३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन

Logo

विराटनगर, मंसिर २७
विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन राखिने भएको छ ।

विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा युवाहरूका लागि व्यवसायिक वातावरण तयार गर्न, व्यवसायिक विकासका सेवा प्रदायकको इकोसिस्टमको प्रदर्शन गरी यस्तो इकोसिस्टम दीगो रुपमा सुदृढ गर्ने उद्देश्यकासाथ एक्स्पोमा छुट्टै पेभिलियन राख्न लागिएको हो । एक्स्पोमा नयाँ आइडिया भएका युवा युवतीहरूलाई आफ्नो आइडिया परीक्षण गर्ने, अवसर प्राप्त हुने आयोजक उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले जानकारी दिए ।

उनले स्टार्ट अप प्रोजेक्ट उद्योग संगठन मोरङले प्रदेश १ मा पहिलो पटक सञ्चालनमा ल्याएका कारण एक्स्पोमा पनि स्टार्टअपको छुट्टै पेभिलिएन बनाउन लागिएको बताए । उद्यमी बन्न चाहने युवाहरूले पेभिलियनमा आफ्नो आइडिया राख्न पाउने छन् । प्याकुरेलका अनुसार स्टार्टअपमा व्यवसाय दर्तादेखि, लेखा राख्ने र व्यवस्थित व्यवसाय कसरी गर्ने भन्नेबारे विज्ञहरूबाट जानकारी दिने व्यवस्था गरिएको छ ।

पेभेलियनमा उद्योग संगठनको स्टार्टअप कार्यक्रमअन्तर्गत दोस्रो व्यचका लागि छनौट गरिएका १७ वटा स्टार्टअप नवप्रवर्तक उद्यमीहरू, विजनेश कोचहरू, विराटनगर महानगरपालिका, प्रदेश उद्योग तथा श्रम रोजगार मन्त्रालयलगायतको सहभागिता हुनेछ । व्यवसायिक आइडिया तथा सोच भएका तर, के गर्ने कसो गर्ने भन्ने ज्ञान नभएका जो कोहीका लागि स्टार्टअप पेभेलियन उपयोगी हुने अध्यक्ष प्याकुरेलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]