०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पैंसाको तागत

Logo

विराटनगर, मंसीर १५
निरज बस्नेत
मनी ईज नथिङ होईन । मनी ईज एभ्रीथिङ हो । पैंसा विनाको मानिसको जीवन मरेतूल्य हुन्छ, यो ठोकुवा हो । नेपाली खरवपति उपेन्द्र महतोेलाई कुनै एक अन्र्तवार्ताको क्रममा एकजना पत्रकारले यक्ष प्रश्न सोधेका थिँए, जसको उत्तर एक लाईनमा भन्नुपर्ने थिँयो । प्रश्नः मानिस किन दुःखी हुन्छ ? उत्तरमाः पैसा नभएर । वास्तवमा यो सतप्रतिशत सही हो ।

मानिसको दैनिक जीवनमा पैसा एक सवैभन्दा महत्वपूर्ण चीज हो । पैसा हुनेको यहाँ बोलवाला छ । पैसा छैन भने कुकुरको जीन्दगी भन्ने गरिन्छ । छन् गेडी सवै मेरी, छैंनन् गेडी सवै टेडी । यहाँ गेडी भनेको पैसा नै हो । एउटा भनाई पनि छ , माया भयो भने सवै मिल्छ, अह होईन , यो सरासर गलत हो । मायामा पनि पैसा छैन भने त्यो माया अपूर्ण हुन्छ । संसारमा आज पैसा हुनेको नै राज चल्छ ।

नेपालमा भर्खरै प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सम्पन्न भएको छ । यस चुनावमा पैसाको खोलो बगेको बताईन्छ । मत मागेर भन्दा, किनेर पाईने हो, यसै–यसै भन्छन् । हुन पनि हो । संसारभरिकै चुनावमा पैसाकै बोलवाला हुने गरेको देखिदैआएको छ । पैसा छ त चुनाव जितियो, नत्र हारियो । कोही एकआध मात्र आफ्नै बलबुता विना पैसाले चुनाव जित्लान् ।

विश्व प्रसिद्द फोर्ब म्याग्जिनमा संसारभरका धनीहरुको सूची नै प्रकाशित हुन्छ । पब्लिक फिगर भएका, नाम, दाम कमाएकाको नै मिडीयाले अक्सर हरथोक कभर गर्ने गर्दछ । पैसा हुनेको पछाडी नै धेरैको दौडाई हुन्छ । ठूला–ठूला पार्टीहरुले पनि चुनावमा करोडपति हैसियत राख्नेलाई प्राय टिकट दिने गरेका छन् । यसलाई गलत अर्थले नबुझियोस्, खातेपातेलाई चाही चुनावी टिकट हात पर्देन । सामान्य भन्दा सामान्य काममा समेत पैसाकै जरुरत पर्छ ।

मानिसको जन्मदेखी मरणसम्म स्टेप–स्टेपमा पैसा चाहिन्छ । जन्मिनासाथ जन्म दर्ता बनाउँदा आफ्नो वडामा रु. ५ सय बुझाउनैपर्छ । नेपाल सरकारले नेपाली जनतासँग सास फेरेको समेत पैसा लिन्छ । फिरीमा त यहाँ दिसा–पिसाव समेत गर्न पाईन्न । कठोरपाराले जनतासँग व्यवहार नेपाल सरकारले गर्छ । यहाँ सार्वनिक शौचालयको प्रसंग टड्कारो रुपमा आउँछ । शहर केन्द्रित भएर खुलेका असरल्ल पब्लिक ट्वाईलेट सँवन्धित ठाउँका पालिकाको अण्डरमा संचालित भएर त्यहाँ स्थित पालिकाले नीजि क्षेत्रलाई ठेक्कामा सशूल्कको गणना गर्दे दिएँको हुन्छ । यसमा पनि कमिशनको चक्कर हुन्छ ।

जहाँपनि कमिशनले जरा गाडेर हैरानी पारेको छ । यो सव मामला पैसा कमाउसँगै जोडिएँर आउँछ । जे गर तर पैसा कमाउ । यही पाराले आज हरकोही मान्छेमा स्वार्थले डेरा जमायो । मान्छे विहान उठेदेखी कसरी कहाँबाट पैसा आउँछ, यसकै चक्करमा पूरा भागदौडमै लाग्छ । पैसाको यो भाग दौडाईमा मानिस धेरै नै लोभीपापी भईसक्यो ।

मानिसमा मानवता हरायो । मानिस भित्रैवाट कमजोर त भयो नै साथमा आफ्नै शरीरमा धेरैथोक रोग पाल्यो । अतः मानिसमा कयौं किसिमका रोगले जोकोहीको शरीर थिलथिलो बनाईसकेको छ । अधिंकाश मानिसमा सानोतिनो विरामी छ । हामीले खाने खानामा मिसावट हुन्छ । खानेकूरामा ज्यादा खाँद, केमिकलको ज्यादा से ज्यादा मिश्रणले मानव स्वास्थ्यमा रोगको खानी निर्माणमा सघाउँ नै पुर्याईरहेको हुन्छ । यो सव त्यही पैसाकै कारण हो । यता पैसा उता पैसा जता पनि पैसाकै चर्चा हुन्छ ।

पहिला–पहिला चालिस उमेर लागेपछि मात्र घातक किसिमको दीर्घ रोगको शुरुवात हुन्थ्यो । त्योवेलाको खानपिन राम्र्रो हुन्थ्यो । मान्छे उत्तिसारो पैसाको लागि भागदौड गर्देनथियो । फलतः आम मान्छेको जीवन सरलसँगै स्वस्थ हुन्थ्यो । आजभोली अव्यवस्थित पाराको जीवनशैलीले मानिसमा भोक कम चिन्ता ज्यादा थपिदै गईरहेको छ ।

एलोपेथिक औषधीको भरमा मान्छेको जीवन जीवित छ । सामान्य रुघा, खोकी, ज्वरोले नै मान्छे थला पर्छ । मान्छे कमजोर प्राणी सावित हुदैछ । यो सव पैसाकै चक्करमा गतिलो खान्की खान नपाएर हो । हुनेखाने पनि पैसाकै लागि मरिमेट्ने कारण धेरैको खानपिन मिल्दैन । अनि जीवन विस्तारै धिक्कार भएर जान्छ ।

आखिर जति धेरै पैसाकै पछाडी भागेतापनि आफुले कमाएको पैसा आफ्नै लागि खर्च गर्न सकिदैन भने त्यो पैसा केवल कागजको खोस्टा भइँदिन्छ । तरपनि अन्तत पैसामै तागत हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]