१८ माघ २०८२, शनिबार
31-01-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

सुनसरी–३ मा भगवती चौधरीको पल्ला भारी

Logo

विराटनगर, कार्तिक २४
निरज बस्नेत
देशकै चर्चित क्षेत्रमध्यको एक सुनसरी–३ यतिवेला सवैको चासोको क्षेत्र बनेको छ । भ्रष्टाचारको मुद्दा खेपिरहेका कांग्रेस नेता विजय गच्छदारलाई यो पाली जसरी पनि हराउनु पर्छ भन्ने एउटा ठूलो खेमा अहिले यो क्षेत्रमा अहोरात्र खटिरहेको पाईन्छ ।

यसै निर्वाचन क्षेत्रबाट पटक पटक चुनाव जिती विजयले अहिलेसम्म यस भेगका जनताको लागि देखिनेगरी खासै केही नगरेकै कारण आज सवैको पहिलो रोजाईमा एमाले नेतृ भगवती चौधरी परेकी छिन् । भगवतीलाई यो पाली जुनसुकै मूल्यमा समेत जिताएरै पठाउनु पर्छ । यो मत एउटा ठूलै तप्काबाट आईरहेको पाईन्छ ।

विजयसँग दुई पटक हारेतापनि भगवतीको बढ्दो क्रेजले आज यस भेगका मतदातामा उत्साह थपिएँसँगै अव, यिनले नै चुनाव जित्ने अड्कल काटिदैछ । यही भएर पनि यसपालि सुनसरी–३ मा उलटफेर हुने प्रवल संभावना देखिदैछ । दुवैजना राजनीतिक खेलाडीको यो तेस्रो पटकको आमनेसामने हो । तर, यसपाली पल्ला भगवतीको भारी छ ।

विजयलाई ललिता निवास प्रकरणले गाँजेको छ । यता भगवती दिनप्रतिदिन हरकोहिको प्रिय बन्दैछिन् । फेरी विजयको राजनीतिक यात्रा कांग्रेसमा मात्र सिमित नभएर, मधेसी जनअधिकार फोरमतर्फ पनि पुगेको थियो । साथमा फेरी कांग्रेसलाई नै समात्न आएको प्रति धेरैले गृगिटको संज्ञा दिन समेत पछि परेका छैनन् ।

रोजगारमुखी कार्यक्रम अन्र्तगत भगवतीले यस क्षेत्रका धेरैलाई रोजगार प्रदान गरेकी छिन् । गएको ७४ को प्रतिनिधि सभाको चुनावमा, विजयले ३८ हजार ९ सय ६२ मत ल्याई विजयी हुँदा भगवतीको ३८ हजार ६ सय ५१ आएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]