आयोजना गरेको चारदिने भव्य समारोहमा नवोदित सम्मानित भएका हुन् । विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारिता […]