१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

परम्परागत सीपका स्टलमा अवलोकनकर्ताको आकर्षण

Logo

विराटनगर, पुस १
उद्योग संगठन मोरङले विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको विराट एक्स्पोमा राखिएको परम्परागत सीपका स्टल अवलोकनकर्ताहरूको आकर्षणको केन्द्र बनेको छ ।

पुस ६ गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा माटाका भाँडा र कपडा बनाएको धेरै जसोले नदेखेका कारण परम्परागत रुपमा माटोको भाँडा बनाउने र ढाका तथा खाँडीका कपडा बनाउने स्टलमा आगन्तुकको आकर्षण देखिएको हो । कपडा कसरी बन्छ भन्ने धेरैले नदेखेका कारण परम्परागत सीपको प्रयोग गरेर कपडा बनाएको हेर्न धेरै मानिसहरू आइरहेको पंधाक थाकुफुङजइत खाँडी तथा ढाका कपडा उद्योगका सञ्चालक टटबहादुर लिम्बू (पंधाक)ले बताए ।

परम्परागत शैलीबाट यहाँ कपडा बनाएको देखेर धेरै जना अचम्म परेको बताउँदै, टटबहादुर लिम्बूले भने, ‘धेरै जना हाम्रो स्टलमा आएर कपडा बनाएको हेरेर र बुझेर जानु भयो । यहाँ आउने अधिकांशलाई परम्परागत कपडा बुनाइ बारे थाहा रहेन छ ।’
एक्स्पोमा राखिएको परम्परागत माटोको भाँडा बनाउने स्टलमा पनि उस्तै भीड लाग्ने गरेको छ । माटोको भाँडा बनाएको हेर्न मात्रै नभई भाँडा बनाउन पनि पाइने भएकाले माटोको भाँडा बनाउने स्टलमा आकर्षण देखिएको हो । माटोको भाडा बनाएको हेर्न धेरै मानिसहरू आइरहेको भक्तपुरबाट आएका विनोद प्रजापतिले बताए । उनले माटोको भाडा बनाउन हेर्न तथा सिक्न र जान्नका लागि पनि मानिसहरु आएको बताए ।
परम्परागत प्रविधिको जगेर्ना गर्दै लैजानुपर्छ भन्ने मान्यताकासाथ एक्स्पोमा पराम्परागत सीपका स्टलहरू राखिएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । एक्स्पोमा पराम्परागत सामानहरू प्रत्यक्ष बनाएको हेर्न पाइने भएकाले युवा, विद्यार्थी, कृषक, उद्योगी, व्यवसायीलगायत सबैलाई यी स्टलहरूले आकर्षित गरेको छ ।

एक्स्पोमा स्टल अवलोकनका अलवा दैनिक किसिमका विभिन्न छुट्टै कार्यक्रम हुने गरेको छ । शुक्रबार प्रदेश १ मा लगानी प्रवद्र्धन गर्ने नीतिगत वातावरण, आर्थिक विकास र लगानी अवसरका क्षेत्रहरूका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुति गर्दै छलफल गरिएको थियो । त्यसैगरी शनिबार प्रदेश १ मा लगानीका सम्भावना र अवसरहरु तथा क्षेत्रीय सञ्जाल–सम्बन्ध र व्यापारिक अवसरको विषयमा विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुति गर्नुका साथै छलफलसमेत हुनेछ । दैनिक साँगीतिक कार्यक्रमसमेत रहेको छ । शनिबार राष्ट्रिय गायक सुगम पोखरेलको प्रस्तुति रहने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]