२९ आश्विन २०८२, बुधबार
15-10-2025 , Wed
Gold Silver Price (28 Ashoj 2082, TUE)
Fine Gold 1 Tola NRs. 249000
Silver 1 Tola Nrs. 3340

मंसीर–४ को चुनावले दिएँको सन्देश

Logo
प्रकाशित आइतबार, मंसिर ११, २०७९

विराटनगर, मंसीर ११
निरज बस्नेत

प्रतिनिधि सभा एंव प्रदेश सभाको चुनाव मंसीर–४ गते सम्पन्न भएँको केही दिन मात्र भएँको छ । प्रत्यक्षतर्फको परिणाम हेर्दा नेपाली कांग्रेसले अग्रस्थान लिने संभावना प्रवल छ । समानुपातिकतर्फ लोकप्रिय मत एमालेले पाउँने छाँटकाँट देखिदैछ ।

रवि लामिछानेको नेतृत्वमा असारमा खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ८ सिट जित्ने पक्का हो । राप्रपाका राजेन्द्र लिङदेनले कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौंलालाई फेरी एकपटक हराएँका छन् । राप्रपाले मरिसकेको राजतन्त्रलाई काँध थाप्नु नै राप्रपाको सोचेजतिको नतिजा नआएँको हो ।

नागरिक उन्मुक्ति पार्टीले पनि कम्तिमा ३ सिट जितेको छ । यो नाउपाको राम्रो फड्को हो । माओवादी केन्द्रलाई १७ देखी २० सिट प्राप्त हुने देखिन्छ । यो माओकेको प्रत्यक्षतर्फको आउने नतिजा हो ।

जनमत पार्टीका सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतले सप्तरी–२ बाट हराएँर सनसनी मच्चाएँका छन् । जसपाले अन्तिम आवरमा सत्ता गठबन्धनबाट बाहिरिनु नैं उपेन्द्रले चुनाव लज्जास्पद हार्नु प्रमुख कारण मानिएँको छ । ५ दलीय सत्ता गठबन्धनमा लामो समय रहेर, सरकारमा समेत हिस्सा लिएँर, लास्ट समयमा सत्ता गठबन्धनलाई धोका दिएँर एमालेसँग सहकार्य गर्न लुसुक्क जानु नैं जसपाका उपेन्द्रको अनि जसपा पार्टीको अस्तित्व संकटमा पर्नु मूल कारण मानिनैंदैछ ।

माधव नेपालको नेतृत्वको एकीकृत समाजवादी पार्टीले हैसियतभन्दा माथि प्रत्यक्षतर्फ १० सिट जितेको छ । यता यसै पार्टीका पूर्व प्रधानमन्त्री झलनाथ खनाल हारको सँघारमा छन् । मंसीर–४ को चुनापछिको नतिजा हेर्दा कांग्रेसलाई फाईदा पुगेको छ । एमाले औंसतमा छ । बढ्दा फाईदामा रास्वपा छ ।

जनमत पार्टीले मधेसमा संभावना बढाएँर लगेको छ । एकीकृत समाजवादीले राम्रो छलाङ मारेको छ । उपेन्द्र यादव सँगै जसपाले बल्ड्याङ खाएँको छ । नाउपाले लक्षण राम्रो देखाएँको छ । अन्तमा समानुपातिक तर्फको पूर्ण विवरण पश्चात् नेपाली राजनीतिले कसको नेतृत्वमा नयाँ सरकार बनाउँछ, त्यो कोर्ष अगाडी बढ्नेछ ।

धेरै फुरुक्क भएँर फुक्रिदा अनि ज्यादा महत्वकांक्षा पाल्दा र जनतालाई मूर्ख ठान्दाको परिणाम कस्तो हदसम्म भोग्नुपर्ने रहेछ भन्ने मंसीर–४ पछिको नतिजाले क्लियएँर पारेको छ ।

प्रदेशतर्फ आम नेपाली जनतामा नै वितृष्णा जागेर गएँको देखिन्छ । यो व्यवस्था कालान्तरमा गएँर हट्ने नै जस्तो देखिन्छ । युवापुस्तामा राजनीतिप्रतिको रुचि एकातिर अलिक बढेर गएँको हो की जस्तो पनि देखिन्छ । अर्कोतर्फ सँगसँगै चुनावकै सेरोफेरोमा हजारौं युवा विदेशिएँका समेत देखियो ।

आफ्नो माटो नेपालमा बसेर केही गर्ने राम्रो वातावरण नदेखेर नै धेरैको संख्यामा आजपनि प्रत्येक दिन देश छोडी परदेश जानेको संख्यामा बढोत्तरी नै भईरहेको छ । यसलाई समयमा चिर्न नसक्नु, काम गर्न सक्ने युवा जनशक्तिलाई विदेश जान बाध्य पार्नु नै नेपालको अस्थिर राजनीति नै हो ।

अव पनि सत्ताधारीहरुले यसतर्फ ध्यान नदिने हो भने भोलीको पुस्ताको भविष्य समग्रमा झन् बढ्दा विदेश जान विवश हुनेछन् । विदेशमा काम गर्ने नेपाली कामदारबाट प्राप्त रेमिट्यान्सवाट नै देशको अर्थतन्त्र चलायमान भएको यथार्थ हो । विडम्वना आजसम्म विदेशिएका नेपालीले स्वदेशमा भएको निर्वाचनमा मत हाल्न पाउने प्रावधान छैन । यसमा प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता नै प्रमुख दोषी देखिन्छ ।

स्वदेशमा बढेर गएँको बेरोजगारी समस्या ज्यूका त्यूँ छदैछ । यसकै नाममा दलका नेताले प्रत्येक पटक चुनावी फाईदाका लागि स्टण्ड बनाएँ तर वास्तवमा बेरोजगारी समस्या नारामा मात्र सिमित हुनपुग्यो । जताततै महँगी, कुशासान घूसखोरी, लगायतले बजार अक्रान्त पारेको छ ।

नीतिगत भ्रष्टाचार उँचाईमा छ । मनपर्दीले हर ठाउँमा जरा गाडेको छ । चुनावी नारामा या भनौं चुनावको बेलामा एकैपटक आकाशको तारा नै खसाल्ने झूटा वाचा गर्छन् । जव सत्तामा पुग्छन्, बस् हात्ती आयो हात्ती आयो फुस्सा यही यस्तै पाराको झालसाजी राजनीतिको गन्धा खेलले आज नेपाल अन्य मुलुकको दाँजोमा निकै पछाडी रहँदेै आएँको छ ।

आर्थिक प्रगतिका ईन्डेक्समा नेपाल माईनसमा नै छ । विश्वबजारमा नेपाली रुपैंयाको मूल्य गिर्दो छ । व्यापार आयातमुखी नभएँर निर्यातमुखी छ । खरबौं व्यापार घाटामा मुलुकको अर्थतन्त्र जसोतसो चलिरहेको छ ।

यस्तै पाराले खोई ? नून देखी सुनसम्मको आयात कतिजेन्ल धान्ने ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलन सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, भदौ २४ गते नख्खु कारागारलगायतका […]

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

१२ असार, काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएको छ।  संसदीय सुनुवाइ समितिमा दर्ता भएका उजुरीहरूमध्ये ५ वटा व्यक्ति केन्द्रित छन् भने २ वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित रहेका छन्। सिफारिस भएका न्यायाधीशहरूको व्यक्तिगत योग्यता, व्यावसायिक आचरण र नैतिक मापदण्डका बारेमा केरकार गर्न सक्ने समितलाइ […]