०३ साउन २०८३, आइतबार
19-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

गाभिए ‘भोज’ र ‘क्विकर फुड’

Logo

दिनेश खड्का

विराटनगर, भदौ २४

नेपाली अनलाईन फुड डिलिभरी कम्पनी ‘क्विकर फुड’ र ‘भोज’ एकआपसमा मर्ज भएका छन् । यी दुई कम्पनीहरुले संयुक्त रुपमा बिहिबार विराटनगरको कञ्चनजंगा वान्किटमा एक कार्यक्रमको आयोजना गरी मर्जरबारे जानकारी दिएको हो ।

‘भोज’ले विगतको ५ वर्षदेखि काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल र भैरहवामा अनलाईन फुड डेलिभर गर्दै आएको छ । त्यस्तै ‘क्विकर फुड’ले विगतको ३ वर्षदेखि प्रदेश १को राजधानी विराटनगरमा फुड डेलिभरि गर्दै आएको छ । मर्जर पश्च्यात कम्पनीको नाम ‘भोज’ रहने बताईएको छ ।

दुई कम्पनीविच भएको सम्झौता अनुसार हालको ‘क्विकर फुड’को टिमले अब प्रदेश १को विभिन्न सहरहरुमा ‘भोज’ ब्राण्डलाई विस्तार गर्ने छ । प्रदेश १ मा विराटनगर बाहेक ईटहरी, धरान र आसपासका सहरमा छिट्टैनै सेवा विस्तार गर्ने योजना रहेको कार्यक्रममा ‘भोज’का संस्थापक निकेत अग्रवालले बताए । त्यस्तै ‘क्विकर फुड’का संस्थापक एवं ‘भोज’का नव–साझेदार दिवस दाहालले काँधमा जिम्मवारी थपिएको बताउँदै कम्पनीलाई उचाईमा पुर्‍याउन अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गरे ।

यी दुवै कम्पनीहरुले रेष्टुरेन्टमा पाईने विभिन्न परिकारहरुलाई अनलाईन डिमाण्डका अधारमा होम डिलिभरी गर्दै आएका छन् । नेपालमा ९ सयभन्दा बढी रेष्टुरेष्टसँग भोजले सहकार्य गरिरहेको छ भने क्विकर फुडको विराटनगरमा ७० भन्दा बढी रेष्टुरेन्हरुसँग सहकार्य रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जस  । नेपालकै पहिलो उद्योग वाणिज्य संघ मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक संस्था इन्टरनेशनल चेम्बर अफ कमर्श (आईसीसी) अन्तर्गत उपलब्ध हुने विश्वस्तरीय सेवा, सुविधा र नेटवर्कमा भर्खरै मात्र पूर्ण पहुँच पाएको छ । संघले सन् २०२५ देखि नै आईसीसीको सदस्यता प्राप्त गरे पनि सोअन्तर्गतका वास्तविक सुविधा र अवसरहरु उपयोग गर्ने बाटो भने भर्खरै […]

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]