२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

धनतेरसमा सुनका सामानमा मरिहत्य नगरौं

Logo

विराटनगर, कार्तिक ५
निरज बस्नेत
तिहारको आगमन आजबाट औंपचारिक रुपमा शरु भएको छ । धनतेरसमा आज मुलुकभर विविध सामाग्री किनेर यसलाई मनाउने चलन छ । मूलतः गरगहनामा बढी पैंसा खर्च गर्ने आम मानिसको बानी हुन्छ । धनलाई बढाउने विशेष पर्वको रुपमा धनतेरसलाई हेरिन्छ ।

सुन–चाँदीमा लगानी गर्नाले धन बढोत्तरी हुने आम बुझाई रहेको पाईन्छ । शास्त्रको हवाला दिदैं केही कथित व्यापारीले सुन नै किन्दा उत्तम हुने भ्रम फैलाएका छन् । वास्तवमा यथार्थ अर्के छ । धार्मिक किंवदन्तीकै कुरा गर्ने हो भने कुनै पनि ग्रन्थमा यकिन किटान गरी धनतेरसमा गरगहना नै किन्नुपर्छ भनी कहीकतै लेखिएको पाईदैंन । तरपनि छोटो समयमै धन आर्जन गर्ने राम्रो अवसरको रुपमा धनतेरसलाई सून तस्करी कथितधारीहरुले राम्रै लाभ लिएको देखिन्छ ।

यसमा वास्तवमा सूनका केही कथित व्यापारी कै संलग्नता हुने गरेको छ । हो, धनतेरसमा केही धन आर्जन हुने चिजविजमा लगानी गर्नु सकारात्मक पाटो हुनसक्छ । तर, यसका लागि दिर्घ असर पार्ने खालका क्षेत्रमा लगाानी गरी धनतेरसलाई बढावा दिन सकिन्छ ।

मूलतः धनतेरसमा आफ्नो स्वास्थ्यतर्फ विशेष जोड दिन सकिन्छ । होल वडी चेकजाँच गरी आफू स्वस्थ हुनुतर्फ ध्यान दिन सकिन्छ । किनकी स्वास्थ्य नै धन हो । शरीर स्वस्थ भएमा मात्र कमाएको धनले प्रतिफल पाउन सकिन्छ । यो कुरा यसै भनिएको होईन । पौराणिक ग्रन्थहरुमा उल्लेख गरिएको वास्तविक कुरा हो । अर्कोतर्फ घर–घडेरीमा लगानी गर्न सकिन्छ । स्टक मार्केट, शेयरमा लगानी गर्दा हुन्छ । बैंकमै फिक्स डिपोजिट गर्दा उत्तम हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]