०१ भाद्र २०८३, सोमबार
17-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा चिया पारखीको जक्सन वन्दै ‘टपरी’

Logo

विराटनगर, भदौ २८
निरज बस्नेत
विराटनगर ७ मातृका गल्लीमा टपरी द टी प्वाईन्ट खुलेको छ । विराटनगरमा रहेर सफल व्यापार व्यवसाय गर्दे आएका ३ स्थानीय युवाको संयुक्त लगानीमा ‘टपरी द टी प्वाईन्ट’को सुरुवात गरेको हो । विशाल सोनी, देव सेन र सुनिल सोनीको ६० लाख लगानीमा खुलेको यस टपरी द टी प्वाइन्टमा चिया पारखीको लागि जमेर चिया पिउने पारिवारिक वातावरण रहेको छ ।

विविध फ्ेलवरमा चिया पाइने विराटनगरकै उत्कृष्ट यस ठाउँमा, कटिङ चिया, अदरक चिया, चकलेट चिया, ईलाइची चिया, मसला चिया, पान चिया, अदरक ईलाइची चिया, जिंगर चिया, लेमन टी, हट लेमन, हट लेमन जिंगर हनी, ब्ल्याक टी, ग्रिन टी, लगायतको सुविधा छ । यहाँ चियाको साथसाथै स्वादिष्ट मःमः, मिठो चाउमिन, पकौडा, पनिर चिल्ली, फ्रेँच फ्राई, पोट्याटो चिप्स चिल्ली, आलु जिरा, चिज स्यान्डविज, चिज वर्गर, मिक्स भेज चिज वर्गर, वाइवाइ सादेको लगायत अन्य विविध परिकारको साथमा विछट्टै मज्जा लिन सकिन्छ ।

विहान ११ बजे देखी राती १० बजेसम्म कुनैपनि वेला गएर हरकोहीले चियाको चुस्कीसंगै अन्य परिकारको लाभ उठाउन सक्छन् । एकपटकमा कम्तिमा एकसय जनाले यहाँ बसेर विभिन्न चिजजिको स्वादमा जिव्रो पड्काउन सक्छन् । विराटनगरको सिटी वैंकबाट पूर्वमा एकसय मिटर अगाडी रहेको यो टपरी द टी प्वाइन्ट, कोईराला निवास हस्पिटल चोकको ठिक पछाडी छ ।

साँझमा लाईट्सहरुको चमकधमकमा जोकोहीले आनन्दको अनूभूति गर्दछन् । रुफटफमा गएर फेरी अर्के तरिकाको लाभ उठाउन सकिन्छ । बाहिरभित्र सवैतिर आकर्षक सजावटले आज यस टपरी द टी प्वाईन्टले सवैको मन उतैतिर तान्न सफल भएको छ । विराटनगरमा यस टपरी टी प्वाईन्ट सवैकालागि टी जक्सनका रुपमा लोकप्रिय बन्दै गईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]