०१ माघ २०८२, बुधबार
14-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरमा चिया पारखीको जक्सन वन्दै ‘टपरी’

Logo
प्रकाशित मंगलबार, भाद्र २८, २०७९

विराटनगर, भदौ २८
निरज बस्नेत
विराटनगर ७ मातृका गल्लीमा टपरी द टी प्वाईन्ट खुलेको छ । विराटनगरमा रहेर सफल व्यापार व्यवसाय गर्दे आएका ३ स्थानीय युवाको संयुक्त लगानीमा ‘टपरी द टी प्वाईन्ट’को सुरुवात गरेको हो । विशाल सोनी, देव सेन र सुनिल सोनीको ६० लाख लगानीमा खुलेको यस टपरी द टी प्वाइन्टमा चिया पारखीको लागि जमेर चिया पिउने पारिवारिक वातावरण रहेको छ ।

विविध फ्ेलवरमा चिया पाइने विराटनगरकै उत्कृष्ट यस ठाउँमा, कटिङ चिया, अदरक चिया, चकलेट चिया, ईलाइची चिया, मसला चिया, पान चिया, अदरक ईलाइची चिया, जिंगर चिया, लेमन टी, हट लेमन, हट लेमन जिंगर हनी, ब्ल्याक टी, ग्रिन टी, लगायतको सुविधा छ । यहाँ चियाको साथसाथै स्वादिष्ट मःमः, मिठो चाउमिन, पकौडा, पनिर चिल्ली, फ्रेँच फ्राई, पोट्याटो चिप्स चिल्ली, आलु जिरा, चिज स्यान्डविज, चिज वर्गर, मिक्स भेज चिज वर्गर, वाइवाइ सादेको लगायत अन्य विविध परिकारको साथमा विछट्टै मज्जा लिन सकिन्छ ।

विहान ११ बजे देखी राती १० बजेसम्म कुनैपनि वेला गएर हरकोहीले चियाको चुस्कीसंगै अन्य परिकारको लाभ उठाउन सक्छन् । एकपटकमा कम्तिमा एकसय जनाले यहाँ बसेर विभिन्न चिजजिको स्वादमा जिव्रो पड्काउन सक्छन् । विराटनगरको सिटी वैंकबाट पूर्वमा एकसय मिटर अगाडी रहेको यो टपरी द टी प्वाइन्ट, कोईराला निवास हस्पिटल चोकको ठिक पछाडी छ ।

साँझमा लाईट्सहरुको चमकधमकमा जोकोहीले आनन्दको अनूभूति गर्दछन् । रुफटफमा गएर फेरी अर्के तरिकाको लाभ उठाउन सकिन्छ । बाहिरभित्र सवैतिर आकर्षक सजावटले आज यस टपरी द टी प्वाईन्टले सवैको मन उतैतिर तान्न सफल भएको छ । विराटनगरमा यस टपरी टी प्वाईन्ट सवैकालागि टी जक्सनका रुपमा लोकप्रिय बन्दै गईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]