११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

विराटनगरमा खुल्यो एसस‍्को अधिकारीक शोरुम

Logo

दिनेश खड्का
विराटनगर, कर्तिक २९
संसारको प्रख्यात कम्प्युटर ब्राण्ड एसस्‌काे आधिकारीक शोरुम विराटनगरमा पनि खुलेको छ । चन्द्र ईन्फोसफ्टले विराटनगरको सेन्ट्रल मल ठिक अगाडि उक्त शोरुम संचालनमा ल्याएको छ ।

चन्द्र ईन्फोसफ्टका संचालक विराटनगर जानमान एआईटी–व्यापारी चन्द्रशेखर डे हुन् । उनले एस्अससंगै कम्प्युटर डिभाईसेजसंग संबन्धित थप ७ वटा ब्राण्डका आउटलेटहरु सोही स्थानमा खोलेका छन् । ब्राण्डहरु ः ट्रन्सेन्ड र किंगस्टोन (स्टोरेज डिभाईज), र्‌यापो (वायरलेस डिभाईसेस), अप्टोमा ( प्रोजेक्टर), कम्प्युटर केस, कुलर तथा पावर सप्लाई (कुलर मस्टर), नेटर्वोक एसिस स्टोरेज (एस्असटोर) र ग्यामिङ डिभाईसेज (हाईपर–एक्स) हुन् ।

यी सबै ब्राण्डहरुको नेपालका लागी आधिकरिक बिक्रेता नागमणि ईन्टरनेश्नल हो । आईतबार नागमणिका संस्थापक आमित सारफ स्वयमले विराटगरको उक्त आउटलेटहरु उद्घाटन गरेका थिए । सराफ नेपालको ठुला आईटी व्यापारीमा गनिने व्यक्ति हुन् । उद्घाटनको समारोहमा अवलोकनकर्तासँग बोल्दै सराफले डिभासेजहरुको गुणस्तर र खरिदपछिको सेवाको जिम्मेवारी पुर्ण रुपमा कम्पनीको भएको जानकारी गराए ।

उद्घाटनको अवसरमा ल्यापटप तथा अन्य डिभाईसेजहरुमा विषेश छुटको समेत व्यवस्था गरिएको छ । चन्द्रईन्फोसफ्ट अब विराटनगरकै सबैभन्दा ठुलो कम्प्युटर डिभासेज आउटलेट समेत भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२२ माघ ।  सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन सूचना जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता हुन भनेको हो । साथै कम्पनी नेपालमा दर्ता गर्न र सम्पर्क व्यक्ति तोक्नसमेत भनेको छ । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई […]

 जेठ ३१,विराटनगर ।  विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको र यो अभूतपूर्व रहेको नासाको विश्लेषणले देखाएको छ । ‘हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ’, नासाका प्रशासक बिल नेल्सनले एक समाचार विज्ञप्तिमा भने, ‘विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महसुस गरिरहेका छन् ।’ पछिल्लो १२ महिनाको औसत विश्वव्यापी तापक्रम […]

मंसिर १६, विराटनगर विराट एक्स्पो २०७९को प्रदर्शनीमा वोर्किङ रोबट समेत राखिने भएको छ । उक्त रोबट मान्छेले दिएको भोकल कमाण्डको आधारमा काम गर्ने बताईएको छ । ईभेन्टका संयोजक भोलेश्वर दुलालले एक्स्पोमा तिन थान त्यस्ता रोबट राखिने जानकारी दिए । वोर्किङ रोवोर्टले मान्छेजस्तै सवै खाले श्रम गर्ने भएकाले पछिल्लो समय नेपालमा खड्किएको श्रमिकको समस्या प्रविधिबाटै हल […]