०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
Gold Silver Price (1 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 309900
Silver 1 Tola Nrs. 5285

रोबटसँग साक्षात्कार गर्न विराट एक्स्पो जाऔं

Logo

मंसिर १६, विराटनगर
विराट एक्स्पो २०७९को प्रदर्शनीमा वोर्किङ रोबट समेत राखिने भएको छ । उक्त रोबट मान्छेले दिएको भोकल कमाण्डको आधारमा काम गर्ने बताईएको छ । ईभेन्टका संयोजक भोलेश्वर दुलालले एक्स्पोमा तिन थान त्यस्ता रोबट राखिने जानकारी दिए ।

वोर्किङ रोवोर्टले मान्छेजस्तै सवै खाले श्रम गर्ने भएकाले पछिल्लो समय नेपालमा खड्किएको श्रमिकको समस्या प्रविधिबाटै हल गर्न सकिने दुलालको भनाई छ । “हामी एक्स्पोमा तिन वटा रोबट ईन्टरडुस गर्न गईरहेका छौं । मान्छेले दिएकाे निर्देशन अनुसार ति राेबटहरुले काम गर्नेछन्।”  दुलालले भने “हामीले उद्योगक्षेत्रमा रोबटको भविष्य छ भनेर देखाउन खोजेका हौं, एक्स्पो लगतै राेबटहरुले उद्योगमा गएर काम गर्नेछन् भन्ने आश्वासन दिन खोजेको होईनौं ।”

एक्स्पोमा आउने अवलोकनकर्तालाई रोवर्टसँग साक्षात्कार गराउने तयारीमा समेत आयोजक टोली जुटेको छ । एक्स्पोमा आउने अवोलोकनकर्ताले रोबटसँग प्रत्यक्ष संबाद गर्न सक्ने बताईएको छ । प्रदर्शनीमा राखिने तिन वटै रोवर्टहरु नेपालमकै ईन्जियर तथा डिजाईनरले बनाएको आयोजकले जानकारी दिएको छ ।

विराट एक्स्पो यही मंसिर २९ गते देखि पुष ६ गतेसम्म विराटनगर–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन गईरहेको छ । यो विराट एक्स्पोको सातौं संस्करण हो । यस अघिको कुनैपनि संस्करणमा रोबट प्रदर्शनीमा राखिएको थिएन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२२ माघ ।  सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन सूचना जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता हुन भनेको हो । साथै कम्पनी नेपालमा दर्ता गर्न र सम्पर्क व्यक्ति तोक्नसमेत भनेको छ । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई […]

 जेठ ३१,विराटनगर ।  विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको र यो अभूतपूर्व रहेको नासाको विश्लेषणले देखाएको छ । ‘हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ’, नासाका प्रशासक बिल नेल्सनले एक समाचार विज्ञप्तिमा भने, ‘विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महसुस गरिरहेका छन् ।’ पछिल्लो १२ महिनाको औसत विश्वव्यापी तापक्रम […]

मंसिर १६, विराटनगर विराट एक्स्पो २०७९को प्रदर्शनीमा वोर्किङ रोबट समेत राखिने भएको छ । उक्त रोबट मान्छेले दिएको भोकल कमाण्डको आधारमा काम गर्ने बताईएको छ । ईभेन्टका संयोजक भोलेश्वर दुलालले एक्स्पोमा तिन थान त्यस्ता रोबट राखिने जानकारी दिए । वोर्किङ रोवोर्टले मान्छेजस्तै सवै खाले श्रम गर्ने भएकाले पछिल्लो समय नेपालमा खड्किएको श्रमिकको समस्या प्रविधिबाटै हल […]