२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराट एक्स्पोमा लगानी प्रवर्द्धनका लागि छुट्टै पेभिलियन

Logo
प्रकाशित आइतबार, मंसिर २५, २०७९

विराटनगर , मंसिर २५
विराटनगर–१४ स्थित डिग्री कलेज (पुरानो हवाई फिल्ड)को मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा प्रदेश १ मा लगानीकर्तालाई आकर्षित र लगानीको संभाव्यताको छुट्टै पेभिलियन राखिने भएको छ ।

प्रदेश १ लगानी प्राधिकरण, एसिया फाउण्डेशन र कन्सोर्टियमसँगको सहकार्यमा विराट एक्स्पोमा छुट्टै पेभिलियन राख्न लागिएको आयोजक समितिले जनाएको छ । पेभिलियनमा प्रदेश १ मा लगानीका लागि सम्भावित परियोजनाहरूको प्रदर्शन गर्ने, लगानी गर्न इच्छुकहरूका लागि आवश्यक सहजीकरण गर्ने उद्देश्य राखिएको छ ।
यस्तै, प्रदेश १ मा लगानीका क्षेत्रहरू, संभावित परियोजनाहरू, लगानीको मोडेल, लगानी सहजीकरणका नीतिगत कार्य व्यवस्थाहरूको विस्तृत जानकारीसहितको लगानी पेभिलियन रहने प्रदेश १ लगानी प्राधिकरणले जनाएको छ । प्राधिकरणका निर्देशक डा. सरोज कोइरालाले प्रदेश १ मा लगानीकर्तालाई आकर्षित गर्न एक्स्पोमा लगानीको छुट्टै पेभिलिएन राखिएको जानकारी दिए ।

पेभिलियनमा लगानीका लागि संभावित परियोजनाहरूको प्रदर्शन गर्ने, लगानी गर्न इच्छुकहरूका लागि सहजीकरण गर्न उद्योग संगठन मोरङ, प्रदेश लगानी प्राधिकरण एसिया फाउण्डेशन र कन्सोर्टियमसँगको सहकार्यमा पेभिलियन राखिएको हो । पेभिलियनमा प्रदेश १ का लगानीका क्षेत्रहरू, सम्भावित परियोजनाहरू, लगानीको मोडल, लगानी सहजीकरणका नीतिगत कार्य व्यवथाहरूको विस्तृत जानकारी दिइने कोइरालाले बताए । उनले पेभिलियनमा प्रदेश १ का लागनीका संभावनाहरू के–के छन् ? लगानीको प्रक्रिया के छ ? यहाँका संभावित क्षेत्र के–के छन् भन्ने जानकारी दिने बताएका हुन् ।

पेभिलियनमा उद्योगी व्यवसायीले नयाँ आइडिया लिएर आए त्यस्ता आइडियाहरूलाई कार्यान्वयनमा लैजान सहजीकरण गर्ने डा. कोइरालाले बताए । उनले प्रदेश १ मा चाँडै लगानी सम्मेलन गर्ने योजना रहेकाले प्रदेश स्तरीय लगानी सम्मेलनको पूर्व तयारीका रुपमा एक्स्पोको पेभेलियनलाई उपयोग गर्ने योजना रहेको उनले बताएका हुन् । पेभेयिनमा प्रदेश १ मा लगानीका लागि योग्य तथा प्रिफिजिविलिटी, अध्ययन भइसकेका आकर्षक ५ वटा परियोजना डिस्प्लेका राखिने छन् । परियोजनासँग सम्बन्धित विज्ञ परामर्शदाताहरूबाट परामर्श सेवासमेत प्रदान गरिने जनाइएको छ । पेभेलियनमा प्रदेश १ मा सम्भावित आर्थिक क्लष्टरहरू, कुन क्लष्टरमा कुन वस्तु उत्पादन गर्ने संभावना छ भन्नेबारेमा तथ्य, तथ्यांकसहित फोटो, डकुमेन्टलगायतका सामाग्री रखिने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]