१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सुनसरी–३ मा भगवती चौधरीको पल्ला भारी

Logo

विराटनगर, कार्तिक २४
निरज बस्नेत
देशकै चर्चित क्षेत्रमध्यको एक सुनसरी–३ यतिवेला सवैको चासोको क्षेत्र बनेको छ । भ्रष्टाचारको मुद्दा खेपिरहेका कांग्रेस नेता विजय गच्छदारलाई यो पाली जसरी पनि हराउनु पर्छ भन्ने एउटा ठूलो खेमा अहिले यो क्षेत्रमा अहोरात्र खटिरहेको पाईन्छ ।

यसै निर्वाचन क्षेत्रबाट पटक पटक चुनाव जिती विजयले अहिलेसम्म यस भेगका जनताको लागि देखिनेगरी खासै केही नगरेकै कारण आज सवैको पहिलो रोजाईमा एमाले नेतृ भगवती चौधरी परेकी छिन् । भगवतीलाई यो पाली जुनसुकै मूल्यमा समेत जिताएरै पठाउनु पर्छ । यो मत एउटा ठूलै तप्काबाट आईरहेको पाईन्छ ।

विजयसँग दुई पटक हारेतापनि भगवतीको बढ्दो क्रेजले आज यस भेगका मतदातामा उत्साह थपिएँसँगै अव, यिनले नै चुनाव जित्ने अड्कल काटिदैछ । यही भएर पनि यसपालि सुनसरी–३ मा उलटफेर हुने प्रवल संभावना देखिदैछ । दुवैजना राजनीतिक खेलाडीको यो तेस्रो पटकको आमनेसामने हो । तर, यसपाली पल्ला भगवतीको भारी छ ।

विजयलाई ललिता निवास प्रकरणले गाँजेको छ । यता भगवती दिनप्रतिदिन हरकोहिको प्रिय बन्दैछिन् । फेरी विजयको राजनीतिक यात्रा कांग्रेसमा मात्र सिमित नभएर, मधेसी जनअधिकार फोरमतर्फ पनि पुगेको थियो । साथमा फेरी कांग्रेसलाई नै समात्न आएको प्रति धेरैले गृगिटको संज्ञा दिन समेत पछि परेका छैनन् ।

रोजगारमुखी कार्यक्रम अन्र्तगत भगवतीले यस क्षेत्रका धेरैलाई रोजगार प्रदान गरेकी छिन् । गएको ७४ को प्रतिनिधि सभाको चुनावमा, विजयले ३८ हजार ९ सय ६२ मत ल्याई विजयी हुँदा भगवतीको ३८ हजार ६ सय ५१ आएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन ७  — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ पालिका अधिवेशन हुँदैछ। स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि पार्टीले पालिका तहको नेतृत्व चयन प्रक्रिया आजैबाट अघि बढाएको हो। पार्टीको नयाँ विधान तथा निर्वाचन निर्देशिका अनुसार हरेक पालिकामा सभापति, महिलासहित दुई उपसभापति, सचिव र सहसचिव गरी पाँच जना पदाधिकारी प्रत्यक्ष […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]