१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

मंसीर–४ को चुनावले दिएँको सन्देश

Logo

विराटनगर, मंसीर ११
निरज बस्नेत

प्रतिनिधि सभा एंव प्रदेश सभाको चुनाव मंसीर–४ गते सम्पन्न भएँको केही दिन मात्र भएँको छ । प्रत्यक्षतर्फको परिणाम हेर्दा नेपाली कांग्रेसले अग्रस्थान लिने संभावना प्रवल छ । समानुपातिकतर्फ लोकप्रिय मत एमालेले पाउँने छाँटकाँट देखिदैछ ।

रवि लामिछानेको नेतृत्वमा असारमा खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ८ सिट जित्ने पक्का हो । राप्रपाका राजेन्द्र लिङदेनले कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौंलालाई फेरी एकपटक हराएँका छन् । राप्रपाले मरिसकेको राजतन्त्रलाई काँध थाप्नु नै राप्रपाको सोचेजतिको नतिजा नआएँको हो ।

नागरिक उन्मुक्ति पार्टीले पनि कम्तिमा ३ सिट जितेको छ । यो नाउपाको राम्रो फड्को हो । माओवादी केन्द्रलाई १७ देखी २० सिट प्राप्त हुने देखिन्छ । यो माओकेको प्रत्यक्षतर्फको आउने नतिजा हो ।

जनमत पार्टीका सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतले सप्तरी–२ बाट हराएँर सनसनी मच्चाएँका छन् । जसपाले अन्तिम आवरमा सत्ता गठबन्धनबाट बाहिरिनु नैं उपेन्द्रले चुनाव लज्जास्पद हार्नु प्रमुख कारण मानिएँको छ । ५ दलीय सत्ता गठबन्धनमा लामो समय रहेर, सरकारमा समेत हिस्सा लिएँर, लास्ट समयमा सत्ता गठबन्धनलाई धोका दिएँर एमालेसँग सहकार्य गर्न लुसुक्क जानु नैं जसपाका उपेन्द्रको अनि जसपा पार्टीको अस्तित्व संकटमा पर्नु मूल कारण मानिनैंदैछ ।

माधव नेपालको नेतृत्वको एकीकृत समाजवादी पार्टीले हैसियतभन्दा माथि प्रत्यक्षतर्फ १० सिट जितेको छ । यता यसै पार्टीका पूर्व प्रधानमन्त्री झलनाथ खनाल हारको सँघारमा छन् । मंसीर–४ को चुनापछिको नतिजा हेर्दा कांग्रेसलाई फाईदा पुगेको छ । एमाले औंसतमा छ । बढ्दा फाईदामा रास्वपा छ ।

जनमत पार्टीले मधेसमा संभावना बढाएँर लगेको छ । एकीकृत समाजवादीले राम्रो छलाङ मारेको छ । उपेन्द्र यादव सँगै जसपाले बल्ड्याङ खाएँको छ । नाउपाले लक्षण राम्रो देखाएँको छ । अन्तमा समानुपातिक तर्फको पूर्ण विवरण पश्चात् नेपाली राजनीतिले कसको नेतृत्वमा नयाँ सरकार बनाउँछ, त्यो कोर्ष अगाडी बढ्नेछ ।

धेरै फुरुक्क भएँर फुक्रिदा अनि ज्यादा महत्वकांक्षा पाल्दा र जनतालाई मूर्ख ठान्दाको परिणाम कस्तो हदसम्म भोग्नुपर्ने रहेछ भन्ने मंसीर–४ पछिको नतिजाले क्लियएँर पारेको छ ।

प्रदेशतर्फ आम नेपाली जनतामा नै वितृष्णा जागेर गएँको देखिन्छ । यो व्यवस्था कालान्तरमा गएँर हट्ने नै जस्तो देखिन्छ । युवापुस्तामा राजनीतिप्रतिको रुचि एकातिर अलिक बढेर गएँको हो की जस्तो पनि देखिन्छ । अर्कोतर्फ सँगसँगै चुनावकै सेरोफेरोमा हजारौं युवा विदेशिएँका समेत देखियो ।

आफ्नो माटो नेपालमा बसेर केही गर्ने राम्रो वातावरण नदेखेर नै धेरैको संख्यामा आजपनि प्रत्येक दिन देश छोडी परदेश जानेको संख्यामा बढोत्तरी नै भईरहेको छ । यसलाई समयमा चिर्न नसक्नु, काम गर्न सक्ने युवा जनशक्तिलाई विदेश जान बाध्य पार्नु नै नेपालको अस्थिर राजनीति नै हो ।

अव पनि सत्ताधारीहरुले यसतर्फ ध्यान नदिने हो भने भोलीको पुस्ताको भविष्य समग्रमा झन् बढ्दा विदेश जान विवश हुनेछन् । विदेशमा काम गर्ने नेपाली कामदारबाट प्राप्त रेमिट्यान्सवाट नै देशको अर्थतन्त्र चलायमान भएको यथार्थ हो । विडम्वना आजसम्म विदेशिएका नेपालीले स्वदेशमा भएको निर्वाचनमा मत हाल्न पाउने प्रावधान छैन । यसमा प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता नै प्रमुख दोषी देखिन्छ ।

स्वदेशमा बढेर गएँको बेरोजगारी समस्या ज्यूका त्यूँ छदैछ । यसकै नाममा दलका नेताले प्रत्येक पटक चुनावी फाईदाका लागि स्टण्ड बनाएँ तर वास्तवमा बेरोजगारी समस्या नारामा मात्र सिमित हुनपुग्यो । जताततै महँगी, कुशासान घूसखोरी, लगायतले बजार अक्रान्त पारेको छ ।

नीतिगत भ्रष्टाचार उँचाईमा छ । मनपर्दीले हर ठाउँमा जरा गाडेको छ । चुनावी नारामा या भनौं चुनावको बेलामा एकैपटक आकाशको तारा नै खसाल्ने झूटा वाचा गर्छन् । जव सत्तामा पुग्छन्, बस् हात्ती आयो हात्ती आयो फुस्सा यही यस्तै पाराको झालसाजी राजनीतिको गन्धा खेलले आज नेपाल अन्य मुलुकको दाँजोमा निकै पछाडी रहँदेै आएँको छ ।

आर्थिक प्रगतिका ईन्डेक्समा नेपाल माईनसमा नै छ । विश्वबजारमा नेपाली रुपैंयाको मूल्य गिर्दो छ । व्यापार आयातमुखी नभएँर निर्यातमुखी छ । खरबौं व्यापार घाटामा मुलुकको अर्थतन्त्र जसोतसो चलिरहेको छ ।

यस्तै पाराले खोई ? नून देखी सुनसम्मको आयात कतिजेन्ल धान्ने ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन ७  — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ पालिका अधिवेशन हुँदैछ। स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि पार्टीले पालिका तहको नेतृत्व चयन प्रक्रिया आजैबाट अघि बढाएको हो। पार्टीको नयाँ विधान तथा निर्वाचन निर्देशिका अनुसार हरेक पालिकामा सभापति, महिलासहित दुई उपसभापति, सचिव र सहसचिव गरी पाँच जना पदाधिकारी प्रत्यक्ष […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]